काठमाडौं । वीरगञ्ज भन्सारमा राजश्व संकलन दर बढ्न थालेको छ । अघिल्लो वर्षको तुलनामा साउन र भदौ (भदौ १८ गतेसम्म) मा भन्सार संकलन दरमा सुधारको संकेत देखिएको हो ।
मुलुकले आर्थिक वर्षभरि उठाउने कुल भन्सार राजश्वमध्ये ४० प्रतिशतको योगदान गर्ने वीरगञ्ज भन्सारको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्षको असोजदेखि फागुनसम्मको भन्सार संकलन दर चौपट बनेको वीरगञ्ज भन्सार प्रमुख डिलाराम पन्थीले बताए । यो अवस्थासँग दाजेर हेर्दा वीरगञ्ज भन्सारको साउन र भदौंको राजश्व संकलन दर सन्तोषजनक रहेको छ ।
गत आर्थिक वर्षको वीरगञ्ज भन्सारले लक्ष्यको ६०.२ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको ७६ प्रतिशतमाथि भन्सार उठेको हाे । भदौ १८ गतेसम्ममा ८ अर्बभन्दा बढीको भन्सार राजश्व संकलन भइसकेको र यही ट्रेण्ड महिनाको अन्तिमसम्म कायम रहेमा लक्ष्यको ७० प्रतिशतभन्दा बढी नै राजश्व संकलन हुने देखिएकाे उनले बताए ।
साउन महिनामा १५ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य रहेकोमा १२ अर्ब हाराहारीमा उठ्यो । भदौमा १९ अर्बको लक्ष्य रहेकोमा भदौ अन्तिमसम्म १४ अर्ब हाराहारी पुग्ने देखिएको छ । चाडपर्वको मौसम सुरु भएकोले समेत भन्सार संकलन दरमा प्रगति हुन थालेको देखिएको पन्थीले बताए ।
गत वर्ष भन्सार राजश्वमा सवारी साधनको योगदान अघिल्ला वर्षहरुको तुलनामा ८० प्रतिशतले घटेको थियो । यो वर्ष भदौदेखि सवारी साधनबाट हुने भन्सार राजश्व संकलन बढ्न थालेको उनले बताए ।वीरगञ्ज भन्सारले यो आर्थिक वर्षमा २५१ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य लिएको छ । १९० अर्ब हाराहारीमा संकलन हुने र त्यो लक्ष्यको ७५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: