Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा...

खबरडबली संवाददाता

गण्डकी । अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि प्रकृतिमय पोखराका चुनौती हुन् । यसले स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पुर्याइरहेका छन् ।

सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा । सडक छेउछाउ देखिने तारको जालो, जीर्ण भई ढल्केका पोल र अस्तव्यस्त संरचनाले पर्यटकीय सहर पोखरालाई नै विरुप बनाइरहेका छन् । पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ । नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ ।

प्राधिकरणकै सव स्टेशन रहेको पोखरा–१० कुँडहरदेखि अमरसिँहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म सबैभन्दा भद्रगोल छ । कतै सडककै बीचमा पोल छन् । कहीँ लडेका छन् । तार भूइँसम्मै लत्रिएको छ । मुख्य राजमार्गबाहेक भित्री सडक र चोकमा पनि अवस्था उही छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पुराना पोल र तारको व्यवस्थापन नहुँदा पैदल यात्रुलाईसमेत बाधा पुगिरहेको बताए । “पोल नै ढाकिने गरि तार गुजिल्टिएको छ”, उहाँले भन्नुभयो, “कतै भूइँसम्मै तार लत्रिएको हुन्छ, कुन तार के को हो छुट्ट्याउन पनि सकिन्न, हिँड्दा पनि जोखिम छ ।”     
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सहरी पूर्वाधार पर्यटनमैत्री हुनुपर्ने बताए । “पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने माग उठिरहेको छ, यसको सौन्दर्यीकरणमा हामी सबै लाग्नुपर्छ”, उहाँले भने, “तत्कालै सबै तार भूमिगत गर्न नसके पनि पुराना पोल र प्रयोगविहीन तार हटाउनुपर्छ ।” उनले सडक र पैदल मार्गको स्तरोन्नतिमा पोखरा महानगरसहित सम्बद्ध निकायको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटकीययाम सुरु हुनै लागेकाले पोखरा भित्रने सडकमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि सहरलाई सफासुग्घर राख्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

डाँडाकाँडा उक्लेर हिमाल र तालतलैया हेर्न मात्र पर्यटक पोखरा नआउने भन्दै उहाँले भित्री सहरलाई पनि पर्यटनमैत्री हिसाबले विकास गर्नुपर्ने धारणा राखे । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले पुराना पोल र तार हटाउन सुरु गरिएको बताए । “पोखरामा ४० वर्षअघिको विद्युत् लाइन छ, पुरानो विस्थापित गरेर नयाँ राख्नुपर्ने अवस्था छ”, उनले भने, “महानगर र प्रदेश सरकारसँग मिलेर यो कामलाई अगाडि बढाउँदैछौँ ।” 

उपभोक्ताबाट छ हजार बढी पोलको माग आएको प्रमुख भुवाजीले उल्लेख गर्नुभयो । पोखरा उपत्यकाभर पुराना पोल र तार विस्थापनका लागि ठूलो बजेट चाहिने उनको भनाइ छ । “बजेट प्रस्ताव गरेर केन्द्रमा पठाएका छौँ, बजेट कति आउँछ सोही अनुसार यो वर्षको कामको योजना बन्छ”, प्रमुख भुवाजीले भने । 

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उनको भनाइ छ । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । सवारीसाधन पोलमा ठोक्किँएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । 

वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले पोखराको मुख्य राजमार्ग र पर्यटकीय गतिविधि हुने केही ठाउँमा तार भूमिगत गर्न सुरु गरिएको बताए । ठेक्का अवधि सकिन लाग्दा तार विछ्याउने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ । आयोजना प्रमुख सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताए  । “पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन”, उनले भने, “उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो ।” 

अहिले उच्च क्षमताको उपकरण ल्याएपछि काम सुरु गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।“प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षातको बेला पनि भयो, अब आयोजनाले गति लिन्छ”, उहाँले भन्नुभयो, “पोखरा–१० कुँडहर र पोखरा–६ लेकसाइड क्षेत्रमा तार विछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसकेपनि छिटोभन्दा छिटो काम सक्ने गरी हामी खटिएका छौँ ।” 

कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ ।

“विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, आयोजना प्रमुख सुवेदीले भने ।” पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।

प्रमुख सुवेदीले पोखरा उपत्यकाभरको तार जमिनमुनि विछ्याउन पाँच अर्बभन्दा बढी बजेट चाहिने बताउनुभयो । “तार भूमिगत महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरु ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उनले भने ।   

तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्ने जनाइएको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए ।

यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । तार विछ्याउने अभ्यास विश्वभर नै रहेपनि नेपालमा भने भर्खरभर्खर यो काम अगाडि बढेको हो । 

काठमाडौँ, पोखरा, भरतपुर जस्ता ठूला सहरमा तार विछ्याउने काम भइरहेको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने बताइन्छ । महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानुपर्ने आयोजना प्रमुख सुवेदीले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending