Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

के ओलीले माधव नेपाललाई वार्ताको निम्तो दिएका हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार फेसबुकमा लेखे, 'आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर। शुभ सन्ध्या!!'

उक्त पोस्टमा राखिएका तस्बिरमा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै बसेका देखिन्छन्।

समितिको बैठकमा सहभागी एमाले नेता भीमप्रसाद आचार्यका अनुसार समितिको बैठकमा पूर्वप्रधानमन्त्रीको निम्ति बस्ने स्थान एकै ठाउँमा राखिएकाले दुवै नेताको बसाइ सँगै परेको हो। 
“त्यसले गर्दा बोलचालै बन्द गर्नुपर्ने कुरा भएन, सामान्य हाइ हेल्लो मात्रै भएको हो,” आचार्यले भने। उनका भनाइमा समितिमा ढिलो पुगेका ओली आफ्नो धारणा राखेपछि काम विशेषले निस्किएका थिए।

ओलीको ‘अप्रत्याशित’ कदम

ओलीले एमाले त्यागेर नयाँ पार्टी बनाएका, खास गरी, नेता नेपालको चर्को आलोचना गर्दै आएका छन्। आफ्ना विरोधीविरुद्ध सार्वजनिक अभिव्यक्तिमा कडा रूपमा प्रस्तुत हुने उनको छवि छ।

हालसालै आयोजना गरिएको राष्ट्रिय मान्यता प्राप्त दलको बैठकलाई लक्षित गर्दै नेता नेपालले 'आफ्नो अस्तित्व स्वीकार गर्न गाह्रो भएर त्यसो गरेको' आरोप एमालेमाथि लगाएका थिए।

त्यसैले ओलीले तिनै नेता नेपालसँगको फोटो प्राथमिकताकासाथ फेसबुकमा राख्नुलाई धेरैले अप्रत्याशित र उनको स्वभाव विपरीत कदमको रूपमा अर्थ्याएको पाइन्छ। आन्तरिक संवादले त्यो परिस्थिति बनाएको अनुमान गर्ने अवस्था पनि बनाइदिएको छ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले त्यो कुरा अस्वीकार गरे। धेरै दिनपछि दुई नेता सँगै बसेकाले पनि चर्चा भएको उनको ठम्याइ छ। “तर जसरी हाम्रो अध्यक्षले अलिकति जोड दिएर फोटो बाहिर ल्याउनु भएको छ, त्यसलाई सकारात्मक रूपमा लिनु पर्छ,” नेता गुरुङले भने।

एमाले नेता भीम आचार्यले 'आन्तरिक कुराकानी भइसकेर नभई कुरा गर्नका निम्ति अध्यक्षले त्यसो गरेको हुनसक्ने' ठानेका छन्।

वार्ताको निम्तो हो?

पछिल्ला दिनहरूमा नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ता एमालेमा फर्किरहेका समाचार आउने गरेका छन्। एमालेका कतिपय नेताहरूले उक्त पार्टीसँग सम्बन्ध बढाएर एकता गर्नुपर्ने धारणा बेला बखत व्यक्त गर्ने गरेको पाइन्छ।

तर एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार दुई पार्टीबीचको सम्बन्ध निकै तिक्ततापूर्ण छ। ओलीको कदमले मनोवैज्ञानिक वातावरण तयार गर्ने आशा व्यक्त गर्दै एमाले नेता भीम आचार्य भन्छन्, “अहिले त वातावरण नै छैन, तिक्तता स्वात्त घट्यो भने पनि त्यसले एउटा वातावरण तयार गर्छ।”

एकीकृत समाजवादीका कतिपय नेताहरूले एमालेले आफ्नो पार्टीको अस्तित्व नै स्वीकार नगरेको बताउने गरेका छन्। एमाले उपमहासचिव गुरुङले 'आफूहरूले भन्दा पनि उनीहरूको अस्तित्व जनताले अस्वीकार गरेको' प्रतिक्रिया दिए।

तर ओलीको पछिल्लो कदम उनीहरूलाई वार्ता र संवादको निम्तो हो? “वामपन्थीहरूबीच सके एकीकरण, नसके कार्यगत एकता र त्यो पनि नभए संयुक्त मोर्चा बनाउनु पर्छ,” लक्ष्य सुनाउँदै नेता गुरुङले भने, “उहाँहरूले हामीलाई निषेध गरेजस्तो एमाले बाहेकको समाजवादी मोर्चा बनाउनुको त के अर्थ रहन्छ र, यस्तो स्थितिमा उहाँहरूसँग कुराकानी गर्नुपर्ने, हाम्रो पार्टीमा मिलाउनु पर्ने र पार्टीमा फर्काउनु पर्ने अभियानमा त छौँ, त्यसको पनि एउटा सङ्केत हो।”

‘ओलीको बठ्याइँ’

तर नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले दुई पार्टीबीच संवाद नभएको र तत्काल त्यस्तो हुने सम्भावना पनि नदेखेको सुनाए।

'एक अर्कालाई देख्नै र सुन्नै नसक्ने अवस्था रहेको र दुई दलबीच बिस्तारै सैद्धान्तिक र राजनीतिक मतभेद गहिरिँदै गएको' उनको बुझाइ छ।

उनले भने, “आफू अप्ठेरोमा पर्दै जाँदा कसलाई कहाँ कहिले प्रयोग गर्ने भन्ने कुरा उहाँको बठ्याइँको हतियार हो, उहाँ चतुर खेलाडीमध्ये हुनुहुन्छ।”

उनले एमालेसँग सहकार्य हुने सम्भावना पनि नदेखेको बताए। निम्तो हो भने पनि त्यो स्वीकार्य नहुने नेता झाको भनाइ छ। “उहाँले आफ्नो अवस्था जोगाउन कुनै पनि बेला जे पनि गर्न सक्नु हुन्छ, हामी त्यसमा फस्ने वाला छैनौँ,” नेता झाले बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending