Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ओखलढुंगाकाे सुनकाेशीकाे एउटै वडामा ५० बढी एमाले कांग्रेसका कार्यकर्ता माओवादीमा प्रवेश

खबरडबली संवाददाता

ओखलढुंगा । नेकपा (माओवदाी केन्द्र) को 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' चली रहेकेा समयमा  ओखलढुंगामा एमाले र कांग्रेस  त्यागेर माओवादीमा प्रवेश गर्नेकाे स‌ख्या पनि बढ्दै गएकाे छ । गत आइतबार देखी देशभर सुरु भएको अभियानमा ओखलढुंगाका  स्थानीयतहहरुमा पनि तिब्ररुपमा चली रहेकाे अवस्थामा सुनकाेशी गाउँपालिकामा मात्रै १५० भन्दा बढी एमाले कांग्रेका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्  । 

जिल्लाको सुनकोशी गाउँपालिकाकाे विभिन्न स्थानमा चली रहेकाे अभियानमा वडा नं ३ मा मात्रै ५० भन्दा बढीले एमाले कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेकाे नेकपा माओवादी केन्द्र ओखलढुंगाका कार्यालय सचिव नबराज खड्काले जनाकारी दिए । खड्काका अनुसार सुनकाेशी गाउँपालिकाकाे वडा नं ३ बाट देवि सापकाेटा ,भिम बहादुर तामाङ ,दिल बहादुर दर्जि ,षडानन्द सापकाेटा ,अरुण सापकाेटा, इश्वरि सापकाेटा लगायत ५० जना एमाले कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

देशको अवस्था गाउँमा विकाशका कुरा लगाएत जनताका गुनासो माओवादीले मात्रै सुन्ने र देश माओवादीले मात्रै बनाउने प्रषट भएका कारण आफुहरु माओवादीमा प्रवेश गरेकाे नव प्रवेशीहरुले बताएका छन् ।  माओवादी नेता तथा कार्यकर्ताहरुले हिजाेकाे जनयुद्धकालिन अवस्थाकै जसरी जनताकाे दुःखमा साथ दिएर गाउँ बनाउन पनि उनीहरुकाे सुझाव रहेकाे छ । 

राष्ट्रियता स्वाधीनता र सुशासनको लागि एक मात्र पार्टी माओवादी केन्द्र भएको र आम जनताकाे सुखदुःखकाे साथी माओवादी भएका कारण अरुलाई पनि माओवादी केन्द्रमा लामबद्ध हुन उनीहरुले सुझाव दिएका छन् । 

एमाले कांग्रेसका नेता तथा कार्यकर्ता गाउँमा नबसी सहर पलायन हुने र चुनावको समयमा मात्रै गाउँ आएर जनातालाई सपना बाँड्ने काम गरेकाे हुँदा देशमा माओवादीबाहेकका अन्य पार्टीहरुले परिवर्तन नगर्ने उनीहरुकाे भनाइ छ ।

माओवादीको न्युन उपस्थिती रहेको सुनकाेशी गाउँपालिकामा अभियानकाे क्रममा एमाले, कांग्रेस लगायतका अन्यदल त्यागेर अन्यदलका  नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्दा माओवादी सरकारले गरेकाे पछिल्लाे समयका कामकाे उपलब्धि रहेकाे माओवादी केन्द्रका कार्यालय सचिव खड्काले बताए ।

अभियानको सिलसिलामा केन्द्रीय सदस्य तथा सबिधान सभा सदस्य भेष कुमारि राउत, प्रदेश सदस्य तथा जिल्ला सचिव बिनोद सुनुवार, प्रदेश सदस्य जिवन परिवार, प्रदेश सदस्य हेमसागर पराजुलि,  जिल्ला पार्टी कार्यलय सचिव नबराज खड्का, सानु तामाङ, गाउँपालिका कोषाध्यक्ष दिपक तामाङ लगायत जिल्ला तथा स्थानीय तहका पालिका पदाधिकारी रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending