Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सानैमा प्रेम, कलिलैमा आमा

सुजता लिम्बु

विराटनगर । पछिल्लो समय बालविवाह नियन्त्रण गर्नका लागि कानुन बनेको छ । नीतिगत हिसाबले हो भने बालविवाह नियन्त्रणको काम पनि भएकै छ । बालविवाह गर्ने जोडीका लागि कानुनी सयाज पनि तोकिएको छ । तर, पनि व्यवहारिक कारणले कतिपय यस्ता घटना वैधानिक बनाउने प्रयास हुने गरेका छन् । शहरी क्षेत्रमा बालविवाह सम्बन्धि विविध अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन हुने गर्दछन् । ग्रामिण क्षेत्रमा भने यसको प्रभाव कम हुँदा बालविवाह गर्नेहरु छन् । अझै सानैमा प्रेममा बाँधिएर कलिलैमा आमा बन्नेहरुको संख्या समेत उतिकै छ ।

घटना : १
भदौ १५ गते मोरङमा १३ वर्षीया बालिका आमा बनिन् । उनले विराटनगरको एक अस्पतालमा नर्मल रुपमा शिशुलाई जन्म दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बालिकाले २.७ किलोग्रामको छोरा जन्माएकी थिइन् । ती बालिका र १६ वर्षीय किशोरबीचको सहमतिको सहबासले सन्तान जन्मिएको हो । आमाछोराको स्वास्थ्य अवस्था समान्य रहेको र दुवै जनालाई संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । यता, किशोरलाई नियन्त्रणमा लिएर बाल सुधार गृहमा राखी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

घटना :२
धरानकी रेखा १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिन पुगिन् । उनी आफू भन्दा दुईवर्ष जेठो अर्थात १७ वर्षीय किशोरसँग प्रेममा परिन् । दुवैजना एउटै विद्यालयमा अध्ययनरत उनीहरु पढाई छोडेर विवाह गर्न पुगे । दुईवर्ष अगाडी विवाहमा बाँधिएकी रेखा अहिले १७ वर्षकी भइन् । उनले एक छोरालाई जन्म दिएकी छिन् । श्रीमान उमेर पुरा गरेर वैदेशिक रोजगारीका लागि कोरिया जाने तयारीमा छन् । केटाको परिवार सम्पन्न भएको र विवाह गरिसकेको छोरी फर्काएर माइतघर लग्नुपनि समाजले प्रश्न उठाउला भन्ने त्रासले रेखालाई यसै केटोको परिवारको जिम्मामा छोडेका थिए । बालबिविवाह गर्नु हुँदैन भन्ने चेतना हुँदाहुँदै पनि विवाह गर्ने निर्णयमा पुगेको बताउने रेखा श्रीमानको कमाइ नहुँदा र बच्चाको लालनपालन कसरी गर्ने चिन्ताले सताउने गरेको बताउँछिन् ।

घटना : ३
साउन ३२ गते बिहीबार राति कोशी अस्पतालमा उपचारको क्रममा ८ दिनकी सुत्केरीको मृत्यु भयो । अस्पतालको आईसीयूमा उपचाररत रंगेली नगरपालिका ३ की सुलेखा मण्डल कामतको मृत्यु भएको थियो । उनले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । सामान्य प्रसुतीमार्फत शिशुको जन्म दिएकी उनलाई २६ गते अस्पतालले डिस्चार्ज दिएर घर पठाएको थियो ।

तर, साउन २८ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । त्यसो त सुलेखाको उमेर भने एकिन हुन सकेको थिएन । परिवारले २५ वर्षको भन्दै गर्दा रंगेली अस्पतालको पुर्जामा भने १९ वर्ष उल्लेख गरिएको थियो । यता, जिल्ला प्रहरी कार्यालय मोरङको रिपोर्ट अनुसार भने १८ वर्ष उल्लेख गरिएको थियो । उनलाई अस्पतालले उमेर सानै भएकाले स्वास्थ्यमा समस्या आउने हुँदा बच्चालाई जन्म दिने विषयमा गम्भिर हुन समेत सल्लाह दिएका थिए । तर, स्वास्थ्यकर्मी एवम् चिकित्सकहरुको सल्लाह विपरित बच्चालाई जन्म दिएकाले पनि यस्तो समस्या आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

माथि उल्लेखित घटना र पात्र त प्रतिनिधिमूलक मात्रै हुन् । बालविवाह न्युनिकरणको क्षेत्रमा का मगर्दै आएका कतिपय संघसंस्था र अभिभावकको गैरजिम्मेवारीका कारण बालविवाह न्यूनिकरण हुननसकेको सरोकारवालाहरु बताउँछन् । विशेषतः बालविवाह अधिकांश शहरी क्षेत्रमा भन्दा पनि ग्रमिण क्षेत्रमा हुने गरेको गैर सरकारी संस्थाहरुले तथ्याङ्क सार्वजनिक गर्दै आइरहेका छन् । शहरी क्षेत्रलाई लक्षित गरेर ल्याइएन सचेतना मूलक कार्यक्रमले गाँउलाई समेट्न नसक्दा पनि यस्तो समस्या आउने गरेको सरोकारवालाहरुको भनाई छ । त्यसो त स्थानीय तहमा जनप्रतिनिधिको हस्तक्षेपले पनि कतिपय घटना सामसुम हुने गरेको आरोप समेत छ । बालविवाह न्यूनिकरण गर्नु चुनौती भएपनि यसलाई सबैले एकिकृत रुपमा बुझ्न सके मात्रै हट्ने विराटनगर महानगरपालिकाका महिला, बालबालिका तथा समाजकल्याण शाखा कर्मचारीहरु बताउँछन् ।

उमेर नपुगी विवाह दर्ता
चिनजान र भोटको प्रलोभनमा उमेर नपुगेका जोडीलाई उमेर बढाएर विवाह दर्ता गरिदिएको पनि पाइएको समाजकल्याण शाखाका एक कर्मचारीले जानकारी दिइन् । नाम उल्लेख नगर्ने सर्तमा उनले पछिल्लो समय कतिपय कानुनी अधिकार स्थानीय तहसँग भएपनि जनप्रतिनिधिले भोट विग्रिने डरले उमेर नपुगी उमेर बढाएर विवाह दर्ता गरिदिएको र कार्वाहीका विषयमा मौन हुनुपर्ने बाध्यता पनि रहेको बताइन् ।
‘हामीले धेरै कोसिस गरेका छौँ, बालविवाह नियन्त्रण गर्नका लागि सरकारी बजेट कति धेरै खर्च भएको छ महानगरको हकमा तर अझै भने जस्तो नियन्त्रण हुन सकेको छैन, उनले भनिन्,‘यहाँ परिवार त छँदैछ, जनप्रतिनिधिको समेत लापरवाही छ, भोट विग्रिने डरले उमेर बढाएर विवाह दर्ता गरिदिएको पनि भेटिएको छ यसले गर्दा पनि धेरै चुनौती भएको हो ।’ मोरङ त्यसमा पनि विराटनगर महानगरपालिका भारतीय सिमा नाकासँग जोडिएका कारण पनि नेपालको छोरी जोगबनी लगेर उमेर नपुगी विवाह गरिदिने भएकाले पनि यसलाई रोक्न थप चुनौती थपिएको उनीहरुको भनाई थियो ।
नेपालमा २० वर्ष मुनिका बालिबालिकाहरुले विवाह गर्न पाउने प्रावधान छैन । तर, कतिपय अवस्थामा सामाजिक मूल्य र मान्यता अनुसार पनि उमेर नपुगी विवाह गरिदिने सामाजिक प्रचलनका कारण पनि अभिभावकहरु उमेर नपुगी सन्तानको विवाह गर्न हतार गर्ने गरेको सरोकारवालाहरु बताउछन् ।

बालबिवाह छोराको हकमा ‘रेप केस’
कतिपय अवस्थामा बालविवाह छोराको हकमा रेप केसमा जाने गरेको न्यायिक समितिका उजुरी प्रशासकको भनाई छ । न्यायिक समितिसम्म आएका कतिपय केसहरु बालबिबाह भनेर उजुरी आएपनि अनुसन्धान गर्दै जाँदा रेप केसमा मुद्दा चल्ने गरेको उनको भनाई थियो । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार ९ वटा बालबिबाहको उजुरी परेको छ । ०७८ देखि ०८० सम्मको तथ्याङ्कमा ९ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कतिपय अवस्थामा बालविवाह हुनसक्ने भएपनि उजुरी नदिँदा केस थोरै भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए । ‘कतिपय अवस्थामा परिवारले मिलेर विवाह गरिदिएको हुन्छ, उनले भने,‘जुन केसमा बालबालिकाले विवाह गर्न चाहको हुँदैन विशेष गरेर बेहुलीले प्रहरीमा रिपोर्ट ग¥यो भने प्रहरीको नोटिसमा आउने भयो, नोटिसमा आएको केस दर्ता भएको हो ।’
धेरै जस्तो जनचेतना र अशिक्षाका कारण बाल विवाह गर्ने गरेको बाल सुधार गृह मोरङका प्रमुख मिलन चौहान बताउँछन् । उनले बालबालिकासँगै अभिभावकलाई समेत सचेतना मूलक कार्यक्रम प्रदान गर्नुपर्ने बताए । धेरै जस्तो चेतनाको कमी र अशिक्षाका कमी पनि रहेको र यस्तो केसमा यससँगै अभिभावकलाई समेत चेतनाको कार्यक्रम गराउन जरुरी रहेको बताउदै उनले भने,‘कानुनी सजायतर्फ जाँदा दुवै पक्षका बालबालिकाको भविष्य डामाडोल हुने अवस्था सृजना हुन्छ यसले गर्दा सबै सचेत हुन जरुरी छ।’
बाल सुधार गृह मोरङको तथ्यांक अनुसार जर्बजस्ती करणीमा १०४ वटा मुद्दा रहेको छ, जसमा बाल विवाहमा एकजना छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

कालो सिसा राख्ने २१८ गाडी ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा नियमविपरीत राखिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिएको छ । अभि...

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending