चप्पल शब्दमा 'ए' प्रत्यय लगाएपछि चप्पले बन्छ र यो शब्दले चप्पल लगाउने मानिस भन्ने बुझिन्छ । जसरी 'ए' प्रत्यय लगाएर रामलाई रामे, श्यामलाई श्यामे, कृष्णलाई किस्ने, हर्कलाई हर्के भनेर होच्याएर बोलाइन्छ त्यसरी नै चप्पल लगाउनेलाई 'चप्पले' भन्दा यो शब्दले हेय भाव दर्शाउँछ ।
हिजोआज खासगरी सामाजिक सञ्जालमा कसैलाई खिसिट्युरी गर्नु पर्यो भने एउटा टिप्पणी गर्ने चलन ह्वात्तै बढेको छ: त्यो हिजो चप्पल पड्काउँदै काठमाडौं छिरेको चप्पलेको फुर्ती हेरन फुर्ती!!
हो, कसैले गैरकानूनी काम गरेर सम्पत्ति कमाएको छ भने उ प्रति समाज असहिष्णु नै बन्नुपर्छ तर उसलाई चप्पले भनेर सम्बोधन गर्नु चाँही स्वयंको अपमान हो । किनकि हामी मध्येका धेरैजना चप्पल लगाएरै हिँडेको हो । हामी नहिँडेको भए हाम्रा बाहरु चप्पल लगाएर हिँडेका हुन् । बाहरु नहिँडेको भए हजुरबाहरु चप्पल लगाएर हिँडका हुन् । धेरैजसो का बा हजुरबाहरु त नाङ्गो खुट्टा पनि हिँडे होलान् । उ बेला जुत्ता महँगो हुने हुनाले जुत्ता लगाउनु सबैको क्षमताको कुरो पनि थिएन त्यसैले आफ्नो औकात अनुसार चप्पल लगाउनुलाई हेयको भावनाले हेर्नु भनेको अबूझपन हो, आफ्नो वा आफ्ना पुर्खाको विगत बिर्सनु हो ।
चप्पले शब्दको शुरुवात कसरी भयो होला! भन्ने जिज्ञासा हुनु स्वभाविक हो । उ बेलाका राजा महाराजाहरु, साहु महाजनहरु, हाकिमहरु आफ्ना रैतीहरुलाई राम्रो पोसाकमा सजिएको देख्नै सक्दैनथे । यदि कसैले राम्रो पोसाक लगाएको देखियो भने उसको हुर्मत लिने काम हुन्थ्यो । जयप्रकाश मल्लको सुधारमा त कुन जातिले कस्तो लुगा लगाउन पर्ने भनेर समेत उल्लेख छ । पोडे जातिलाई बाँह काटेको कपडा मात्र लगाउन अनुमति थियो । रैतिले चप्पल लगाउने त निकै परको कुरो थियो । राजामहाराजाहरुको यहि चलनको निरन्तरता स्वरुप हालसम्म पनि केहि मानिसहरु अज्ञानतावस अरुलाई चप्पले, रामे, श्यामे, हर्के आदि भनेर सम्बोधन गर्छन् ।
एकपटक अब्राहम लिङ्कनलाई एकजना मानिसले 'मोचीको छोरो' भनेर होच्याउन खोजेछ । लिङ्कनले जवानमा भनेछन्, 'मेरो बाबुले जुता सिलाउँछन् र त तिम्रो बाबु जुत्ता लगाएर हिँड्न पाएका छन् नत्र त तिम्रो बाबु अनि तिमिले नाङ्गै खुट्टा हिँड्नु पर्थ्यो होला !'
राजा महाराजाहरुलाई जनताको वास्तविक दुख थाहै हुँदैन । फ्रान्सेली क्रान्तिका अनेक कारणहरु थिए तर भनिन्छ अनिकालको बेलामा जनताले 'ब्रेड' खान पाएनन् भनेर जाहेर गर्दा मारी एन्टोनेट रानीले बोलेको एउटा कुरा 'Let them eat cake' ले क्रान्तिको आगोमा घीउ थप्ने काम गरेको थियो । राजामहाराजाहरुले बोलेका यस्ता कुराहरु सत्य नहुन पनि सक्छन् तर युगौँदेखिको थिचोमिचोले गर्दा जनताले यस्ता कुराहरु सजिलै पत्याइदिन्छन् । अहिले त झन् सामाजिक सञ्जालको प्रयोगको कारण यस्ता अफवाहहरु फैलाउन निकै सजिलो भएको छ । यस्ता हल्लाहरु पत्याउने जमात पनि उत्तिकै थपिएको छ ।
अन्त्यमा, राजामहाराजाहरु, ठूलाबडाहरुले Let them eat cake भनेको कुरो होस् वा चप्पले, रामे, श्यामे, किष्ने हर्के भन्दै 'ए' प्रत्यय जोडेर बोलाएको कुरो होस्, बुझिने कुराहरु हुन् तर हामीजस्ता सर्वसाधारणले पनि कसैलाई 'चप्पले' भनेर खिसिट्युरी गरेको कुरो चाँही दास युगको निरन्तरता हो । साथीहरुले पनि कसैलाई कहिल्यै 'चप्पले' भनेर होच्याउनु भएको त छैन नी !! स्वीकारोक्ती- म पनि एउटा चप्पले हुँ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १८:१६
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...
माघ २३ गते, २०८२ - १८:१३
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ। आयोगले बिहीबार बिहानसम्म...
माघ २२ गते, २०८२ - २१:१८
काठमाडौं । आउँदो फेब्रुअरी ८ बाट सुरु हुने टी–२० विश्वकपको पर्खाइमा विश्वभरि क्रिकेटप्रेमीहरूको ध्यान केन्द्रित छ। त्यसभन्दा बढी उत्साहित फ्यानहरू नेप...
माघ २२ गते, २०८२ - २१:१४
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्ला ताजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
माघ २२ गते, २०८२ - २१:१०
काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेसँग घरदैलो गर्दै हिँड्दा सामाजिक सञ्जालमा ‘सादा ...
माघ २२ गते, २०८२ - २१:०२
काठमाडौँ । मधेस प्रदेश र संघीय सरकारबीचको अधिकार क्षेत्र विवाद सर्वोच्च अदालतमा अन्तिम चरणमा पुगेको छ। सर्वोच्चले सर्लाहीको सागरनाथ वन परियोजना र वन ऐ...
माघ २२ गते, २०८२ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवार आकांक्षीहरूबाट उठाएको रकमको स्पष्ट हिसाब मागेका छन्।...
माघ २२ गते, २०८२ - २०:४६
काठमाडौं । इटालीमा रोजगारी लगाइदिने आश्वासन दिएर बंगलादेशबाट काठमाडौं ल्याइएका पाँच नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। यस प्रकरण...
माघ २२ गते, २०८२ - २०:४२
काठमाडाैं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ । बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा ल...
माघ २२ गते, २०८२ - २०:४१
कैलाली । कैलाली–४ को चुनावी इतिहासले एउटा कुरा स्पष्ट देखाउँछ—यहाँ मतदाता स्थिर छैनन्, निर्णय स्थिर छैन, र परिणाम त झन् कहिल्यै पूर्वानुमानमा अडिँदैन।...



प्रतिकृया लेख्नुहोस्: