काठमाडौं । बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता ।
यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँड्न थाले । रेलका योजना अघि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ ।
२०६२ सालको राजनीतिक परिवर्तनपछि दलहरूले चुनावी घोषणापत्रमा रेलका हावादारी गफ दिन सुरु गरेका थिए । सन् २०११ मा उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको छ । रेलमार्ग निर्माण प्रगति शून्य छ ।
अहिले फेरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने प्रस्ताव अघि सारेका छन् । रुसले रेल बनाइदिने आशा देखाएपछि पूर्वाधारमन्त्री ज्वालाले नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सघाउन अनुरोध गरेका छन् ।
रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने पूर्वसन्ध्यामा मन्त्री ज्वालाले यस्तो प्रस्ताव गरेका छन् । रूस रेल बनाउन विश्वभर प्रख्यात रहेकाले सहयोग मागिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रुस मेट्रो रेलमा 'पायोनियरु भएकाले राजदूतसँग मेट्रो रेल निर्माणबारे छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।
'हामीले मेट्रो रेल बनाउनुपर्नेछ भन्ने कुरा राखेका छौं,' शर्माले भने, 'उहाँहरू (रुस) सकारात्मक देखिनुभएको छ ।' यसअघि गरिएको प्रारम्भिक अध्ययनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सक्ने सचिव शर्माले बताए ।
सन् २०११ मा सरकारले कोरियन परामर्शदाता कम्पनीबाट गराएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा रेल सञ्चालन गर्न सकिने देखाएको थियो ।
जसअनुसार पहिलो रुट सातदोबाटो-पुल्चोक- त्रिपुरेश्वर-रत्नपार्क- नारायणहिटी- महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म, दोस्रो रुट कलंकी --कालिमाटी-माइतीघर-तिनकुने हुँदै एयरपोर्टसम्म, तेस्रो रुट चक्रपथ, चौथो भूमिगत रुट स्वयम्भू-छाउनी-बागबजार - डिल्लीबजार -पुरानो बानेश्वर-गौशाला-चाबहिल हुँदै बौद्धसम्म र पाँचौं रुट धोबीघाट पुल्चोक-पाटन दरबार नयाँ बानेश्वर-माइतीघर- सिंहदरबार-सहिदगेट-डिल्लीबजार-टंगाल नारायणहिटी-नयाँबजार हुँदै गोंगबुसम्म हुने छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: