Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

नाै जिल्लाका स्थानीयतहकाे अख्तियारमा लाग्याे उजुरीका चाङ

खबरडबली संवाददाता

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा नाै जिल्लाका स्थानीयतहमा भएकाे अनियमितताकाे उजुरीकाे चाङ लागेकेा छ । अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पद र मर्यादा विपरित अनियमितता गरेको भन्दै स्थानीय स्तरबाट  उजुरी परेको हाे ।

कोशी प्रदेश ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बु, मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाही, र बाग्मती प्रदेशको सिन्धुली र रामेछाप गरी  ९ जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा स्थानीय तहको कामकारवाहीबारे गुनासो निकै बढेकाे छ । 

गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ११४७ वटा उजुरी दर्ता भएको अख्तियार कार्यालयमा चालु आर्थिक वर्षको मात्र एक महिनामा  ३१३ वटा गरी जम्मा १४६० वटा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दर्ता भएका छन् । जसमध्ये ११३ वटा फछ्र्यौट भइसकेका छन् भने १३४७ वटा अझै फछ्र्यौट हुन बाँकी रहेको अख्तियार बर्दिबास कार्यालयले जनाएको छ । 

तहगत रुपमा सबैभन्दा बढी स्थानीय तहमाथि उजुरीहरू परेको तथ्यांकले देखाएकाे छ । कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गत वर्ष र चालु आर्थिक वर्षको एक महिनामा हालसम्म स्थानीय तहमाथि ११४५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ६५ वटाको फछ्र्यौट भइसकेका छन् भने १०८० वटा अहिले पनि कानुनी प्रक्रियामै रहेका  छन् । 

सबैभन्दा कम संघीय कार्यालयमाथि उजुरी दर्ता भएका छन् । यस अवधिमा संघमाथि दर्ता भएको उजुरीको संख्या मात्रै १३५ रहेको छ जसमध्येबाट १९ वटा फछ्र्यौट भइसकेको र ११६ वटा हुन बाँकी छ । प्रदेश सरकारमाथि १८० वटा उजुरी परेका छन् । 

उजुरीहरूको प्रवृत्ति हेर्दा सबैभन्दा बढी सार्वजनिक खरिद र निर्माण सम्बन्धमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको भनि उजुरी दर्ता हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय, बर्दिबासका शाखा अधिकृत सुनिल चौरसियाले बताए  । 

गलत इस्टिमेट, बजेट टुक्राएर खरिद गर्ने, गलत नियत राखेर स्पेशिफिकेशन तयार गर्ने, आवश्यकभन्दा धेरै सामग्रीहरू खरिद गरेर थुपार्ने, जिन्सी दाखिला नगर्ने वा गलत प्रतिवेदन तयार पार्ने,गुणस्तरहीन निर्माण, गलत मूल्यांकन, जटिल प्रकृतिका निर्माण कार्य उपभोक्ता समितिबाट बनाउने र अनावश्यक डीपीआर तयार गर्ने जस्ता कार्यहरूबारे उजुरी आउने गरेको चौरसीयाले बताए । 

त्यसैगरी प्रशासनिक कार्यसम्बन्धी, तालिम र क्षमता विकासमा भ्रष्टाचार, सेवा प्रवाहमा अनियमितता, नक्कली शैक्षिक प्रमाणपत्र र लाइसेन्स सम्बन्धी, विद्यालय क्षेत्रसम्बन्धी, विषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्तासम्बन्धी, राजश्व चुहावटलगायतका विषयमा उजुरीहरू आउने गरेको चौरसीयाले जानकारी दिए । अख्तियार कार्यालयमा उजुरीहरूको चाङ लाग्दा पनि फछ्र्यौटमा विभिन्न समस्याले गर्दा ढिलाइ हुने गरेको अख्तियारले जनाएको छ ।  

मधेश प्रदेशका चारवटा जिल्लाहरू कार्यक्षेत्र रहेर काम गरिरहेको बर्दिबास अख्तियार कार्यालयमा सबैभन्दा बढी धनुषा जिल्लाबाट भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । हालसम्म कार्यालयमा धनुषाबाट ४४२ वटा उजुरी दर्ता भएका छन् भने सिरहाबाट २९५, महोत्तरीबाट २८० र सर्लाहीबाट २३६ वटा उजुरी दर्ता भएका छन् ।

धनुषामा पनि सबैभन्दा बढि उजुरी दर्ता जनकपुरधाम उपमहानगरपालिकाको कामकारवाहीहरूको विषयमा भएको अख्तियार कार्यालयले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE