काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको हाे ।
नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई पार्टीले उत्सवका रुपमा मनाउन लागेकाे र त्यही अनुसार परिपत्र भएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले बताए ।
परिपत्रअनुसार जिल्लास्थित पार्क, शहीत स्तम्भ या आन्दोलन र संघर्षलाई स्मरण गराउने सार्वजनिक स्थलमा एमालेले राष्ट्रिय झण्डासहित पदयात्रा गर्नेछ । उक्त पदयात्रामा देशभक्तिपूर्ण गीतहरु बजाउने र राष्ट्रिय झण्डासहित सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा राख्न परिपत्र गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको संविधानको पक्षमा विभिन्न सञ्चार माध्यमबाट विचार संम्प्रेषण गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । यसबाहेक स्थनीय विशेषताअनुसार थप सिर्जनात्मक कार्यक्रम गर्न सकिने पनि परिपत्रमा उल्लेख छ ।
प्रदेश र जनसंगठनका कमिटीमा रहनेहरुलाई आफू रहेको भूगोलकै कार्यक्रममा सहभागी हुन एमालेले निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: