काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभिन्न मितिमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरुबाट फिरौती रकमसमेत बरामद तथा पक्राउ गरी ग्रीसमा बन्धक बनाई राखेका पिडितसमेतलाई सकुशल उद्दार गर्न सफल भएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद गरेर अनुसन्धान भइरहेको छ ।
सीआईबीका अनुसार धनुकुटाका ३२ वर्षका शिवराज कुँवर भदौ दुई गते गौरिघाटबाट, काठमाडौं तारकेश्वरका ५६ वर्षीय रामेश्वर अर्याल भदौ तीन गते तारकेश्वरबाट, कपिलवस्तु शिवराज नगरपालिकाका ३२ वर्षका प्रकाश बेलबासे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट र पर्वतको फलेबाट नगरपालिकाकाका ४२ वर्षीय दिलबहादुर थापा पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाटै पक्राउ परेका हुन् ।
गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका दुईका २५ वर्षीय सावित्रा थापा, उदयुपरको त्रियुगा नगरपालिका तीनका कृष्ण कार्की र काभ्रेपलोञ्चोकको नमोबुद्ध नगरपालिका एकका ३० वर्षका राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारीको सिलसिलामा सर्विया पुगेका थिए ।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुन लुकीछिपी ग्रीस प्रवेश गर्ने क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगीसमेतले अपहरण गरी उनीहरुलाई डोरीले बाधेर शारिरीक तथा मानसिक यातना र डर त्रास देखाउँदै ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारसँग १० हजार युरो फिरौती माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...



प्रतिकृया लेख्नुहोस्: