ओखलढुंगा । नेकपा (माओवदाी केन्द्र) को 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' चली रहेकेा समयमा ओखलढुंगामा एमाले र कांग्रेस त्यागेर माओवादीमा प्रवेश गर्नेकाे सख्या पनि बढ्दै गएकाे छ । गत आइतबार देखी देशभर सुरु भएको अभियानमा ओखलढुंगाका स्थानीयतहहरुमा पनि तिब्ररुपमा चली रहेकाे अवस्थामा सुनकाेशी गाउँपालिकामा मात्रै १५० भन्दा बढी एमाले कांग्रेका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
जिल्लाको सुनकोशी गाउँपालिकाकाे विभिन्न स्थानमा चली रहेकाे अभियानमा वडा नं ३ मा मात्रै ५० भन्दा बढीले एमाले कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेकाे नेकपा माओवादी केन्द्र ओखलढुंगाका कार्यालय सचिव नबराज खड्काले जनाकारी दिए । खड्काका अनुसार सुनकाेशी गाउँपालिकाकाे वडा नं ३ बाट देवि सापकाेटा ,भिम बहादुर तामाङ ,दिल बहादुर दर्जि ,षडानन्द सापकाेटा ,अरुण सापकाेटा, इश्वरि सापकाेटा लगायत ५० जना एमाले कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
देशको अवस्था गाउँमा विकाशका कुरा लगाएत जनताका गुनासो माओवादीले मात्रै सुन्ने र देश माओवादीले मात्रै बनाउने प्रषट भएका कारण आफुहरु माओवादीमा प्रवेश गरेकाे नव प्रवेशीहरुले बताएका छन् । माओवादी नेता तथा कार्यकर्ताहरुले हिजाेकाे जनयुद्धकालिन अवस्थाकै जसरी जनताकाे दुःखमा साथ दिएर गाउँ बनाउन पनि उनीहरुकाे सुझाव रहेकाे छ ।
राष्ट्रियता स्वाधीनता र सुशासनको लागि एक मात्र पार्टी माओवादी केन्द्र भएको र आम जनताकाे सुखदुःखकाे साथी माओवादी भएका कारण अरुलाई पनि माओवादी केन्द्रमा लामबद्ध हुन उनीहरुले सुझाव दिएका छन् ।
एमाले कांग्रेसका नेता तथा कार्यकर्ता गाउँमा नबसी सहर पलायन हुने र चुनावको समयमा मात्रै गाउँ आएर जनातालाई सपना बाँड्ने काम गरेकाे हुँदा देशमा माओवादीबाहेकका अन्य पार्टीहरुले परिवर्तन नगर्ने उनीहरुकाे भनाइ छ ।
माओवादीको न्युन उपस्थिती रहेको सुनकाेशी गाउँपालिकामा अभियानकाे क्रममा एमाले, कांग्रेस लगायतका अन्यदल त्यागेर अन्यदलका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्दा माओवादी सरकारले गरेकाे पछिल्लाे समयका कामकाे उपलब्धि रहेकाे माओवादी केन्द्रका कार्यालय सचिव खड्काले बताए ।
अभियानको सिलसिलामा केन्द्रीय सदस्य तथा सबिधान सभा सदस्य भेष कुमारि राउत, प्रदेश सदस्य तथा जिल्ला सचिव बिनोद सुनुवार, प्रदेश सदस्य जिवन परिवार, प्रदेश सदस्य हेमसागर पराजुलि, जिल्ला पार्टी कार्यलय सचिव नबराज खड्का, सानु तामाङ, गाउँपालिका कोषाध्यक्ष दिपक तामाङ लगायत जिल्ला तथा स्थानीय तहका पालिका पदाधिकारी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: