हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले डोजरे विकासले विनाश निम्त्याएको बताएका छन् ।
प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजना एवं अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगको आर्थिक प्राविधिक सहयोगमा मङ्गलबार हेटौँडामा भएको प्रदेशस्तरीय विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयन तथा सिकाइ कार्यक्रममा मन्त्री श्रेष्ठले ३० वर्षको अवधिमा पर्यावरणमैत्री विकास गर्नेतिर खासै चासो नदेखिएको बताउँदै विकास गर्ने नाममा भत्काउने काम मात्रै भएको बताए ।
“तीनै तहको सरकारले डोजरे विकासलाई कडाइपूर्वक नियन्त्रण गर्नु पर्छ । भत्काइएका ठाउँको स्तरोन्नति हुनु पर्छ, थप भत्काउनेतिर हामी लाग्नु हुँदैन,” उनले भने । पर्यावरण विनाश र विकासका नाममा विनाश निम्त्याउने प्रमुख कारक तत्त्व डोजरे विकास रहेको मन्त्री श्रेष्ठको टिप्पणी छ । उनले बागमती प्रदेशमा पहिरोको उच्च जोखिम रहेको बताउँदै मन्त्रालयबाट विनियोजित बजेटबाट पहिरो पूर्वसूचना प्रणाली जडान गर्ने कार्यक्रम बनाउने प्रतिबद्धता पनि जनाए ।
नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेले विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयनमा प्रदेश सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विपत् हुनुअघि ९० प्रतिशत र विपत्पश्चात् १० प्रतिशत काम गर्नुपर्ने भए पनि वर्तमान समयमा उल्टो भइरहेको बताउनुभयो । प्रकोप पूर्वतयारी सञ्जाल नेपालका कार्यवाहक अध्यक्ष डा. राजु थापाले नेपालमा विपत्को परिदृश्य र विपत् व्यवस्थापन नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: