Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

निबन्धः अहं ब्रह्मास्मि

कुमार दाहाल
ब्रह्म अहंकार हो। भय हाे। याे सर्वत्र छ। आफैँभित्र छ। सबै प्राणीमा समान छ। असमान चेतनामा पनि याे समान छ । ब्रह्म अमूर्त छैन। त्यसैले अहंकार र भय को रुपमा सधै प्रकट हुन्छ । याे ब्रह्मको लीला रुप हाे।
ब्रह्म जताततै प्रकट छ । फूलमा फुलेको छ ।रुपमा सुन्दर छ। प्राणीमा जागरूकता छ। मान्छेमा विवेक छ। बिजमा जीबन छ।हावामा चेतना छ। ब्रह्म बिना केही प्रकट हुँदैन ।जहाँ प्रकट छ। त्यहाँ ब्रह्म छ। ब्रह्म स्वयंमा स्थिर छ । शब्द र अर्थमा ब्रह्म छैन। ब्रह्म स्वरुपमा छ ।यसको कुनै अर्थ छैन ।यसको शब्द र अर्थ दुवै ब्रह्म रुप हो।
ब्रह्म इश्वर होइन। यो अस्तित्व पनि होइन ।पदार्थ पनि होइन ।यो तीनैलाई प्रकट गर्ने नियम ब्रह्म हो। त्यसैले ब्रह्म तथस्ट छ। इन्द्रिय, ब्रह्म सम्म पुग्ने माध्यम हुन्। इन्द्रियहरूको पूर्ण सन्तुष्टि ब्रह्म अनुभूति हो। यहि असन्तुष्टि शरीरमा अहम् र भयकाे रुपमा प्रकट हुन्छ ।
प्रकृतिका सबै जीबनमा अहम् छ। यही अहमले शरीरको व्युत्पन्न गराउछ। यो अहम् अष्टावक्र गीताको द्रष्टा हाे। भागवत गीताको म (ब्रह्म) हो। बाइबलको तिमी (you) हाो। इस्लामको ऊ(अल्लाह) हाे। बुद्धको चित्त हो । विज्ञानको क्वान्टम र पदार्थको ऊर्जा यही ब्रह्म हो। ब्रह्ममा समय र दूरी छैन र ब्रह्माण्ड, ब्रह्मबाट निरपेक्ष छैन। विभिन्न धर्म र सम्प्रदायमा प्रथम, द्वितीय र तृतीय पुरुषको रुपमा ब्रह्मलाई ईश्वर मानिन्छ। ईश्वर, ब्रह्मकाे प्रतीक मात्र हो। किनकि ब्रह्म आस्था र विश्वास भन्दा टाढा छ ।यो स्वयंमा स्थित छ ।पवित्र र अपवित्र सँग यसको कुनै सम्बन्ध छैन।
ब्रह्मको खोजी गर्नु मिथ्या हो। किनकि ब्रह्म सत्य ,असत्य दुवै होइन। दुवैको प्रकट रुप ब्रह्म हो। सत्य र असत्य भ्रम हो । किनकि आँखाले देखेको, नाकले सुघेको, छालाले स्पर्श गरेको जिब्रोले स्वाद लिएको, कानले सुनेको मात्र सत्य मान्छ।तर यो सापेक्ष सत्य हो। किनकि ब्रह्म अनुभूतिमा छैन। ब्रह्मले अनुभूति गराउछ। र स्वयं स्वरुपमा स्थित रहन्छ।
प्रकृतिको जाग्रत अवस्था ब्रह्म हो। मानिस बाहेक अरु सबै प्राणी र वनस्पति ब्रह्ममय छन । मानिस ब्रह्ममय‌ हुन प्राणी र प्रकृति जस्तै जाग्रत अवस्थामा पुग्नुपर्छ।। जाग्रत अवस्थामा नपुगी विज्ञानको आविष्कार र दर्शनको म सम्म मानिस पुग्न सक्दैन ।यही जाग्रत अबस्था विज्ञानको क्वान्टम इनर्जी र अध्यात्मको ब्रह्म हो। जहाँ समय र स्थानको अन्त्य हुन्छ। यही विन्दुमा पुगेर मात्र मान्छेले आविष्कार गर्छ । आविष्कारका सबै तत्व र पदार्थ ब्रह्म भित्रै छन्।
यही पुगेर मानिसले तत्व र पदार्थलाई बाहिर ल्याउँछ। किनकि आविष्कार मानिस भित्रै छ ।ब्रह्मबाट टाढा रहेको मानिसको दृष्टिले यसलाई नयाँ मात्र देख्छ ।तर यो नयाँ हाेइन। त्यसैले विज्ञानले आविष्कार गर्छ । र फेरि आफै भित्र रहेको नयाँ पदार्थको खोजी गरिरहन्छ। यो कहिल्यै टुङ्गिदैन। किनकि ब्रह्म असिमित छ।
मानिस इन्द्रियमय छ।त्यसैले मान्छेले ब्रह्मको व्यापार गर्छ । स्वयं मानिस बेहोश छ । मान्छेको बुद्धि र अहंकारले चेतनामा बिबेकको व्युत्पन्न गराउँछ। अहिले यही विवेकलाई मान्छेले मानवता ठान्छ।बिवेककाे सापेक्ष प्रयोगले युद्ध, हिंसा, विभेद र विनाश जन्माउँदैछ। मानवता भित्र ब्रह्म पाइदैन र मानवताले ब्रह्मको परिकल्पना पनि गर्दैन। ब्रह्म जगतको नियम हाे। मानवता धर्म हाे। ब्रह्म धर्म होइन ।यही निरपेक्षताको खोजी मानिस शास्त्र, विज्ञान र दर्शनमा गरिरहन्छ। ब्रह्म धर्मनिरपेक्ष हुन्छ। सबै धर्म यसैमा निःसृत छन्।
विज्ञानको कृतिम बौदिकता (artificial intelligence )मानिसको चेतनाको चाेरि हाे। बौद्धिक चोरि ब्रह्म सँग सम्बन्धित छैन । चेतना र मेसिनको बिचमा सूचना प्रभाह गर्ने माध्यम ब्रह्म हो। किनकि ब्रह्म जाग्रत हुन्छ ।जाग्रत चेतना बिना सूचना सम्प्रेषण र संवाहन सम्भव छैन। चेतना भित्रका सबै चोरीलाई ब्रह्मले स्वीकार गर्छ ।त्यसैले मानिस असिमित घेरामा सीमित छ।
कृतिम बौदिकता (artificial intelligence) अन्तत मानिसलाई राेबाेट बनाउन उत्सुक छ। ब्रह्मकाे मानिस वा प्राणी, प्रकृतिको निर्माण, विनिर्माणमा कुनै सम्बन्ध छैन। यसको अपरिमित यात्रा र स्थिरता असीमित छ। खोजी र प्रयोगकर्ताको सीमालाई ब्रह्मले बन्धित गराउँदैन। यो स्वयंमा उत्प्रेरकको रुपमा रहन्छ। उत्प्रेरणा, मानिसको बुद्धि ,विचार र उत्सुक्तामा छाडिदिन्छ।
माया, ब्रह्मकाे रुप हाे । याे जताततै प्रकट छ। यही माया र रुपमा जब मानिसको आँखा खुल्छ। चेतना जागृत हुन्छ । त्यसपछि अकस्मात आँखाबाट आँसु झर्छ। स्वरुप प्रकट हुन्छ । त्यसपछि अहं ब्रह्मास्मि ,एकोहं ब्रह्म, तत्वमसिकाे ज्ञान मिथ्या सत्य बन्छ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending