काठमाडौँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकैदिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ । पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्राडा भट्टराईले बताए । “गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ । भदौ १४ गते बिहान पूर्णिमा तिथि छ”, उनले भने, “सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात् सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो ।”
भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ । नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णय अनुसार भदौ १४ गते नै दुवै पर्व मनाउने निर्णय गरिएको शङ्खधर साख्वा प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले जानकारी दिए । नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव र नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उनले बताए ।
ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन् । पाटन क्षेत्रमा विशेषगरी क्वा बहा: अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ । यो निर्णय पनि शास्त्रसम्मत् नभएको समितिका सदस्य भट्टराईले बताए । भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्य कर्म गर्नु नहुने उनको भनाइ थियो ।
काठमाडौँका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी चाडपर्व, तिथि, मितिसम्बन्धी निर्णय गर्ने जिम्मेवारी तोकेको थियो ।
समितिको उक्त गठन आदेश विसं २०७८ साउनमा नेपाल राजपत्रमा सूचनाका रुपमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो । स्थानीय तह र गैरसरकारी संस्थाका रुपमा दर्ता भएका सांस्कृतिक संस्थाले पनि यस विषयमा निर्णय गरी सार्वजनिक गर्न थालेपछि चाडपर्वका बारेमा बेलाबेलामा अन्योल हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...




प्रतिकृया लेख्नुहोस्: