Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कांग्रेस सांसदले दिए डीएसपीकाे परिवारलाई खोजीखोजी मार्ने धम्की

खबरडबली संवाददाता

ताप्लेजुङ । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै किटेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् । कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।

त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले पेस्तोल तेर्स्याएको आरोप कांग्रेसको छ ।

बिहीबारै राति तरुण दलका कार्यकर्ताले प्रहरीका दुईवटा बुथ तोडफोड समेत गरेका थिए । सांसदलाई ताकेर प्रहरीले पेस्तोल कक गरेको आरोप उनीहरूकाे छ भने डीएसपी राजन लिम्बूले प्रहरीलाई हातपात गर्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको बताएका छन् ।

सांसद हाङगामले कोणसभामा दिएको हिंसात्मक अभिव्यक्ति जस्ताकाे तस्तैः

तेरो बर्दी खोल्न पनि हामी तयार छौं । अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस रु कहाँ लुक्छस रु के खान्छस रु कस्तो लुगा लाउँछस् रु तेरो तेरो बाउ आमा कहाँ छ रु तेरो छोराछोरी कहाँ छ रु त्यो पनि पत्ता लाएर हामी मार्छौं । पानीमुनी लुकोस् कि पानीमाथि,खबरदार सक्छस् भने यहीँ आइज । लड्न आइजो, यहीँ आइजो । म लुगा खोल्न तयार छु तँसँग आइज ।

यहाँ आइज, खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् रु तँलाई म तीस सेकेण्ड राख्दिनँ बाँकी । याद राख् तँलाईं । यो पनि खोल्, तेरो बर्दी खोल् । म जस्तो राजनीतिक भेला गर्न आइज । तिमीलाई राजनीतिक बहस गर्छौ कि,जनताको सेवा गर्छौ कि रु देश विकास गर्छौ कि समृद्धिको विकास गर्छौ रु वाकयुद्ध गरौं ।

होइन भने मुठभेड पनि गरौं तँ डिएसपीसँग । हेरौंला तँ डिएसपीलाई । तेरो रागतमापनि रातै रगत बगेको छ,यहाँ सारा हाम्रो सगतमा पनि रातै रगत बगेको छ । तर राजनीतिकको एउटा उखरमाउलो तातिएको बेला हामी मान्छे मार्न पनि डराउँदैनौं,मृत्युसँग पनि डराउँदैनौं ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending