Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

खबरडबली संवाददाता

ढोरपाटन  । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजनमा निकै मनमोहक देखिन्छ । 

निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ । पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ । पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । जुन बागलुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सङ्गमस्थल पनि हो । 

केही वर्ष अगाडिसम्म गुमनाम रहेको रिग अहिले निकै चर्चामा छ । मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो । पातीहाल्ने पुग्ने पर्यटक रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी नै छ । केही वर्ष अगाडिसम्म सुनसान थियो यो क्षेत्र । वर्षात्को समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो । तर अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । वर्षात्को समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । 

उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो । त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन । यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् । रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताउनुभयो । पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ । 

“रिग तालमा भेडा गोठालाले पानी भररे खान्थ्यौँ, आजभन्दा १५–२० वर्ष अगाडि यो ठाउँ निकै सुनसान थियो, करिब तीन महिना भेडा, बाख्रा र गाईभैँसी हुन्थे, त्यसपछि खाली हुन्थ्यो, अलिहे हिउँ पर्दा पनि मान्छे आउँछन्, बर्खा लाग्दा पनि आउँछन्”, घर्तीमगरले भने, “ठाउँ राम्रो छ, सडक पनि सजिलो भएकाले होला रुकुम, रोल्पा र बागलुङका धेरै ठाउँबाट मान्छे दिनदिनै आउने गरेका छन्, अहिले त धेरै सडकले धेरै सजिलो बनायो ।”

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन् । पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् । रिग ताल तीन हजार २०० सय मिटर उचाइमा रहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन् । रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ । सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ । अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ ।

रुकुमपूर्वको सदुमुकाम रुकुमकोटबाट घुम्न आएका मिनबहादुर ओलीले पछिल्लो समय यो क्षेत्र निकै चर्चित बन्दै गएको बताए । रुकुमकोटबाट करिब दुई घण्टामै रिग आउन सकिने हुँदा आफू धेरै पटक यहाँ आउने गरेको ओलीको भनाइ छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको हुँदा ध्यान र योगा गर्नका लागि यो ठाउँ निकै उपयोगी रहेको उनी बताउछन् । लोकमार्गले तीन जिल्लालाई जोडपछि पातीहाल्ने र रिग ताल क्षेत्र धेरैको रोजाइमा परेको ओली बताउछन् । 

“रिग तालको छेउछाउको क्षेत्र मनोरोगीका लागि प्राकृतिक उपचार केन्द्र जस्तो छ, यहाँ आउने भने धेरै मान्छेले आफ्नो मनका पिर व्यथा बिर्सिन्छ, हप्ताभरि काम गर्दा बोहोर लागेको हुन्छ, त्यही भएर एक हप्ता, दुई हप्तापछि यहाँ आउने गरेको छु”, उनले भने, “बिदाको दिन त धेरै भिडभाड हुँदो रैछ, म हिँउ पर्दा पनि आएको छु निकै रमाइलो देखिँदो रैछ, बर्खामा पनि आएको छु, बर्खाले खास्सै समस्या बनाउँदो रैनछ ।”

रिग क्षेत्र निसीखोलाको शिरमा पर्छ । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुन्छ । रिगतालको नाम मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्था्त एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्यूठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँको देख्न सकिन्छ भने माछापुच्छ्रे«, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । 

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले पातीहाल्नेदेखि रिग तालसम्म सडक निर्माण गरे पनि सीमा विवादका कारण यस क्षेत्रमा अन्य पूर्वाधार निर्माण गर्न नसकिएको बताए । करिब छ वर्ष अगाडि पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको क्षेत्रमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद भएको अहिलेसम्म विवाद टुङ्गिन नसक्दा पर्यटन पूर्वाधार निर्माण गर्न नसकेको उनको भनाइ छ । गाउँपालिकाले हरेक वर्ष यसका लागि बजेट विनियोजन गरे पनि काम गर्न नसकिएको अध्यक्ष घर्तीमगरले बताए। अहिले यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको उनी बताउछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending