Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

खुकुरी प्रहारअघि कांग्रेस सहमहामन्त्री यादवले के भनेका थिए ?

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार भयो ।  भृकुटिमण्डपस्थित रिपोर्ट्स क्लबमा आफ्नो मन्तव्य दिएर बाहिर निस्किएका उनीमाथि खुकुरी प्रहार भएको थियो। नुवाकोटका श्यामबाबु सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका थिए। लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खुकुरी प्रहार गर्नुअघि सापकोटा कार्यक्रममै सहभागी भई भाषण सुनेका थिए । प्रहरीले नियन्त्रण लिने क्रममा उनले एमसीसीको विरोध गर्दै राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए।

यादवले के भनेका थिए ?

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चिनियाँ राजदूत सोङमाथि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्ने बताएका थिए ।

गत सोमबार चिनियाँ राजदूत सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका थिए । उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका कारण यादवले यस्ताे बताएका थिए ।

नेता यादवले चिनियाँ राजदूतको अभिव्यक्तिले नेपालीहरूको अपमान भएको बताए । 'चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत छ। नेपाल सार्वभौमसत्ता मुलुक हो। हामी कोसँग दोस्ती गर्छौं, कोसँग व्यापार गर्छौं, नितान्त हाम्रो कुरा हो । हाम्रो अरु देशसँगको सम्बन्ध बिगार्ने अधिकार उहाँलाई छैन। यो हाम्रो सार्वभौकितामाथिको प्रहार हो । यो अभिव्यक्तिले नेपालीलाई अपमानित गरेको छ,' उनले भने ।

छिमेकी मुलुक भारत र नेपालका नागरिकहरूबीच राजदूत सोङले भ्रम सिर्जना गरेको उनको भनाइ छ। 'चीनसँग हाम्रो मित्रवत व्यवहार छ। चिनियाँ राजदूत पनि यहाँ सम्बन्ध सुमुधर बनाउनु आउनुभएको हो,' उनले थपे, 'भारतसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। खुला सीमाना छ। दुई देशबीचका नागरिकबीच सद्भाव छ। तर चिनियाँ राजदूतले भ्रम सिर्जना गर्ने काम गरेका छन्। परराष्ट्र मन्त्रालयले यो मामिलामा चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनुपर्छ।'

उनले भारतबाट आयात गरिएको बिजुली नै लोडसेडिङका बेला काम आएको बताए। 'दस अर्बको बिजुली बेच्यौं, १७ अर्बको किन्यौं। यो आफ्नो ठाउँमा छ। तर लोडसेडिङका बेला यिनै छिमेकीले हामीलाई सहयोग गरेको हो नि,' उनले भने । 

उनले चिनियाँ राजदूत नेपालको हेडमास्टर नरहेको बताए । 'चिनियाँ राजदूत हेडमास्टर होइन। हामीलाई पढाउने, सिकाउने होइन। कोसँग के गर्ने हामीलाई थाहा छ। चिनियाँ राजदूतको हेडमास्टरी गर्ने काम नहोस्,' उनले भने । कांग्रेस नेता यादवले चीनले केरुङ-काठमाडौं रेल अल्झाएर राखेको बताए ।  'हामीले केरुङ-काठमाडौं रेल बनाइदेऊ भनेकै छौं । खै बनाइदिएको ? पोखरा विमानस्थलमा दुई गुणा बढी ऋणमा बनाइदिएका छन् । खै त त्यहाँ विजनेश ? नेपालले कसरी तिर्छ तेत्रो ऋण ?,' उनले प्रश्न गरे । उनले चीनले हालै जारी गरेको नक्साप्रति पनि आपत्ति जनाएका थिए । नेपालको चुच्चे नक्सा नसमेटिएको भन्दै उनले तत्काल नक्सा सच्याउन माग गरेका थिए । 'संसदबाट पारित भएको नेपालको चुच्चेसहितको नक्सा चीनले किन राखेन ? अविलम्ब यो सच्याइयोस्,' उनले भने।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए। उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाइएको छ । दोष केही पनि छैन । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भइरहेको छैन ।’ 

उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन । कसैले पनि पैसा लिएको भनेर भनेको छैन । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending