Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

माओवादीको विशेष रूपान्तरण अभियानकाे अध्यक्ष प्रचण्डले गरे 'भर्चुअल' उद्‍घाटन

खबरडबली संवाददाता

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ औपचारिक रूपमा शुरू गरेको छ । माओवादीले शनिवारदेखि देशभरका सबै वडामा एकसाथ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शुरू गरेकाे हो । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भर्चुअल’ माध्यमबाट अभियानको उद्घाटन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अध्यक्ष प्रचण्डले अभियानको भर्चुअल्ली शुभारम्भ गरेका हुन् । माओवादी केन्द्रको गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले अभियानको नारा ‘घर(घरमा माओवादी, जन(जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने माओवादीको लक्ष्य छ । जनतासँग भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराउने उनले बताए । 

पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । 

माओवादीले अभियान अवधिभर केन्द्रीय पदाधिकारीलाई अन्तरप्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई अन्तरजिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरेको छ । उनीहरूलाई अस्थायी बसोबासस्थलमा समेत कार्यक्षेत्र तोकी पठाइसकिएको छ ।
 
अभियान तीन चरणमा सञ्चालन हुने बताइएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ । 

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तक्र्रिया गरिने जनाइएको छ । 

अभियानलाई प्रभावकारी बनाउन आजसम्म प्रदेश, जिल्ला, पालिका, वडा बैठकबाट कार्ययोजना निर्माण गरिएको माओवादीले जनाएको छ । आगामी कात्तिकसम्म अभियान चल्नेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending