काठमाडौं । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइवी’को टोलीले देखिएपछि तस्करीमा संलग्न रहेको आरोपमा पाल्पा जुठापौवा घर भएका गणेश पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सीआईबी श्रोतका अनुसार सुन प्रकरणको अनुसन्धानका क्रममा भन्सार पास गराउन पौडेलको सहभागिता देखिएको छ । उनीसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
एकजना सँग भेटीयाे तीन देशकाे नागरिकता
सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।
ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो । हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको ब्यूरो स्रोतले जनाएकाे छ ।
प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई पत्राचार समेत गरेको थियो । तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ । अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब भएका छन् ।
काेकाे परे पक्राउ
सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा बेल्जीयम नागरिक दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ, ली वेन सुङ र गणेश पौडेल, राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, रहेका छन् ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’का नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट गत साउन ३ गते बरामद भएको हो । राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले उक्त सुन फेला पारेको थियो।
मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका भएको बुझिएको छ । सीआईबी स्रोतका अनुसार यस प्रकरणको थप अनुसन्धान गर्नका लागि सीआईबीका एसएसपी दिनेश आर्चाय हङकङ गएका छन्। हङकङबाट सुन पठाउने गिरोहबारे थप अनुसन्धान गर्न प्रहरीले इन्टरपोलसँग सहयोग माग्दै पत्र पठाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: