काठमाडौँ। युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए।
मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो। उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए।
वैदेशिक रोजगारीमा गएका छोराछोरी अपहरणमा परेपछि आमाबुवाले प्रहरी गुहारेका थिए।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार साउन ३२ गते उनीहरूका आफन्तले ब्युरोमा निवेदन दिएका थिए।
‘निवेदन आउनासाथ हामीले इन्टरपोलमार्फत् ग्रिस प्रहरीलाई पनि खबर गरेर विशेष अप्रेशन चलाएका थियौं,’ अधिकारीले भने,‘दुई दिनपछि आफन्तले काठमाडौंमा फिरौती बुझाउनुभयो। केही घन्टापछि अपहरणमा परेकाहरू मुक्त हुनुभयो। लगत्तै हामीले फिरौती बुझ्नेलाई पक्राउ गरेका छौं।’
अपहरणमा परेकाहरूका आफन्तले भदौ २ गते काठमाडौंमा २१ लाख ७५ हजार रुपैयाँ फिरौती बुझाएका थिए। फिरौती बुझेपछि नेपाली समयअनुसार राति ११ बजे अपहरणमा परेकाहरूलाई मुक्त गरिएको थियो।
युरोपमा नेपाली अपहरण गर्ने र काठमाडौंमा फिरौती लिइएको घटना नौलो प्रकृतिको भएको एसपी अधिकारीले बताए।
‘यसमा गिरोहको नै संग्लनता छ कि के छ भन्ने हामी विस्तृत अनुसन्धान गर्दैछौं,’ अधिकारीले भने।
उनका अनुसार सर्वियाबाट ग्रिस जाने बेलामा ती तीन जना नेपालीहरूलाई हिन्दी बोल्ने पाकिस्तानीहरूले अपहरण गरेको देखिएको छ।
ग्रिसमा अपहरण गरिएको भए पनि फिरौती माग्नेहरू भने नेपाली हुन् र उनीहरूले दुबईबाट परिवारसँग सम्पर्क गरेर फिरौती मागेका थिए।
यसरी फिरौती माग्ने काममा दुबई बस्ने पर्वतका दिलबहादुर थापा र कपिलवस्तुका प्रकाश बेलबासे संग्लन रहेको देखिएको छ।
उनीहरूले काठमाडौंमा धनकुटाका शिवराज कुँवर र तारकेश्वरका रामेश्वर अर्याललाई फिरौती रकम लिन लगाएका थिए।
भदौ २ गते गौरीघाटमा फिरौती रकम लिएका कुँवरलाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो।
अर्याललाई ३ गते तारकेश्वरबाट, बेलबासे र थापालाई भदौ ६ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।
उनीहरूविरूद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।
अपहरणमुक्त भएकाहरू अहिले टर्की८का एनआरएन अध्यक्षको सम्पर्कमा छन्। उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको छ।
गैरकानुनी रूपमा विदेश जाँदा हुने यस्ता घटनाको अनुसन्धान तथा उद्धार गर्न जटिल हुने भएकाले श्रम स्वीकृति भएका मुलुकहरूमा कानुनी प्रक्रिया पूरा गरेर मात्र जान ब्युरोले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: