काठमाडाैं । दोस्रो विश्वयुद्ध सकिएको कैयौं दशक बितिसकेकाे भएपनि त्यस बेला भएका क्रुर हत्यामा संलग्नमाथि अहिले पनि जर्मनीमा मुद्दा चलिरहेको छ ।
हालै मात्र एक ९८ वर्षीय वृद्ध ३ हजार ३ सय मानिसको हत्यामा दोषी पाइएका छन् । समाचार संस्था सीएनएनका अनुसार, एडोल्फ हिटलरको क्रुर सेना एसएसमा काम गरेका वृद्ध ३३ सय मानिसको हत्यालाई समर्थन गरेको र उक्साएकोमा दोषी पाइएका हुन् ।
उनले बर्लिनभन्दा उत्तर पर्ने साक्सेनहाउजेन यातना शिविरमा सन् १९४३ देखि १९४५ सम्म काम गरेका थिए । उक्त शिविरमा यहुदी, राजनीतिक कैदी र नाजी उत्पीडनका अन्य पीडित गरी २ लाखभन्दा बढी कैदी थिए । तीमध्ये ४० देखि ५० हजार जनाको हत्या भएको बताइन्छ ।
दोषी पाइएका ९८ वृद्धकाे समर्थन र उक्साहटमा ३३ सय कैदीको हत्या भएकाे पाइएकाे छ । त्यस बेला उनी १८ वर्षभन्दा कम उमेरका थिए । त्यसैले किशोरकिशोरीको मुद्दा हेर्ने अदालतले उनलाई साजय तोक्ने छ । जर्मनीको गोपनीयतासम्बन्धी कानुन देखाउँदै ती वृद्धको नाम सार्वजनिक गरिएको छैन ।
अक्टुबर २०२२ मा मनोरोग मूल्याङ्न गर्दा केही सीमाभित्र मुद्दा चलाउन उनी ‘फिट’ देखिएका थिए । दोस्रो युद्धका बेला भएका अपराधका अभियुक्तमध्ये धेरेको मृत्यु भइसकेको छ । बाँचेकाहरू पनि ९० वर्षभन्दा माथिकै छन् ।
यसअघि सन् २०११ मा पूर्व नाजी गार्ड जोन डेमजंजुकलाई सजाय दिइएको थियो । उक्त मुद्दाले जर्मनीमा एक नजिर स्थापित गरेको थियो । यसपछि नरसंहारमा संलग्न व्यक्तिविरुद्ध मुद्दाको चाङ लागेको थियो ।
त्यसयता जर्मनीमा एसएस गार्ड्समा काम गरेका व्यक्तिविरुद्ध मुद्दा चलिरहेको छ । तर अब धेरैजसोको उमेर अत्यधिक भइसकेको छ । उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर कतिपय मुद्दाको सुनुवाइ नै भएको छैन । कसैको सुनवाइ भइहाल्यो भने पनि जेल पठाइएको छैन । केहीचाहिँ जेल सजाय काट्नुअघि नै मरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: