सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका कार्यालय परिसरमा पालिका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले सरसफाई गरेका छन् । भोटेचौर स्थित गाउँपालिका कार्यालय वरिपरि रहेका मिचाहा झार लगाएत अनावश्यक झार र फोहोर हटाइएको गाउँपालिकाले जनाएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमार खत्री लगाएत गाउँपालिकामा कार्यरत कर्मचारीहरुले नियमित सरसफाई अभियान अन्तर्गत श्रम गरेका थिए । म बनाउँछु मेरो छत्रेश्वरी भन्ने नारालाई आत्मसाथ गरेर अघि बढिरहेको बताउँदै गाउँपालिका अध्यक्ष बुढाथोकीले आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर फैलिन नदिनका लागि सबैले नियमित सरसफाई गर्नुपर्ने बताए । आफ्नो घर र वरपर मात्र नभई चोक, चौतारा, विद्यालय, मन्दिर, धारा, पँधेरा आदि सार्वजनिक स्थानको सरसफाइप्रति पनि सचेत बन्नुपर्ने उनको भनाई छ ।
स्वस्थ जीवनका लागि सरसफाई महत्वपूर्ण रहेको भन्दै गाउापालिका उपाध्यक्ष खत्रीले वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार हुने बताइन् । सरसफाई कार्यक्रमलाई नियमित रुपमा लैजानुपर्ने उनको जोड छ । “सफा राखौँ कार्यस्थल, स्वच्छ रहोस् वासस्थलः निश्चित ठाउँमा फोहोर फ्याकौँ, बनौँ सभ्य र असल” भन्ने नाराका साथ गाउँपालिकाले सरसफाई अभियान चलाएको छ । गाउँपालिका परिसरमा पछिल्लो समय मिचाहा प्रवृत्तिको हानिकारक झार तिब्र रुपमा फैलिरहेकाले यसको नियन्त्रणका लागि पनि सरसफाई अभियान फलदायी हुने गाउँपालिकाको अपेक्षा छ ।
गत बुधबार समपन्न गाउँपालिका कर्मचारी बैठकमा पनि पालिकाभरी सरसफाई अभियान सञ्चालनका सन्दर्भमा निर्णय भएको थियो । आफ्नो कार्यालय वरिपरि नियमित रुपमा सरसफाई गर्न र कार्यालय परिसरको सौन्दर्यताका लागि वृक्षारोपण लगाएतका क्रियाकलाप सञ्चालन गर्न गाउँ कार्यपालिका कार्यालयले मातहतका सबै कार्यालय, शाखा, इकाईहरुलाई अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: