काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिबेशनको लोगो सार्वजनिक भएको छ । प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सन्जालबाट प्रदेशकाे पहिलाे अधिबेशनको लोगो सार्वजनिक गरेका हुन् ।
हिमालदेखी भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिबेशन सम्पन्न हुने भएकोले लोगोमा काठमाडौं र काठमाडौंको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।
एमाले बागमती प्रदेश प्रथम अधिबेशन प्रचार कमिटिमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, आशिस अस्लामी, श्याम सुन्दर पुडासैनि र अनिश्मा बस्नेत सदस्यहरु रहेका छन् ।
प्रचार कमिटिले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशंकर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरुको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।
भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैंडा र मकवानपुरको शहिदपार्कको शहिदका मुर्तीहरु राखिएको छ । यस्तै काठमाडौको पहिचान स्वरुप पशुपतीनाथ, बौद्व स्तुपा, धरहरा समाबेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टिको लाल झण्डा पनि फहराइएको छ ।
लोगोमा रातो, सेतो, निलो र पहेँलो रंग समाबेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशनहरु तयारीमा जुटेको हो ।
लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: