तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्य बराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अंगुर खेती थालनी गरेका थिए ।
‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए । “नौ हजार किलोग्राम अंगुर उत्पादन भएको छ, उनले भने,“बजारको ‘मूल्य अनुरुप प्रतिकिलो रु दुई सयका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो ।” उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उनले बताए ।
कम्पनीले वार्षिक १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उनले बताए । जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ, उनले भने “कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।”
धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा तीस हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरीे वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको छ ।
‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ”, उनले भने, “यसले पनि अङ्गुरखेतीलाई प्रोत्साहन गरेको छ ।” वर्षामा एक पटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ । फार्ममा विभिन्न ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए ।
फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अङ्गुर रहेको छ । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताइन् । फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।
धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्ष अन्तर्गत १२ फार्ममापर्न सफल भई रु ५५ लाख अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बुताए । घिरिङको माटोमा अङ्गुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए ।
यस क्षेत्रको हावापानी र माटो अङ्गुरखेतीका लागि उपयुक्त मानिएकाले किसानलाई यसतर्फ आर्कर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...
आषाढ़ २७ गते, २०८३ - १३:५८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...
आषाढ़ २७ गते, २०८३ - १३:४०
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...
आषाढ़ २७ गते, २०८३ - १३:२०
काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...
आषाढ़ २७ गते, २०८३ - १३:०१
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...
आषाढ़ २७ गते, २०८३ - १२:५१
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...
आषाढ़ २७ गते, २०८३ - ११:२१
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: