सिन्धुली । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सित भण्डार प्रयोगविहीन भइरहेका छन् । प्रदेशले कृषकको उत्पादन नविग्रियोस भन्ने उद्देश्यले १३ जिल्लामा निर्माण गरेको सित भण्डार प्रयोगमा आउन नसकेको हुन् ।
प्रयोगविहीन भइरहेका सीत भण्डारमध्ये एक सिन्धुलीको सुनकोसी गाउँपालिकामा समेत रहेकाे छ ।बागमती प्रदेश सरकारले निर्माण गरेका शीत भण्डार अझै सञ्चालनमा आउन सकेको छैन् । चार वर्ष लगाएर २०७९ मा सम्पन्न गरिएको शीत भण्डा अहिलेसम्मपनि प्रयोगमा ल्याइएको छैन ।
लामो प्रतिक्षापछि सिन्धुलीमा कृषकहरुले सेवा नपाएपछि कृषकहरु निराश छन् । सित भण्डार स्थानीयलाई खुल्ला गरिदिए सुनकोसीमा उत्पादनहुने स्थानीय उत्पादीत बस्तु खेर नजाने कृषकहरुको भनाई छ । कृषकले कृषि उपजको उचित मूल्यप्राप्त गर्ने उद्देश्यका साथ काम अघि बढाएको प्रदेश सरकारले बताएको थियो तर, सित भण्डार निर्माण भएको लामो समयसम्म पनि सञ्चालन हुन नसक्दा स्थानीय कृषक कागलाई बेल पाक्यो हर्ष न विष्मात जस्तै बनेका छन् ।
बागमती प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र साझेदार संस्थाहरूको सहकार्यमा निश्चित रकम साझेदार संस्थाले व्यहोर्ने गरी संयुक्त लगानीमा प्रदेश सरकारले शीत भण्डार निर्माण गरेको हो । संयुक्त प्रयासमा बनाइएका शित भण्डार यसरी प्रयोगमा नआउनुको प्रमुख कारण प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय अभाव देखिन्छ ।
चितवनको खैरहनी , धादिङको बेनीघाट , रसुवाको कालिका, सिन्धुलीको सुनकोसी, सिन्धुपाल्चोकको लिसंखुपाखर र इन्द्रावती, दोलखाको जिरी , रामेछापको मन्थली, नुवाकोटको विदुर र बेलकोटगढीमा समेत शीत भण्डार निर्माण भएका छन् । निर्माण सम्पन्न भइसकेको भए पनि यी सित भण्डार अधिकांश प्रयोगमा ल्याइएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: