Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

काठमाडौं थेगिनसक्नु र बसिनसक्नु भयो !

स्वास्थ्यसेवा (?)

डिपी जैसी
डिपी जैसी

'समयमै ल्याएर ठिक गर्नु भयो, एकछिन ढिलो गरेको भए हामीले बचाउन सक्दैनथ्यौँ होला ।' हिन्दी कथानक चलचित्र 'थ्री इडियट्स' लगायत प्रायजसो हरेक सिनेमामा डाक्टरले बोल्ने डाइलग हो यो ।

बाटोमा साइरन बजाउँदै आउने एम्बुलेन्सलाई सबैले साइड दिनुपर्छ ता कि एम्बुलेन्समा ल्याइएको बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पु-याउन सकियोस् र बेलैमा डाक्टरी सेवा उपलब्ध होस् ।

तर, राजधानीको एकमात्र बाल अस्पतालकाे इमर्जेन्सीमा पुर्याइएको बिरामी बच्चाले दुइ-दुइ घण्टासम्म पनि डाक्टरको सेवा पाउन नसकेर प्राण त्याग गर्न पुगिन ।  यहाँ भन्दा गैर जिम्मेवारीपन, नालायकीपन र अमानवीय अन्त कतै होला ? अहिले सबैकाे मनमा यही प्रश्न आएकाे छ ।  त्यहाँमाथी पेशागत मर्यादाको उल्लंघनकाे कुरा त अलग्गै रहेकाे छ ।

दुबइ मेट्रोमा काम गर्दा मैले तीन दिनको सेफ्टी ट्रेनिङ लिएको थिएँ । हामीलाई तालीम दिने एकजना स्कटिस गुरुले तालिमको एउटा भागमा पढाएको कुरो अहिले पनि सम्झिन्छु । कुनै दुर्घटना भयो र उद्धारमा जाँदै छौ र त्यहाँ थुप्रै घाइतेहरु छन् भने पहिला कसलाई उद्धार गर्ने र पछि कसलाई गर्ने भनेर छुट्याउनु पर्छ । तीन दिनको तालिममा त यस्तो कुरो सिकाइन्छ भने सात आठ वर्षसम्म डाक्टरी पढेका डाक्टरसापहरुलाई पहिला सिकिस्त बिरामीलाई हेरेर पछि कम‌  सिकिस्त बिरामीलाई हेर्न पर्छ भनेर पढाएको छैन होला र !

मानिसको जिवन अमूल्य छ । एकपटक सकियो भने फर्काएर ल्याउन सकिन्न । कान्ति अस्पतालले देखाएको यो गैरजिम्मेवार हर्कतमा सुधार गरेर सुलभ स्वास्थ्यसेवा दिन नसक्ने हो भने बिभिन्न जिल्लाको बिभिन्न गाउँहरुबाट एम्बुलेन्समा साइरन बजाउँदै, सयकडौँ किलोमिटर पार गर्दै, हजारौँ लाखौँ खर्च गरेर बिरामीलाई उपचार गर्न काठमाडौं किन ल्याउने ?

डाक्टरसापहरुको गैरजिम्मेवार व्यवहारले समयमै एउटा कोपिला चुँडियो । परिवारको काख रित्तियो । यति सामान्य कुरो पनि थाहा नपाउने चिकित्साकर्मी देख्दा समाजको शिर लाजले निहुरियो । देशको शिर निहुरियो । तिम्रो बैकुण्ठवास होस् नानी !

सरकार, प्रदेश बलियो बनाउ; स्वास्थ्य शिक्षा लगायत काठमाडौं केन्द्रित अन्य सारा सेवाहरु प्रदेशमा हस्तान्तरण गर । जनताको कल्याण होला ‌ काठमाडौंको कल्याण होला । देशको कल्याण होला । काठमाडौं थेगिनसक्नु भयो । काठमाडौं बसिनसक्नु भयो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending