Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पुर्‍याउन सांसदको माग

खबरडबली संवाददाता

काठमाडौं ।  सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गरे  । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गरे ।

साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्दै उनले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिए । नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व भने घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्ने सांसद केसीको माग छ । पासाल्हामु राजमार्गको काठमाडौँबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उनले आपत्ति जनाए । 

सांसद विद्या भट्टराईले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको, लैङ्गिक हिंसाले आत्महत्याका घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । प्रजनन उमेरमा महिलाको आत्महत्याको दर बढेकाले विद्यालयतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम राख्न र यसलाई प्राथमिकता दिएर काम गर्न उनको माग छ ।

सांसद माधव सापकोटाले तातोपानी नाकाको लिपिङ बजारस्थित सरकारी कार्यालयको जग्गा निजीरुपमा कब्जा गरिएकाले तत्काल व्यवस्थापन गर्न माग गरे । तत्काल यसको व्यवस्थापन नगरिएमा पछि यो ठूलो समस्या हुने भएकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराए । मानसरोवर तीर्थयात्रा गर्ने धार्मिक पर्यटकका लागि तातोपानी नाका अन्य नाकाभन्दा तीन दिन नजिकपर्ने भएकाले पनि यहाँ सरकारले प्राथमिकता दिनुपर्ने सांसद सापकोटाको भनाइ थियो ।

सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई तलबको व्यवस्था गर्नुपर्ने भन्दै खेल पूर्वाधारको विकासका लागि खेलजगतलाई उपेक्षा गर्न नहुनेमा जोड दिए । प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरेका रकम अझै नदिएकाले त्यसतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए । 

सांसद राजेन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जानेले विमानस्थलदेखि नै अपमान भोग्नुपर्ने र फर्कंदा पनि उस्तै हुने गरेकाले सुधार गर्न माग गरे । सांसद शेरबहादुर कुँवरले अछामको वैद्यनाथ तीर्थलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । संसद्ले पारित गरेको बजेट कटौती गरिनु नहुने उनको भनाइ थियो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले धान बाली लगाउने बेलामा वर्षा नभएकाले यस वर्ष रू ५० अर्बको धान आयात गर्नुपर्ने अवस्था आउन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । भारतले धान र चामल निर्यातमा प्रतिबन्ध लगाएकाले धानको आयात कसरी गर्न सकिन्छ भन्ने चिन्तन गर्न उहाँले सरकारलाई सुझाव दिए । 

सांसद प्रेम सुवालले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । सांसद प्रभु साह र अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणमा जन्तीको झल्को दिने गरी उच्च अधिकारीको लर्को जानुपर्ने कारण के हो भनी प्रश्न गरे । विगतमा भारत भ्रमण आगामी अमेरिका भ्रमणमा पनि उच्च अधिकारीको लर्को जानुको कारण सांसदहरुले माग गरेका थिए ।

सांसद सुशीला थिङले सांसद ईश्वरीदेवी न्यौपानेलाई यसअघिको बैठकमा बोलेका विषयलाई लिएर प्रतिपक्षी दलका सांसदले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरिन् । सांसद युवराज राईले स्रष्टाका सिर्जनाको रक्षा गर्न प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन गर्न माग गरे । 

सांसद सञ्जयकुमार गौतमले कृषि प्रधान देश नेपाल कृषिमा आत्मनिर्भर नहुनु हाँस्यास्पद भएको बताए । कृषि, धर्म, संस्कृति र पर्यटन क्षेत्रमा नेपाललाई चुनौती दिनसक्ने देश विश्वमा नभएपनि लापरबाहीले समस्या भएको उनको भनाइ थियो । नेपालका पवित्र तीर्थस्थलका रुपमा रहेका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने, पर्वतीय पर्यटनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

सांसद सूर्यकुमारी श्रेष्ठले सङ्घीय शिक्षा विधेयक छिटो अघि बढाउन माग गरिन् । सांसद प्रतीक्षा तिवारीले जनकपुर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न माग गरेकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending