विराटनगर । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ ।
विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धिमूलक रहने प्रतिबद्धता लिएको छ ।
सो अवसरमा सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ । अधिवेशनले सिटिनेटको नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिका अध्यक्ष, उपाध्यक्षमा बुटबल उपमहानगरपालिका उपाध्यक्ष, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत नगरपालिका छन् । साथै सदस्यमा पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका जीतपुरसिमरा र हेटौँडा उपमहानगरपालिका, वीरेन्द्रनगर महानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल र उपमहानगरपालिका सदस्य छन् ।
विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो ।
हालसम्म यो सञ्जालले एक सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । साथै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाइको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको सिटिनेटको पूर्वअध्यक्ष मीनाकुमारी लामाले जानकारी दिए ।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता मिल्ने भन्दै अधिवेशनमा उपस्थित सबै पालिकाका प्रमुख एवं उपप्रमुखलाई आज विराटनगरमा निस्कने वृहत राधाकृष्ण ‘रथयात्रा‘मा सहभागी हुन आग्रह गरे ।
रथयात्रा आज अपरान्ह ३ः३० मा राधाकृष्ण मन्दिरबाट निस्की नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन सोही स्थानमा पुगी विश्राम लिने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: