काठमाडौं । नेपालबाट पहिलो पटक चीनतर्फ ८० टन हेलेज निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार दैनिक २० कन्टेनरले चीन पठाइने व्यवस्था गरिएको छ। नेपालबाट भारतमा स्कुस, गोलभेँडा जस्ता तरकारीहरूको निकासी लागि भारतीय पक्षसँग छलफल भई हाल ती वस्तुको निकासी सहज भएको मन्त्रालयको भनाइ छ।
यसका साथै मन्त्रालय तथा मातहतका विभिन्न कार्यालयहरूमा आयोजना भएका समीक्षा, योजना तर्जुमा बैठकहरूमा सहभागी भई आवश्यक निर्देशन दिइएको मन्त्री डा. बेदुराम भुसालले जानकारी दिए।
नेपालको चितवन लगायतका केही जिल्लामा हेलेज घाँस व्यावसायिक रुपमा उत्पादन गरिएको छ। जहाँ चिनियाँ र नेपालीहरूको समूहले हेलेज घाँस उत्पादन गरिरहेका छन्। नेपालले घाँस निर्यात गर्न सक्ने नीति गत मंसिरमा मन्त्रिपरिषदबाट पास गरिसकेको थियो।
यसैले चीन सरकारको तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत गरिएको थियो। यसमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकलमा सरकारले २०७८ चैत्रमा स्वीकृत गरेको थियो।
यस्तै प्रोटोकल चाइना सरकारबाट पनि स्वीकृत भएको थियो। यसअघि चीनका विदेशी मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला नेपालबाट घाँस निर्यातबारे सम्झौता मेत भईसकेकाले निर्यातमा बाटो खुलेको हो। दुई देशबीच मापदण्डअनुसार घाँस निर्यातका लागि हस्ताक्षर गरिएको थियो।
तर तोकिएको मापदण्ड अनुसारको गुणस्तर नेपालले पूरा गर्नुपर्ने हुन्छ। घाँस निर्यात गर्नका लागि थुप्रै मापदण्ड छुट्याइएको छ। जसमा घाँसको गुणस्तर कस्तो हुनुपर्ने, केके अवस्थामा चीनले किन्छ वा किन्दैन, भन्ने बारे नेपाल सरकार र चीन सरकारको मापदण्ड छ।
यो मापदण्ड दुवै सरकारले स्वीकृत गरेको छ। विदेश मन्त्री आएको मौकामा हस्ताक्षर भएमा चितवनमा व्यावसायिक रुपमा भएको घाँस उत्पादन निर्यात गर्न बाटो खुलेको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: