काठमाडौं । अष्ट्रेलियामा एक महिलाको मस्तिष्कबाट जिउँदै किरा निकालिएको छ । वैज्ञानिकहरुले ती महिलाको दिमागबाट आठ सेन्टिमिटर लामो किरा जिउँदै निकालेका हुन् ।
यो घटना विश्वमै पहिलो पटक भएको बताइएको छ । गत वर्ष क्यानबेरामा भएको ती महिलाको सर्जरीका क्रममा दिमागको अगाडिको भागबाट तारजस्तो देखिने वस्तु निकालिएको थियो। अहिले भने रातो रंगको जिउँदै किरा निकालिएको हो । यो घटनाले जनावरबाट मानिसमा कसरी रोग फैलिन सक्छ भन्ने खतरनाक संकेत गरेको वैज्ञानिकहरुले बताएका छन् ।
क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जया सेनानयेकले बीबीसीसँग भने,-' डाक्टरहरुले ती महिलाको मस्तिष्कमा एउटा असामान्य चिज देखे। त्यसलाई निकालेर हेर्दा आठ सेन्टिमिटर लामो रातो रंगको किरा देखियो । अपरेसन थिएटरमा रहेका सबै आश्चर्यचकित भए। यो एकदमै नयाँ संक्रमण हो। कुनै पनि मानिसमा अहिलेसम्म यस्तो संक्रमण भएको इतिहास छैन।'
डाक्टरहरुका अनुसार यस्तो खालको किरा सामान्यतया अष्ट्रेलियामा पाइने कार्पेट पायाथोन नामक सर्पमा पाइन्छ। ती महिलाले यस्तो सर्प पाइने पोखरी आसपास उत्पादन भएको सागसब्जी खाएको र उनको दिमागमा यस्तो किरा पुगेको अनुमान छ ।
ती महिलालाई २०२१ को अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: