Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

चाडपर्व नजिकिएसँगै बजार अनुगमनको तयारी

खबरडबली संवाददाता

काठमाडौं  । सरकारले नेपालीका चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमनका लागि तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला चाडपर्वलक्षित अनुगमन गर्नका लागि कर्मचारीको माग गरेको छ । 

सामान्य अवस्था तीन(चार वटा टोलीले अनुगमन गर्दै आएकामा चाडपर्वका बेलामा आठ नौ वटा टोलीले छुट्टाछुट्टै वस्तुको अनुगमन गर्ने तयारी भएको विभागले जनाएको छ । विभागका महानिर्देशक गजेन्द्रकुुमार ठाकुरले हाल बजार अनुगमनका लागि विभागसँग सीमित मात्रै जनशक्ति भएकाले सामान्य प्रशासनबाट आवश्यक जनशक्ति पठाउने सहमति भइसकेको जानकारी दिए । चाडपर्वलक्षित बजार अनुुगमन कहिलेबाट गर्ने भन्ने मितिका विषयमा यही साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसँग बैठक बसेर टुङ्गो लगाउने उनको भनाइ छ ।

विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा सो बेलामा खपत हुने खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिने छ । चाडपर्वको समयमा व्यापारीले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सव्रिmय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै तोकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका महानिर्देशक ठाकुरले बताए । 

त्यस्तै विषयत विभागहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयका बजार अधिकृत, प्रदेश र पालिकासमेतलाई बजारमा उपस्थिति बढाउन विभागले पत्राचार गरिसकेको जनाएको छ । 

बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका क्रममा कारबाहीको दायरामा ल्याउनमा लक्षित हुुने महानिर्देशक ठाकुरको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending