Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

आत्महत्याको तथ्याङ्क डरलाग्दोः महिला र प्रौढ पुरुषको सङ्ख्या बढी

महिला प्रयास गर्ने, पुरुष निर्णयनै

खबरडबली संवाददाता

काठमाडाैं । पछिल्लो समय  नेपालमा आत्महत्याको दर बढ्दो रुपमा देखिएको छ ।  प्रहरीको तथ्याङ्क अनुसार हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो । 

प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५र७६ देखि २०७९र८० सम्मको समयमा आत्महत्या गर्नेको सँख्या हरेक वर्ष वढ्दै गएको देखिन्छ । प्रहरीको तथ्याङ्कमा किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।

२०७५ सालमा पाँच हजार सात सय ८५ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख रहेको छ । यसैगरी २०७६ सालमा छ हजार दुई सय ५२ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । २०७५ सालमाभन्दा २०७६ सालमा चार सय ६७ जना बढीले आत्महत्या गरेको तथ्याङ्कमा देखिन्छ । कोरोना महामारीको बेला २०७७ सालमा अझ बढीले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यो वर्ष नेपालमा सात हजार एक सय ४१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । 

अन्य वर्ष भन्दा २०७८ सालमा आत्महत्याको सँख्या केही घटेको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार २०७८ सालमा छ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । यस्तै, २०७९ सालमा छ हजार नौ सय ९३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । 
प्रहरीका अनुसार २०७५ सालमा दुई सय ७० जना किशोरीले आत्महत्या गरेकोमा २०७६ मा चार सय नौ, २०७७ मा चार सय ७०, २०७८ मा चार सय ५६ तथा २०७९ मा पाँच सय २९ जनाले आत्महत्या गरेका छन्  ।  यो उमेर समूहमा पुरुषको सङ्ख्या भने महिलाको भन्दा कम रहेको छ । पुरुषको संख्याा २०७५ सालमा एक सय ८९, २०७६ सालमा दुई सय ५२, २०७७ सालमा, दुई सय ९४, २०७८ सालमा दुई सय ५३ तथा २०७९ दुई सय ६६ जना रहेका छन्  । 

प्रौढ अवस्थामा भने महिलाको तुलनामा पुरुषको आत्महत्या दर बढिरहेको देखिन्छ । २०७५ सालमा दुई हजार दुई सय तीन जना महिलाले आत्महत्या गरेका छन् । २०७६ सालमा दुई हजार एक सय ८४, २०७७ सालमा दुई हजार चार सय ४९, २०७८ सालमा दुई हजार दुई सय ६१ तथा २०७९ सालमा दुई हजार दुई सय ५६ जना महिलाले आत्महत्या गरेको देखिन्छ । 

२०७५ सालमा तीन हजार एक सय २३ जना पुरुषले आत्महत्या गरेका छन् । २०७६ सालमा तीन हजार चार सय सात, २०७७ सालमा तीन हजार नौ सय २८, २०७८ सालमा तीन हजार आठ सय ६० तथा २०७९ सालमा तीन हजार नौ सय ४२ जना पुरुषले आत्महत्या गरेका छन् । 

महिला प्रयास गर्ने पुरुष निर्णयनै

किशोर अवस्थामा प्रेममा असफलता, पढाइमा असफलता, घरायसी विवाद आदिको कारण किशोरीले बढी आत्महत्या गरेको हुनसक्ने प्रहरीप्रहरीको भनाइ छ । प्रेममा असफलता, पढाइमा असफलता, आर्थिक कारण, घरमा गाली गरेको, घरायसी हिंसाका कारण पनि युवा उमेरका महिलाहरुले आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

यस्तै, प्रौढ अवस्थामा पुरुषको आत्महत्या दर बढी हुनुमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुन सक्ने प्रहरीको अनुमान रहेको छ । आर्थिक असफलता तथा व्यावसायिक असफलता धेरै रहेको र यसैकारण डिप्रेसन पनि जोडिएकाले पनि आत्महत्याको संख्या बढी रहेको छ ।

आत्महत्याको प्रयास गर्नेमा महिला धेरै र आत्महत्या गर्नेमा पुरुष धेरै रहेको मनोचिकित्सक डा. लता गौतमको भनाइ छ । जुनसुकै उमेरको भए पनि पुरुषहरुले कम्प्लिट सुसाइड गर्ने महिलाहरुले प्रयास धेरै गर्ने गरेको देखिएको यनले बताइन् । आत्महत्याको प्रयास पछि डाक्टरकोमा आउने गरेको घटना धेरै रहेको उनले बताइन् । महिलाहरु आफ्ना कुरा अरुलाई भन्ने र पुरुषहरु धेरै आफ्ना कुरा अरुलाई नभन्ने र एकै पटक आत्महत्याको निर्णय गर्ने भएका कारण यस्तो भएको हुनसक्ने डा गौतमको तर्क छ । 

देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पुर्याउने गरेको छ । अहिले यसमा प्रविधि पनि थपिएको छ । सामाजिक सञ्जाल पनि अहिले एउटा कारण बनेको छ । तर, यी सबै अगाडि देखिने कारण भए पनि यसको पछाडि भने मुख्यतया मनोरोग अर्थात् डिप्रेसन नै कारक भएको डा. गौतमको भनाइ छ । मनोरोगको बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिने मनोचिकित्सक डा. गौतमले बताइन्  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending