लमजुङ । सुन चोरेको आरोपमा एकजना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा लमजुङको बेसीशहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केही दिनअघि बेसीशहर नगरपालिका–७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै भएको छुट्टाछुट्टै घटनामा करिब २३ तोला बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको थियो ।
चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतवार घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेकी घिमिरेको साथबाट प्रहरीले सुनको रानीहार, मिनिहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एक–एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले बताए ।
त्यस्तै उनकाे साथबाट सुनको वाला, औठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुई–दुई थान र सुनको टप ४ थानसमेत फेला परेको उनले जानकारी दिए ।
उनीविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी सिर्मलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...



प्रतिकृया लेख्नुहोस्: