Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

खुकुरी प्रहारअघि कांग्रेस सहमहामन्त्री यादवले के भनेका थिए ?

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार भयो ।  भृकुटिमण्डपस्थित रिपोर्ट्स क्लबमा आफ्नो मन्तव्य दिएर बाहिर निस्किएका उनीमाथि खुकुरी प्रहार भएको थियो। नुवाकोटका श्यामबाबु सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका थिए। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खुकुरी प्रहार गर्नुअघि सापकोटा कार्यक्रममै सहभागी भई भाषण सुनेका थिए । प्रहरीले नियन्त्रण लिने क्रममा उनले एमसीसीको विरोध गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।

यादवले के भनेका थिए ?

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिनियाँ राजदूत सोङमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्ने बताएका थिए ।

गत सोमबार चिनियाँ राजदूत सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका थिए । उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका कारण यादवले यस्ताे बताएका थिए ।

नेता यादवले चिनियाँ राजदूतको अभिव्यक्तिले नेपालीहरूको अपमान भएको बताए । 'चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत छ। नेपाल सार्वभौमसत्ता मुलुक हो। हामी कोसँग दोस्ती गर्छौं, कोसँग व्यापार गर्छौं, नितान्त हाम्रो कुरा हो । हाम्रो अरु देशसँगको सम्बन्ध बिगार्ने अधिकार उहाँलाई छैन। यो हाम्रो सार्वभौकितामाथिको प्रहार हो । यो अभिव्यक्तिले नेपालीलाई अपमानित गरेको छ,' उनले भने ।

छिमेकी मुलुक भारत र नेपालका नागरिकहरूबीच राजदूत सोङले भ्रम सिर्जना गरेको उनको भनाइ छ। 'चीनसँग हाम्रो मित्रवत व्यवहार छ। चिनियाँ राजदूत पनि यहाँ सम्बन्ध सुमुधर बनाउनु आउनुभएको हो,' उनले थपे, 'भारतसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। खुला सीमाना छ। दुई देशबीचका नागरिकबीच सद्भाव छ। तर चिनियाँ राजदूतले भ्रम सिर्जना गर्ने काम गरेका छन्। परराष्ट्र मन्त्रालयले यो मामिलामा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनुपर्छ।'

उनले भारतबाट आयात गरिएको बिजुली नै लोडसेडिङका बेला काम आएको बताए। 'दस अर्बको बिजुली बेच्यौं, १७ अर्बको किन्यौं। यो आफ्नो ठाउँमा छ। तर लोडसेडिङका बेला यिनै छिमेकीले हामीलाई सहयोग गरेको हो नि,' उनले भने । 

उनले चिनियाँ राजदूत नेपालको हेडमास्टर नरहेको बताए । 'चिनियाँ राजदूत हेडमास्टर होइन। हामीलाई पढाउने, सिकाउने होइन। कोसँग के गर्ने हामीलाई थाहा छ। चिनियाँ राजदूतको हेडमास्टरी गर्ने काम नहोस्,' उनले भने । कांग्रेस नेता यादवले चीनले केरुङ-काठमाडौं रेल अल्झाएर राखेको बताए ।  'हामीले केरुङ-काठमाडौं रेल बनाइदेऊ भनेकै छौं । खै बनाइदिएको ? पोखरा विमानस्थलमा दुई गुणा बढी ऋणमा बनाइदिएका छन् । खै त त्यहाँ विजनेश ? नेपालले कसरी तिर्छ तेत्रो ऋण ?,' उनले प्रश्न गरे । उनले चीनले हालै जारी गरेको नक्साप्रति पनि आपत्ति जनाएका थिए । नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै उनले तत्काल नक्सा सच्याउन माग गरेका थिए । 'संसदबाट पारित भएको नेपालको चुच्चेसहितको नक्सा चीनले किन राखेन ? अविलम्ब यो सच्याइयोस्,' उनले भने।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए। उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाइएको छ । दोष केही पनि छैन । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भइरहेको छैन ।’ 

उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ३ को पनि गणना केहीबेरमा हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...

भक्तपुर २ मा ११ बजेबाट मतगणना हुने

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाच...

काठमाडौं–१ को मतगणना केही समयमा सुरु हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केही समयपछि सुरु हुने भएको छ ।  काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरमान खड्काले सर्व...

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मत खस्यो

सिन्धुपाल्चोक  । दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलकानुसार य...

झापा–५ मा किन घट्यो मत प्रतिशत ?

ललितपुर  । प्रतिनिधिसभा निर्वाचनका लागि निकै चर्चित मानिएको झापा क्षेत्र नम्बर–५ मा यसपटक ६५ प्रतिशत मात्र मत खसेको छ। निर्वाचन आयोगका अनुसार यस क्षेत...

ओखलढुङ्गामा मतदानमा उत्साह घट्दा ४८% मत खस्यो

ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा ओखलढुङ्गामा कुल ४८.१४ प्रतिशत मत खसेको  छ । कुल १२२७१४ मतदाता रहेकाे ओखलढुङ्गामा ५९,०७९ मत खसेकाे हाे...

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE