Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

भारत चन्द्रमामा पुग्दा नेपाललाई के फाइदा ?

खबरडबली संवाददाता

काठमाडौं । भारतले चन्द्रयान-३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेसँगै पाएको सफलताले नेपाली वैज्ञानिकलगायत अन्तरिक्षबारे अध्ययन अनुसन्धान गर्नेहरूलाई पनि यो विषयमा ज्ञान आर्जनका लागि निकै फाइदा पुग्ने विज्ञहरूले बताएका छन्।

अहिलेसम्म कुनै देश पुग्न नसकेको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेपछि भविष्यमा अन्तरिक्षसम्बन्धी थुप्रै अध्ययन हुनसक्ने भन्दै यसबाट प्राप्त हुने डेटा विश्लेषणका लागि उपयोगी हुने त्रिभुवन विश्वविद्यालयको इस्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीका डिन तथा प्राध्यापक डा. विनिल अर्याल बताउँछन्।

“अन्तरिक्ष अभियानमा भारतले योजना अनुसार जसरी यान नै पुर्‍याउन सक्यो त्यसले भारतको मात्रै होइन यो क्षेत्रकै क्षमता अभिवृद्धि भएको हो। यो हाम्रो लागि पनि अत्यन्तै खुसीको कुरा हो,” अर्यालले बताए।

चन्द्रयान प्रक्षेपणमा अवधारणागत रूपमा भारतको साझेदार रुस रहे पनि प्रविधि विकासमा यो भारतमै निर्मित भएकोले यसको छुट्टै महत्त्वका साथ मूल्याङ्कन गरिनुपर्ने उनी बताउँछन्।

एस्ट्रोफिजिक्स अध्ययन गर्ने र यसबारे विभिन्न कार्यक्रममा भारतको इसरोमा नेपाली प्राध्यापकहरू र विद्यार्थीहरू पनि अब्जरभेटरीहरूमा सिक्न जाने गरेकाले यो नेपालीका लागि महत्त्वपूर्ण रहेको अर्याल ठान्छन्।

“चन्द्रमाको सतहको अध्ययनमा नेपाली केही विज्ञ र धेरै विद्यार्थीहरू संलग्न छन्। त्यसैले डेटा विश्लेषणलाई लिएर हामी एकदमै उत्साही बनाएको छ,” उनले भने।

चन्द्रमाको सतहका उच्च स्तरका तस्बिरहरूबाट डेटाको विश्लेषण गर्ने काममा नेपाल र भारतमा गरी गएको पाँच/सात वर्षमा १२ जना जति विद्यार्थीहरू संलग्न भएको बताइन्छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन, इसरोको स्थापनाकै बेलादेखि उसले गरेका कामहरूबाट भएका उपलब्धि नेपाली अध्येताहरूलाई उपयोगी पाठ हुने विज्ञहरू बताउँछन्।

भारतसँग ज्ञान हासिल गर्ने पहल गर्न आवश्यक

भारत चन्द्रमामा पुग्दा उसले त्यहाँ गर्ने विभिन्न अनुसन्धानहरू र त्यसको प्रक्रिया नेपाललाई ज्ञान आर्जन र तथ्याङ्क विश्लेषणका लागि फाइदा पुग्ने अर्का विज्ञ डा. नन्दविक्रम अधिकारी बताउँछन्।

“वैज्ञानिक अध्ययनका लागि रोचक रहेको चन्द्रमाको दक्षिणी भेगमा भएको सफ्ट ल्यान्डिङ साँच्चै ऐतिहासिक हो र यसमा काम गरिरहेका र चासो भएकालाई यो साँच्चै ठूलो उपलब्धि हो,” अधिकारी भन्छन्, “हामी चन्द्रमामै पुग्न नसके पनि हामीले भूउपग्रहको अध्ययन गरिरहँदा हामीलाई ज्ञानमा मद्दत गर्छ।”

नेपालको वैज्ञानिक र इन्जिनियरिङ समाज चन्द्रयान-३ ले पठाउने विवरणबाट अध्ययन अनुसन्धान गर्न पर्खेर बसिरहेको भन्दै उनले त्यसले फाइदा पुग्ने बताए।

“भारतको चन्द्रयान-३ मा प्रयोग भएको सेन्सर, प्रविधि, एल्गोरिदम, इन्जिन, इफ्युजनलगायतको कुराको ज्ञान लिन हामीले इसरोलाई पहल गर्नुपर्छ। ज्ञान पनि नजिकबाट लिन पाउनु र टाढा गएर लिनुमा फरक पर्छ जस्तो लाग्छ,” उनले भने।

“ज्ञानका लागि हामी तिर्खाएका छौँ भने हामीले नै कुवा धाउने हो। छिमेकमै यो तहको ज्ञान छ, प्रविधि छ भने हामी सबैभन्दा नजिकको छिमेकीको हिसाबले स्पेस डिप्लोमेसी अगाडि बढाउनुपर्छ, ” डाक्टर अधिकारीले भने।

नेपाल अन्तरिक्ष गतिविधिमा कहाँ छ?

नेपाल अन्तरिक्ष कार्यक्रमका सन्दर्भमा भारत मात्रै नभई दक्षिण एशियामा पाकिस्तान र बाङ्ग्लादेशभन्दा पनि निकै पछाडि छ।

उनीहरू अन्तरिक्ष नीति बनाएर अन्तरिक्षसम्बन्धी अध्ययन गर्न इन्डिया स्पेस रिसर्च अर्गनाइजेशन इसरो, पाकिस्तान स्पेस एन्ड अपर एटमोस्फियर रिसर्च कमिसन, बाङ्ग्लादेश स्पेस रिसर्च एन्ड रिमोट सेन्सिङ अर्गनाइजेशनजस्ता संस्था बनाएर अगाडि बढेका छन्।

भारतमा इसरो सन् १९६९ मै गठन भएर काम थालेको थियो। त्यसअघि पनि अन्तरिक्षबारे अध्ययन गर्नका लागि भारतमा इन्डियन न्याश्नल कमिटी फर स्पेस रिसर्च गठन भएको थियो।
नेपालमा भने त्यस्तो एउटा निकाय वा अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने कुनै संस्थासमेत गठन हुन नसकेको विज्ञहरू बताउँछन्।

अधिकारीले भने, “हामीले इन्टरन्याश्नल टेलिकम्युनिकेशन युनियन (आइटियु)बाट भूउपग्रह राख्नका लागि दुई वटा जियोअर्बिटल स्लट पाएका छौँ। तर त्यसको प्रयोग अझै गर्न सकेका छैनौँ।”

नेपालमा अन्तरिक्ष नीति अझै बन्न नसके पनि तीन वर्षअघि भूउपग्रह नीति बनेको उनले बताए। तर त्यसले पनि उल्लेख्य अध्ययन र अनुसन्धान गर्न नसकेको विज्ञहरू बताउँछन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आइटियुले ५० डिग्रीमा 'ब्रोडकास्ट स्याटलाइट सर्भिस' का लागि र १२३.३ डिग्रीमा 'फिक्स्ड स्याटलाइट सर्भिस' का लागि भूउपग्रहहरू राख्न नेपाललाई दुई वटा 'स्लट' छुटाइदिएको छ।

यी दुईमध्ये 'फिक्स्ड स्याटलाइट सर्भिस'का लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएर मन्त्रालय पठाउने क्रममा रहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए। तर त्यसको सञ्चालनका लागि एउटा 'अपरेटर संस्था' बन्नुपर्ने र भूउपग्रहको खरिद प्रक्रिया सुरु हुने उनले बताए।

“भूउपग्रह पृथ्वीको कक्षमा राखेपछि २४ घण्टा नै सञ्चालन गर्नका लागि त्यसको निरन्तर अध्ययन गर्ने निकाय गठन गर्नुपर्छ,” उनी भन्छन्, “हामीले आफ्नो आवश्यकता अनुसारको डिजाइन गरेर २२/२४ महिनामा भूउपग्रह राख्न सक्छौँ।”

भारत चन्द्रमा पुगिसक्दा नेपाल पृथ्वीमै केही सय किलोमिटरमाथि रहेको स्लटमा भूउपग्रह राख्न सङ्घर्षरत रहेको अवस्थामा भारतको अन्तरिक्ष अभियानसँग नेपालको अभियानको कुनै तुलना हुनसक्छ?

त्यसको जवाफमा खनाल भन्छन्, “भारतले चन्द्रयान अवतरण गराउँदा हामी अन्तरिक्ष अभियानको क, ख, ग,,,, कै अवस्थामा छौँ। अहिले हामीले गरेको भनेको अरू देशले राखेका भूउपग्रहको सेवा लिइरहेका हौँ। र, आफ्नै भूउपग्रह राख्न प्रयासरत छौँ।”

भारत करिब चार लाख किलोमिटरको दुरी पार गरेर चन्द्रमामा पुग्दा नेपाल भने पृथ्वीको करिब चार सय किलोमिटरभन्दा पनि कम दुरीमा रहेको 'अर्बिटल स्लट' मा भूउपग्रह पुर्‍याउन विगत ४ वर्षदेखि सङ्घर्षरत रहेको विज्ञहरू बताउँछन्।

भारतले गरिरहेको चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययनलाई विश्वका शक्तिराष्ट्रहरूले पनि ठूलो सफलता मानेका छन्। भारतको उक्त सफल प्रयासका लागि विश्वभरिबाट बधाई दिइएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending