हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले डोजरे विकासले विनाश निम्त्याएको बताएका छन् ।
प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजना एवं अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगको आर्थिक प्राविधिक सहयोगमा मङ्गलबार हेटौँडामा भएको प्रदेशस्तरीय विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयन तथा सिकाइ कार्यक्रममा मन्त्री श्रेष्ठले ३० वर्षको अवधिमा पर्यावरणमैत्री विकास गर्नेतिर खासै चासो नदेखिएको बताउँदै विकास गर्ने नाममा भत्काउने काम मात्रै भएको बताए ।
“तीनै तहको सरकारले डोजरे विकासलाई कडाइपूर्वक नियन्त्रण गर्नु पर्छ । भत्काइएका ठाउँको स्तरोन्नति हुनु पर्छ, थप भत्काउनेतिर हामी लाग्नु हुँदैन,” उनले भने । पर्यावरण विनाश र विकासका नाममा विनाश निम्त्याउने प्रमुख कारक तत्त्व डोजरे विकास रहेको मन्त्री श्रेष्ठको टिप्पणी छ । उनले बागमती प्रदेशमा पहिरोको उच्च जोखिम रहेको बताउँदै मन्त्रालयबाट विनियोजित बजेटबाट पहिरो पूर्वसूचना प्रणाली जडान गर्ने कार्यक्रम बनाउने प्रतिबद्धता पनि जनाए ।
नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेले विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयनमा प्रदेश सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विपत् हुनुअघि ९० प्रतिशत र विपत्पश्चात् १० प्रतिशत काम गर्नुपर्ने भए पनि वर्तमान समयमा उल्टो भइरहेको बताउनुभयो । प्रकोप पूर्वतयारी सञ्जाल नेपालका कार्यवाहक अध्यक्ष डा. राजु थापाले नेपालमा विपत्को परिदृश्य र विपत् व्यवस्थापन नीति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: