Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

हिरासतमै बलात्कार गरेको भन्दै डिएसपीविरुद्ध उजुरी

खबरडबली संवाददाता

सप्तरी ।  सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक राईमाथि बलात्कारको आरोप लागेको छ ।

प्रहरी थुनामा परेका वेला गत  चैत ६ मा डिएसपी राईले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित उजुरी दिएकी हुन्। 
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका वेला हिरासतमै प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार भएको र यातना दिइएको उनको उजुरीमा उल्लेख छ । 

उजुरीमा ती महिलाले गत ६ चैतको राति आफूमाथि दुईपटक बलात्कार भएको उल्लेख गरेकी छन् । उजुरीमा उल्लेख गरिएअनुसार नाम थाहा नभएका एक प्रहरीले सोधपुछका लागि हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी राईकहाँ पुर्‍याएका थिए । त्यसपछि मादक पदार्थ सेवन गरेर बसेका डिएसपीले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबर्जस्ती करणी गरेका थिए । 

सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर दोस्रोपटक बलात्कार गरेपश्चात् डिएसपी राईले कसैलाई भने २० वर्षसम्म जेलमा सडाइदिने धाक–धम्की दिएको उजुरीमा उल्लेख छ । बलात्कारको घटनाबारे कसैलाई नभने अभियोगबाट छुटाइदिने र जागिरमा समेत लगाइदिने प्रलोभन दिई आफूलाई अनुचित प्रभावमा पारेको पीडित महिलाले बताएकी छन् । 

ती महिलासँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले आफूहरू र ती महिलालाई प्रहरीले अलग व्यवहार गर्ने गरेको बताएका छन् । उनीहरूका अनुसार अन्यलाई थुनवा कक्षमा राखिने गरे पनि ती महिलालाई दिनभर प्रहरी कार्यालयको बरन्डामा खुला रूपमा बस्न दिने गरिएको थियो । रात परेपछि मात्र उनलाई हिरासत कक्षमा ल्याउने गरिएको थियो । 

घटनाको केही दिनपछि १२ वैशाखमा अकस्मात् पेट दुखेपछि ती महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । पीडित महिलाका अनुसार मौका छोपी उनले अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरी अधिकृतबाट ६ चैतको राति आफू बलात्कारमा परेको तथा कसैलाई भने २० वर्ष जेलमा थुनाएर सडाइदिने धम्की दिएको जानकारी गराएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार लगत्तै घटनाबारे अस्पतालले प्रहरीलाई जानकारी गराएको थियो । ‘उपचारका लागि ल्याइएकी ती महिलाले आफूमाथि जबर्जस्ती करणी भएको सुनाएपछि हामीले तुरुन्तै प्रहरीलाई जानकारी गराएका थियौँ, तर प्रहरीले अनुसन्धान नै गरेन,’ अस्पतालका एक कर्मचारीले भने । 

डिएसपी राईले भने आफूमाथि निराधार आरोप लगाइएको बताए । ‘एउटा कुनै घटनाको अनुसन्धान गर्दा यस्तो आरोप लगाइन्छ भने भोलि अरू घटनाका अनुसन्धान प्रहरीले कसरी गर्न सक्ला ? ममाथि निराधार आरोप लगाइएको छ,’ उनले भने । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले महिलाको उजुरीबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए । ‘यस विषयमा अनुसन्धान थालेका छौँ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट सिसिटिभी फुटेज पनि मगाएका छौँ,’ उनले भने, प्रहरीलाई फसाउने साजिस पनि हुन सक्छ, त्यसैले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’ साैरभ यादवले राजविराजबाट नयाँपत्रिकामा याे खबर लेखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: