Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

के ओलीले माधव नेपाललाई वार्ताको निम्तो दिएका हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार फेसबुकमा लेखे, 'आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर। शुभ सन्ध्या!!'

उक्त पोस्टमा राखिएका तस्बिरमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै बसेका देखिन्छन्।

समितिको बैठकमा सहभागी एमाले नेता भीमप्रसाद आचार्यका अनुसार समितिको बैठकमा पूर्वप्रधानमन्त्रीको निम्ति बस्ने स्थान एकै ठाउँमा राखिएकाले दुवै नेताको बसाइ सँगै परेको हो। 
“त्यसले गर्दा बोलचालै बन्द गर्नुपर्ने कुरा भएन, सामान्य हाइ हेल्लो मात्रै भएको हो,” आचार्यले भने। उनका भनाइमा समितिमा ढिलो पुगेका ओली आफ्नो धारणा राखेपछि काम विशेषले निस्किएका थिए।

ओलीको ‘अप्रत्याशित’ कदम

ओलीले एमाले त्यागेर नयाँ पार्टी बनाएका, खास गरी, नेता नेपालको चर्को आलोचना गर्दै आएका छन्। आफ्ना विरोधीविरुद्ध सार्वजनिक अभिव्यक्तिमा कडा रूपमा प्रस्तुत हुने उनको छवि छ।

हालसालै आयोजना गरिएको राष्ट्रिय मान्यता प्राप्त दलको बैठकलाई लक्षित गर्दै नेता नेपालले 'आफ्नो अस्तित्व स्वीकार गर्न गाह्रो भएर त्यसो गरेको' आरोप एमालेमाथि लगाएका थिए।

त्यसैले ओलीले तिनै नेता नेपालसँगको फोटो प्राथमिकताकासाथ फेसबुकमा राख्नुलाई धेरैले अप्रत्याशित र उनको स्वभाव विपरीत कदमको रूपमा अर्थ्याएको पाइन्छ। आन्तरिक संवादले त्यो परिस्थिति बनाएको अनुमान गर्ने अवस्था पनि बनाइदिएको छ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले त्यो कुरा अस्वीकार गरे। धेरै दिनपछि दुई नेता सँगै बसेकाले पनि चर्चा भएको उनको ठम्याइ छ। “तर जसरी हाम्रो अध्यक्षले अलिकति जोड दिएर फोटो बाहिर ल्याउनु भएको छ, त्यसलाई सकारात्मक रूपमा लिनु पर्छ,” नेता गुरुङले भने।

एमाले नेता भीम आचार्यले 'आन्तरिक कुराकानी भइसकेर नभई कुरा गर्नका निम्ति अध्यक्षले त्यसो गरेको हुनसक्ने' ठानेका छन्।

वार्ताको निम्तो हो?

पछिल्ला दिनहरूमा नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ता एमालेमा फर्किरहेका समाचार आउने गरेका छन्। एमालेका कतिपय नेताहरूले उक्त पार्टीसँग सम्बन्ध बढाएर एकता गर्नुपर्ने धारणा बेला बखत व्यक्त गर्ने गरेको पाइन्छ।

तर एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार दुई पार्टीबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ। ओलीको कदमले मनोवैज्ञानिक वातावरण तयार गर्ने आशा व्यक्त गर्दै एमाले नेता भीम आचार्य भन्छन्, “अहिले त वातावरण नै छैन, तिक्तता स्वात्त घट्यो भने पनि त्यसले एउटा वातावरण तयार गर्छ।”

एकीकृत समाजवादीका कतिपय नेताहरूले एमालेले आफ्नो पार्टीको अस्तित्व नै स्वीकार नगरेको बताउने गरेका छन्। एमाले उपमहासचिव गुरुङले 'आफूहरूले भन्दा पनि उनीहरूको अस्तित्व जनताले अस्वीकार गरेको' प्रतिक्रिया दिए।

तर ओलीको पछिल्लो कदम उनीहरूलाई वार्ता र संवादको निम्तो हो? “वामपन्थीहरूबीच सके एकीकरण, नसके कार्यगत एकता र त्यो पनि नभए संयुक्त मोर्चा बनाउनु पर्छ,” लक्ष्य सुनाउँदै नेता गुरुङले भने, “उहाँहरूले हामीलाई निषेध गरेजस्तो एमाले बाहेकको समाजवादी मोर्चा बनाउनुको त के अर्थ रहन्छ र, यस्तो स्थितिमा उहाँहरूसँग कुराकानी गर्नुपर्ने, हाम्रो पार्टीमा मिलाउनु पर्ने र पार्टीमा फर्काउनु पर्ने अभियानमा त छौँ, त्यसको पनि एउटा सङ्केत हो।”

‘ओलीको बठ्याइँ’

तर नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले दुई पार्टीबीच संवाद नभएको र तत्काल त्यस्तो हुने सम्भावना पनि नदेखेको सुनाए।

'एक अर्कालाई देख्नै र सुन्नै नसक्ने अवस्था रहेको र दुई दलबीच बिस्तारै सैद्धान्तिक र राजनीतिक मतभेद गहिरिँदै गएको' उनको बुझाइ छ।

उनले भने, “आफू अप्ठेरोमा पर्दै जाँदा कसलाई कहाँ कहिले प्रयोग गर्ने भन्ने कुरा उहाँको बठ्याइँको हतियार हो, उहाँ चतुर खेलाडीमध्ये हुनुहुन्छ।”

उनले एमालेसँग सहकार्य हुने सम्भावना पनि नदेखेको बताए। निम्तो हो भने पनि त्यो स्वीकार्य नहुने नेता झाको भनाइ छ। “उहाँले आफ्नो अवस्था जोगाउन कुनै पनि बेला जे पनि गर्न सक्नु हुन्छ, हामी त्यसमा फस्ने वाला छैनौँ,” नेता झाले बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending