काठमाडौं। बीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले मनाउन लागेको बीपी साहित्य महोत्सवको कार्यतालिका सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आइतबार पत्रकार सम्मेलन गरी कार्यतालिका सार्वजनिक गरेको हो। महोत्सव भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपामा बिहान ९ बजेदेखि ७ बजेसम्म हुनेछ।
पहिलो दिन मुख्य वक्ताका रूपमा प्रा। अभि सुवेदीले ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’ बारे सम्बोधन गर्नेछन्। यस्तै दोस्रो दिन प्रा। आनन्द कुमारले ‘मार्क्स गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिजम डुडे’ विषयमा मन्तव्य दिनेछन् भने तेस्रो दिन बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होलारु भन्ने विषयमा प्रा। केदारभक्त माथेमाले सम्बोधन गर्ने कार्यक्रम छ।
महोत्सवमा विभिन्न १२ वटा सत्र सञ्चालन हुनेछन्। त्यसअन्तर्गत बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य, बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबार्टन, बीपीका आख्यानमा नारी रपरिवारले बुझेका बीपीका विषयका विज्ञहरूले आफ्नो प्रस्तुति दिनेछन्।
महोत्सवअन्तर्गत पहिलो पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ हुनेछ। यसैगरी फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरूबाट प्रत्यक्ष कोरिएका चित्र प्रदर्शन हुनेछन्। महोत्सवमा हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान, तीन घुम्तीजस्ता वृत्तचित्र प्रदर्शनी गरिनेछ। साथै ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।
महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा हुन लागेको हो।
महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। समितिमा पाण्डेबाहेक ३७ जना सदस्य छन्। ती सदस्यहरूमा पुष्पा भुसाल, नैनसिंह महर, मीन विश्वकर्मा, राजीव ढुंगाना, डिला संग्रौला, दिलमान पाख्रिन, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही रहेको नेपाली कांग्रेसले जनाएको छ।
समितिमा रहेका अन्य सदस्यमा मधु आचार्य, रंगमती शाही, मदनबहादुर अमात्य, हरिशरण नेपाली, अब्दुल सत्तार, गोविन्दराज पोख्रेल, नानु बास्तोला, शैलेन्द्रप्रकाश नेपाल, नृपबहादुर बड, सन्ध्या पहाडी, विद्यादेवी तिमल्सिना हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: