काठमाडौँ। धादिङको गजुरीमा बुधवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ६ जनाको सनाखत भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार मृतक ६ जनाको सनाखत भएको छ भने बाँकी दुई जनाको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बसमा २५ जना सवार रहेकोमा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो । पाँच जना गम्भीर अवस्थाका बिरामीबाहेक अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी, धादिङले आज साँझ दिएको दुर्घटना अपडेटअनुसार मृतक आठ जनामध्ये दुई महिला ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका–१ बस्ने १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २० वर्षीय सुशील रम्तेल, कास्की फुलबारी ११ बस्ने अन्दाजी २५ वर्षीय सुमन थापा, पर्वत जलजला गाउँपालिका–६ बस्ने ४२ वर्षीया राधिका सापकोटा र पर्वत मोदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय झपटबहादुर क्षेत्री रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।
ट्रमा सेन्टर काठमाडौंमा उपचाररत् म्याग्दी जिल्लाकी ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश घर भएका ३५ वर्षीय सुदीप मण्डलको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, ट्रमा सेन्टर काठमाडौंमा उपचार गराइरहेका म्याग्दी बेनी नगरपालिका–३ बस्ने २९ वर्षीय गौतम छन्त्याल, बयोधा अस्पताल बल्खु काठमाण्डौंमा उपचार्त म्याग्दी अन्नपुर्ण गाउँपालिका–३ बस्ने २२ वर्षीया अञ्जु राना मगर र म्याग्दी गरुङ्गंगा गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रविन पुनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, बंगलादेश घर भएका ३२ वर्षीय मोहमद हजिरहुल, बाग्लुङ बस्ने १९ वर्षीया सुस्मा क्षेत्री, बस चालक म्याग्दी बेनी नगरपालिका–६ बस्ने ३० वर्षीय दिपक थापा, म्याग्दी बेनी नगरपालिका–३ बस्ने २४ वर्षीय पूर्ण छन्त्याल, पर्वत मोदी गाउँपालिका–१ बस्ने ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठको ट्रमा सेन्टरमा र म्याग्दी रघुगंगा–६ बस्ने २३ वर्षीया रिना रानामगरको मेडिसिटी ईनमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बयोधा अस्पताल बल्खुमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने १९ वर्षीय कुशल अधिकारी, पर्वत फलेवास नगरपालिका बस्ने ६३ वर्षीया हरिकला गौडेलको उपचार भइरहेको छ । म्याग्दी मंगला गाउँपालिका–२ बस्ने १६ वर्षीया गिता जंजाली मगरको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको तथा उनलाई साँझ काठमाडौं रिफर गरेर पठाइएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काठमाडौंबाट पोखरा हुँदै पर्वत–म्याग्दी बेनीका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस ९म्याग्दी कोरला यातायात प्रालि० सडकको विपरित दिशाबाट करिब ४० मिटर तल त्रिशुली खोलामा खसेको थियो ।
बस दुर्घटनाको ठोस कारण र क्षतिबारे विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ओभरटेक गर्न लाग्दा अनियन्त्रित भई बस त्रिशुली नदीमा खसेको देखिन्छ ।
बस दुर्घटनापछि बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा २५ जना, जिल्ला प्रहरी कार्यालय धादिङबाट १३ जना, ट्राफिक प्रहरी गजुरीबाट १० जनासहित सशस्त्र प्रहरीको १५ जना, नेपाली सेनाको ३५ सदस्यीय गोताखोरसहितको उद्दार टोली खटिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: