Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

दशैं अघि मेलम्चीको पानी काठमाडौं आउँदैनः कार्यकारी निर्देशक श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको पानी दसैँअघि  काठमाडौँ उपत्यकामा  वितरण गर्न नसकिन बताएका छन् । 

काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको उनले बताए ।

ढुङ्गा, माटोले के कति पुरिएको छ भन्ने बर्सात सकिएपछि मात्रै थाहा हुने उनले बताउँदै उनले अहिले मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था नरहेकेा बताए । प्राविधिकहरूको भनाइ अनुसार १६ मिटरभन्दा बढी हेडवक्र्स र सुरुङको मुख वरपर ढुङ्गा, माटो र गेग्य्रान थुप्रिएको  श्रेष्ठले बताए ।

बाढीले सडक र गोरेटो बाटो बगाएको काराण के-कति क्षति पुर्याएको अवलाेकल गर्न मुहानस्थलको तीन सय मिटर टाढाबाट ड्रोन क्यामराको प्रयोग गरिएको  थियाे । उक्त क्षतिबारे मुख्य ऋणदाता एसियाली विकास बैङ्कलाई जानकारी गराइसकिएको आयोजनाले जनाएको छ । 

भेमाथाङ पहिरोको लेदो, माटो, ढुङ्गासहित आएको बाढीले क्षति पुगेको हेडवक्र्स अस्थायी मर्मत गर्न दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले दसैँअघि उपत्यकामा पानी पठाउन मुस्किल हुने निर्देशक श्रेष्ठले बताए ।

मेलम्चीको जलाधार क्षेत्रमा धमिलो पानीसहितको बाढी आएपछि असार १८ गतेदेखि आयोजनाको हेडवक्र्सबाट सुरुङमा पानी हाल्न रोकिएको छ । आयोजनाले सुरुङमा पानी पठाउन रोकेका कारण ठुलो क्षति नभएको आयोजनाले जनाएको छ । सुरुङको मुखमा ठुला फलामे पाता राखेर पानी पठाउन रोकिएको छ ।

आयोजनाका इन्जिनियर पदम कुँवरले बाढीसहित आएको माटो, ढुङ्गाको गे्रग्य्रानले गेट पुरिएको र गत वर्षको भन्दा अहिलेको क्षति बढी भएको जानकारी दिए । सतहमुनि रहेको संरचनाको अवस्था के छ भन्नेबारे अहिलेसम्म खोतलेर हेर्न नसकिएको सो आयोजनाले जनाएको छ ।  मेलम्चीको पानी पहिलो पटक २०७७ फागुन २२ गते सुन्दरीजलमा पुर्याइएको थियो ।

त्यही वर्षको चैत १५ गतेदेखि परीक्षणस्वरूप काठमाडौँमा पानी वितरण गरिएको थियो तर २०७८ असार १ गतेको बाढीले क्षति पु९याएपछि पानी वितरण बन्द भएको थियो । बाढीले क्षति पुगेको मुहान क्षेत्र र अन्य संरचना मर्मत सुधार गरेर २०७८ चैत अन्तिम साताबाट फेरि पानी वितरण गरिँदै आएको थियो   मेलम्ची आयोजनामा ६५ अर्ब रुपियाँ लगानी भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending