'समयमै ल्याएर ठिक गर्नु भयो, एकछिन ढिलो गरेको भए हामीले बचाउन सक्दैनथ्यौँ होला ।' हिन्दी कथानक चलचित्र 'थ्री इडियट्स' लगायत प्रायजसो हरेक सिनेमामा डाक्टरले बोल्ने डाइलग हो यो ।
बाटोमा साइरन बजाउँदै आउने एम्बुलेन्सलाई सबैले साइड दिनुपर्छ ता कि एम्बुलेन्समा ल्याइएको बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पु-याउन सकियोस् र बेलैमा डाक्टरी सेवा उपलब्ध होस् ।
तर, राजधानीको एकमात्र बाल अस्पतालकाे इमर्जेन्सीमा पुर्याइएको बिरामी बच्चाले दुइ-दुइ घण्टासम्म पनि डाक्टरको सेवा पाउन नसकेर प्राण त्याग गर्न पुगिन । यहाँ भन्दा गैर जिम्मेवारीपन, नालायकीपन र अमानवीय अन्त कतै होला ? अहिले सबैकाे मनमा यही प्रश्न आएकाे छ । त्यहाँमाथी पेशागत मर्यादाको उल्लंघनकाे कुरा त अलग्गै रहेकाे छ ।
दुबइ मेट्रोमा काम गर्दा मैले तीन दिनको सेफ्टी ट्रेनिङ लिएको थिएँ । हामीलाई तालीम दिने एकजना स्कटिस गुरुले तालिमको एउटा भागमा पढाएको कुरो अहिले पनि सम्झिन्छु । कुनै दुर्घटना भयो र उद्धारमा जाँदै छौ र त्यहाँ थुप्रै घाइतेहरु छन् भने पहिला कसलाई उद्धार गर्ने र पछि कसलाई गर्ने भनेर छुट्याउनु पर्छ । तीन दिनको तालिममा त यस्तो कुरो सिकाइन्छ भने सात आठ वर्षसम्म डाक्टरी पढेका डाक्टरसापहरुलाई पहिला सिकिस्त बिरामीलाई हेरेर पछि कम सिकिस्त बिरामीलाई हेर्न पर्छ भनेर पढाएको छैन होला र !
मानिसको जिवन अमूल्य छ । एकपटक सकियो भने फर्काएर ल्याउन सकिन्न । कान्ति अस्पतालले देखाएको यो गैरजिम्मेवार हर्कतमा सुधार गरेर सुलभ स्वास्थ्यसेवा दिन नसक्ने हो भने बिभिन्न जिल्लाको बिभिन्न गाउँहरुबाट एम्बुलेन्समा साइरन बजाउँदै, सयकडौँ किलोमिटर पार गर्दै, हजारौँ लाखौँ खर्च गरेर बिरामीलाई उपचार गर्न काठमाडौं किन ल्याउने ?
डाक्टरसापहरुको गैरजिम्मेवार व्यवहारले समयमै एउटा कोपिला चुँडियो । परिवारको काख रित्तियो । यति सामान्य कुरो पनि थाहा नपाउने चिकित्साकर्मी देख्दा समाजको शिर लाजले निहुरियो । देशको शिर निहुरियो । तिम्रो बैकुण्ठवास होस् नानी !
सरकार, प्रदेश बलियो बनाउ; स्वास्थ्य शिक्षा लगायत काठमाडौं केन्द्रित अन्य सारा सेवाहरु प्रदेशमा हस्तान्तरण गर । जनताको कल्याण होला काठमाडौंको कल्याण होला । देशको कल्याण होला । काठमाडौं थेगिनसक्नु भयो । काठमाडौं बसिनसक्नु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...



प्रतिकृया लेख्नुहोस्: