काठमाडौं । वीरगञ्ज भन्सारमा राजश्व संकलन दर बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा साउन र भदौ (भदौ १८ गतेसम्म) मा भन्सार संकलन दरमा सुधारको संकेत देखिएको हो ।
मुलुकले आर्थिक वर्षभरि उठाउने कुल भन्सार राजश्वमध्ये ४० प्रतिशतको योगदान गर्ने वीरगञ्ज भन्सारको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्षको असोजदेखि फागुनसम्मको भन्सार संकलन दर चौपट बनेको वीरगञ्ज भन्सार प्रमुख डिलाराम पन्थीले बताए । यो अवस्थासँग दाजेर हेर्दा वीरगञ्ज भन्सारको साउन र भदौंको राजश्व संकलन दर सन्तोषजनक रहेको छ ।
गत आर्थिक वर्षको वीरगञ्ज भन्सारले लक्ष्यको ६०.२ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको ७६ प्रतिशतमाथि भन्सार उठेको हाे । भदौ १८ गतेसम्ममा ८ अर्बभन्दा बढीको भन्सार राजश्व संकलन भइसकेको र यही ट्रेण्ड महिनाको अन्तिमसम्म कायम रहेमा लक्ष्यको ७० प्रतिशतभन्दा बढी नै राजश्व संकलन हुने देखिएकाे उनले बताए ।
साउन महिनामा १५ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य रहेकोमा १२ अर्ब हाराहारीमा उठ्यो । भदौमा १९ अर्बको लक्ष्य रहेकोमा भदौ अन्तिमसम्म १४ अर्ब हाराहारी पुग्ने देखिएको छ । चाडपर्वको मौसम सुरु भएकोले समेत भन्सार संकलन दरमा प्रगति हुन थालेको देखिएको पन्थीले बताए ।
गत वर्ष भन्सार राजश्वमा सवारी साधनको योगदान अघिल्ला वर्षहरुको तुलनामा ८० प्रतिशतले घटेको थियो । यो वर्ष भदौदेखि सवारी साधनबाट हुने भन्सार राजश्व संकलन बढ्न थालेको उनले बताए ।वीरगञ्ज भन्सारले यो आर्थिक वर्षमा २५१ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य लिएको छ । १९० अर्ब हाराहारीमा संकलन हुने र त्यो लक्ष्यको ७५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: