Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

९८ वर्षे वृद्धलाई ३३ सय हत्याको आरोप, मुद्दा बाल अदालतमा

खबरडबली संवाददाता

काठमाडाैं ।  दोस्रो विश्वयुद्ध सकिएको कैयौं दशक बितिसकेकाे भएपनि त्यस बेला भएका क्रुर हत्यामा संलग्नमाथि अहिले पनि जर्मनीमा मुद्दा चलिरहेको छ ।

हालै मात्र एक ९८ वर्षीय वृद्ध ३ हजार ३ सय मानिसको हत्यामा दोषी पाइएका छन् । समाचार संस्था सीएनएनका अनुसार, एडोल्फ हिटलरको क्रुर सेना एसएसमा काम गरेका वृद्ध ३३ सय मानिसको हत्यालाई समर्थन गरेको र उक्साएकोमा दोषी पाइएका हुन् ।

उनले बर्लिनभन्दा उत्तर पर्ने साक्सेनहाउजेन यातना शिविरमा सन् १९४३ देखि १९४५ सम्म काम गरेका थिए । उक्त शिविरमा यहुदी, राजनीतिक कैदी र नाजी उत्पीडनका अन्य पीडित गरी २ लाखभन्दा बढी कैदी थिए । तीमध्ये ४० देखि ५० हजार जनाको हत्या भएको बताइन्छ ।

दोषी पाइएका ९८ वृद्धकाे समर्थन र उक्साहटमा ३३ सय कैदीको हत्या भएकाे पाइएकाे छ । त्यस बेला उनी १८ वर्षभन्दा कम उमेरका थिए । त्यसैले किशोरकिशोरीको मुद्दा हेर्ने अदालतले उनलाई साजय तोक्ने छ । जर्मनीको गोपनीयतासम्बन्धी कानुन देखाउँदै ती वृद्धको नाम सार्वजनिक गरिएको छैन ।  

अक्टुबर २०२२ मा मनोरोग मूल्याङ्न गर्दा केही सीमाभित्र मुद्दा चलाउन उनी ‘फिट’ देखिएका थिए । दोस्रो युद्धका बेला भएका अपराधका अभियुक्तमध्ये धेरेको मृत्यु भइसकेको छ । बाँचेकाहरू पनि ९० वर्षभन्दा माथिकै छन् । 

यसअघि सन् २०११ मा पूर्व नाजी गार्ड जोन डेमजंजुकलाई सजाय दिइएको थियो । उक्त मुद्दाले जर्मनीमा एक  नजिर स्थापित गरेको थियो । यसपछि नरसंहारमा संलग्न व्यक्तिविरुद्ध मुद्दाको चाङ लागेको थियो । 

त्यसयता जर्मनीमा एसएस गार्ड्समा काम गरेका व्यक्तिविरुद्ध मुद्दा चलिरहेको छ । तर अब धेरैजसोको उमेर अत्यधिक भइसकेको छ । उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर कतिपय मुद्दाको सुनुवाइ नै भएको छैन । कसैको सुनवाइ भइहाल्यो भने पनि जेल पठाइएको छैन । केहीचाहिँ जेल सजाय काट्नुअघि नै मरिसकेका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending