काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कमिसनमा आधारित बेरुजु फर्छ्यौट हुने गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले ५० लाखको कमिसन पाएपछि बेरुजु फर्छ्यौट हुने र व्यवहारिक पाटो यही भएको ठोकुवा गरे । बेरुजु फर्छ्यौट सम्बन्धित कार्यालयका अधिकारीले गर्छन् । महालेखा परीक्षकको कार्यालयका कर्मचारीले सरकारी कार्यालयमा अडिट गर्छन् । यदि बेरुजु पत्ता लागे कमिसनमा फर्छ्यौट हुने सांसद दाहालको दाबी छ ।
बैठकमा नेपालमा बेरुजु र त्यसको फर्छ्यौटमा अन्य सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले कमिसनको आधारमा बेरुजु फर्छ्यौट हुने गरेको समेत दाबी गरे । बैठकमा नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले पनि महालेखाको प्रतिवेदन महापुराण जस्तो भाषण हुने र निचोड नहुने टिप्पणी गरे । उनले टेक्निकल अडिट गर्दैनगर्ने र ल्याप्सेस भएकाले गुणस्तरीय काम नहुने बताए । सधैं ठेक्का पाउने र तर गुणस्तरीय काम नहुने पप्पु कन्स्ट्रक्सनको उदाहरण दिँदै उनले तरंगित भएर होइन, तथ्यमा आधारित भएर मात्रै उजुरी सार्वजनिक गर्न आग्रह गरे । त्यो स्टन्टबाजी भएकाले आफु यस्तो पक्षमा नरेकाे उनकाे भनाइ थियाे । बिगतमा दिइएका निर्देशन र त्यसको कार्यान्वयन खोज्न उनकाे सुझाव थियाे ।
नेकपा एमालेका सचिवसमेत रहेका अर्का सांसद योगेश भट्टराईले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत बेरुजुमा जिम्मेवार बनाउनुपर्ने बताए । कुन मन्त्रीको पालामा भएको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने बताउँदै उनले दल पनि जिम्मेवार हुन सक्छ र आगामी जिम्मेवारीका सन्दर्भमा निर्णय लिन सहज हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: