Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी द्एि । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उनले बताए । 

पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उहाँले बताउनुभयो । उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

विभिन्न विद्यालय, कलेज, सङ्घसंस्था र समूहबाट सामूहिकरूपमा भ्रमणमा आउनेसमेत बढेका स्थानीय पर्यटन व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताए । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकको आवागमन बढेको उनको भनाइ थियो ।

गाउँपालिकामार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनका लागि स्थानीय पाँच जना व्यवसायीले ६३ लाख ११ हजारमा ठेक्का लिएका पालिका कार्यालयले जनाएको छ । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रू ५० र विदेशी पर्यटकलाई रू एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

“यस क्षेत्रमा पर्यटकको आवागमन सुरु भएको छ, हामीले घोडेपानीबाट पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ”, गर्बुजाले भने, “पर्यटकले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ ।” उनका अनुसार यस क्षेत्रमा सिजन पहिले नै बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीले होटलको क्षमता विस्तार गरेका छन् । 

गर्बुजाले ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ ठूला होटल सञ्चालनमा रहेका जानकारी दिए । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । “समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ”, उनले भने, “यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।”

मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका अष्टेलियाका पर्यटकलाई भ्रमणमा लिएर आएका नेपाल वेयल्ड प्रालिका सञ्चालक रामहरि न्यौपानेले बताए । 

यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटक यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुनः भ्रमणमा आउने गरेका उनको भनाइ थियो । “पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छन्”, न्यौपानेले भने ।

घोडेपानीका पर्यटन व्यवसायीले यस क्षेत्रलाई पदमार्ग र सडक दुवैको सहज पहुँच बनाउन लागिपरेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ ।

यहाँबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरी नयाँ सडकको पहुँच जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending