Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘सदस्यको पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य सम्भव’

खबरडबली संवाददाता

विराटनगर । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ । 

विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धिमूलक रहने प्रतिबद्धता लिएको छ ।

सो अवसरमा सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ । अधिवेशनले सिटिनेटको नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिका अध्यक्ष, उपाध्यक्षमा बुटबल उपमहानगरपालिका उपाध्यक्ष, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत नगरपालिका छन् । साथै सदस्यमा पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका जीतपुरसिमरा र हेटौँडा उपमहानगरपालिका,  वीरेन्द्रनगर महानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल र उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो । 
हालसम्म यो सञ्जालले एक सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । साथै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाइको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको सिटिनेटको पूर्वअध्यक्ष मीनाकुमारी लामाले जानकारी दिए ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता मिल्ने भन्दै अधिवेशनमा उपस्थित सबै पालिकाका प्रमुख एवं उपप्रमुखलाई आज विराटनगरमा निस्कने वृहत राधाकृष्ण ‘रथयात्रा‘मा सहभागी हुन आग्रह गरे । 

रथयात्रा आज अपरान्ह ३ः३० मा राधाकृष्ण मन्दिरबाट निस्की नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन सोही स्थानमा पुगी विश्राम लिने कार्यक्रम छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending