काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कमिसनमा आधारित बेरुजु फर्छ्यौट हुने गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले ५० लाखको कमिसन पाएपछि बेरुजु फर्छ्यौट हुने र व्यवहारिक पाटो यही भएको ठोकुवा गरे । बेरुजु फर्छ्यौट सम्बन्धित कार्यालयका अधिकारीले गर्छन् । महालेखा परीक्षकको कार्यालयका कर्मचारीले सरकारी कार्यालयमा अडिट गर्छन् । यदि बेरुजु पत्ता लागे कमिसनमा फर्छ्यौट हुने सांसद दाहालको दाबी छ ।
बैठकमा नेपालमा बेरुजु र त्यसको फर्छ्यौटमा अन्य सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले कमिसनको आधारमा बेरुजु फर्छ्यौट हुने गरेको समेत दाबी गरे । बैठकमा नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले पनि महालेखाको प्रतिवेदन महापुराण जस्तो भाषण हुने र निचोड नहुने टिप्पणी गरे । उनले टेक्निकल अडिट गर्दैनगर्ने र ल्याप्सेस भएकाले गुणस्तरीय काम नहुने बताए । सधैं ठेक्का पाउने र तर गुणस्तरीय काम नहुने पप्पु कन्स्ट्रक्सनको उदाहरण दिँदै उनले तरंगित भएर होइन, तथ्यमा आधारित भएर मात्रै उजुरी सार्वजनिक गर्न आग्रह गरे । त्यो स्टन्टबाजी भएकाले आफु यस्तो पक्षमा नरेकाे उनकाे भनाइ थियाे । बिगतमा दिइएका निर्देशन र त्यसको कार्यान्वयन खोज्न उनकाे सुझाव थियाे ।
नेकपा एमालेका सचिवसमेत रहेका अर्का सांसद योगेश भट्टराईले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत बेरुजुमा जिम्मेवार बनाउनुपर्ने बताए । कुन मन्त्रीको पालामा भएको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने बताउँदै उनले दल पनि जिम्मेवार हुन सक्छ र आगामी जिम्मेवारीका सन्दर्भमा निर्णय लिन सहज हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: