Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

छत्रेश्वरीमा जनप्रतिनिधी र कर्मचारीद्वारा सरसफाई, नियमित सरसफाईमा जोड

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिका कार्यालय परिसरमा पालिका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले सरसफाई गरेका छन् । भोटेचौर स्थित गाउँपालिका कार्यालय वरिपरि रहेका मिचाहा झार लगाएत अनावश्यक झार र फोहोर हटाइएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमार खत्री लगाएत गाउँपालिकामा कार्यरत कर्मचारीहरुले नियमित सरसफाई अभियान अन्तर्गत श्रम गरेका थिए । म बनाउँछु मेरो छत्रेश्वरी भन्ने नारालाई आत्मसाथ गरेर अघि बढिरहेको बताउँदै गाउँपालिका अध्यक्ष बुढाथोकीले आफ्नो वासस्थल र कार्यस्थलमा फोहोर फैलिन नदिनका लागि सबैले नियमित सरसफाई गर्नुपर्ने बताए । आफ्नो घर र वरपर मात्र नभई चोक, चौतारा, विद्यालय, मन्दिर, धारा, पँधेरा आदि सार्वजनिक स्थानको सरसफाइप्रति पनि सचेत बन्नुपर्ने उनको भनाई छ ।

स्वस्थ जीवनका लागि सरसफाई महत्वपूर्ण रहेको भन्दै गाउापालिका उपाध्यक्ष खत्रीले वातावरणीय सरसफाइ र स्वच्छताका माध्यमबाट मानव जीवनस्तरमा सुधार हुने बताइन् । सरसफाई कार्यक्रमलाई नियमित रुपमा लैजानुपर्ने उनको जोड छ । “सफा राखौँ कार्यस्थल, स्वच्छ रहोस् वासस्थलः निश्चित ठाउँमा फोहोर फ्याकौँ, बनौँ सभ्य र असल” भन्ने नाराका साथ गाउँपालिकाले सरसफाई अभियान चलाएको छ । गाउँपालिका परिसरमा पछिल्लो समय मिचाहा प्रवृत्तिको हानिकारक झार तिब्र रुपमा फैलिरहेकाले यसको नियन्त्रणका लागि पनि सरसफाई अभियान फलदायी हुने गाउँपालिकाको अपेक्षा छ ।

गत बुधबार समपन्न गाउँपालिका कर्मचारी बैठकमा पनि पालिकाभरी सरसफाई अभियान सञ्चालनका सन्दर्भमा निर्णय भएको थियो । आफ्नो कार्यालय वरिपरि नियमित रुपमा सरसफाई गर्न र कार्यालय परिसरको सौन्दर्यताका लागि वृक्षारोपण लगाएतका क्रियाकलाप सञ्चालन गर्न गाउँ कार्यपालिका कार्यालयले मातहतका सबै कार्यालय, शाखा, इकाईहरुलाई अनुरोध गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending