Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

चप्पले

डिपी जैसी
डिपी जैसी

चप्पल शब्दमा 'ए' प्रत्यय लगाएपछि चप्पले बन्छ र यो शब्दले चप्पल लगाउने मानिस भन्ने बुझिन्छ । जसरी 'ए' प्रत्यय लगाएर रामलाई रामे, श्यामलाई श्यामे, कृष्णलाई किस्ने, हर्कलाई हर्के भनेर होच्याएर बोलाइन्छ त्यसरी नै चप्पल लगाउनेलाई 'चप्पले' भन्दा यो शब्दले हेय भाव दर्शाउँछ ।

हिजोआज खासगरी सामाजिक सञ्जालमा कसैलाई खिसिट्युरी गर्नु पर्यो भने एउटा टिप्पणी गर्ने चलन ह्वात्तै बढेको छ: त्यो हिजो चप्पल पड्काउँदै काठमाडौं छिरेको चप्पलेको फुर्ती हेरन फुर्ती!!

हो, कसैले गैरकानूनी काम गरेर सम्पत्ति कमाएको छ भने उ प्रति समाज असहिष्णु नै बन्नुपर्छ तर उसलाई चप्पले भनेर सम्बोधन गर्नु चाँही स्वयंको अपमान हो । किनकि हामी मध्येका धेरैजना चप्पल लगाएरै हिँडेको हो । हामी नहिँडेको भए हाम्रा बाहरु चप्पल लगाएर हिँडेका हुन् । बाहरु नहिँडेको भए हजुरबाहरु चप्पल लगाएर हिँडका हुन् । धेरैजसो का बा हजुरबाहरु त नाङ्गो खुट्टा पनि हिँडे होलान् । उ बेला जुत्ता महँगो हुने हुनाले जुत्ता लगाउनु सबैको क्षमताको कुरो पनि थिएन त्यसैले आफ्नो औकात अनुसार चप्पल लगाउनुलाई हेयको भावनाले हेर्नु भनेको अबूझपन हो, आफ्नो वा आफ्ना पुर्खाको विगत बिर्सनु हो ।

चप्पले शब्दको शुरुवात कसरी भयो होला! भन्ने जिज्ञासा हुनु स्वभाविक हो । उ बेलाका राजा महाराजाहरु, साहु महाजनहरु, हाकिमहरु आफ्ना रैतीहरुलाई राम्रो पोसाकमा सजिएको देख्नै सक्दैनथे । यदि कसैले राम्रो पोसाक लगाएको देखियो भने उसको हुर्मत लिने काम हुन्थ्यो । जयप्रकाश मल्लको सुधारमा त कुन जातिले कस्तो लुगा लगाउन पर्ने भनेर समेत उल्लेख छ । पोडे जातिलाई बाँह काटेको कपडा मात्र लगाउन अनुमति थियो । रैतिले चप्पल लगाउने त निकै परको कुरो थियो । राजामहाराजाहरुको यहि चलनको निरन्तरता स्वरुप हालसम्म पनि केहि मानिसहरु अज्ञानतावस अरुलाई चप्पले, रामे, श्यामे, हर्के आदि भनेर सम्बोधन गर्छन् ।

एकपटक अब्राहम लिङ्कनलाई एकजना मानिसले 'मोचीको छोरो' भनेर होच्याउन खोजेछ । लिङ्कनले जवानमा भनेछन्, 'मेरो बाबुले जुता सिलाउँछन् र त तिम्रो बाबु जुत्ता लगाएर हिँड्न पाएका छन् नत्र त तिम्रो बाबु अनि तिमिले नाङ्गै खुट्टा हिँड्नु पर्थ्यो होला !'

राजा महाराजाहरुलाई जनताको वास्तविक दुख थाहै हुँदैन । फ्रान्सेली क्रान्तिका अनेक कारणहरु थिए तर भनिन्छ अनिकालको बेलामा जनताले 'ब्रेड' खान पाएनन् भनेर जाहेर गर्दा मारी एन्टोनेट रानीले बोलेको एउटा कुरा 'Let them eat cake' ले क्रान्तिको आगोमा घीउ थप्ने काम गरेको थियो । राजामहाराजाहरुले बोलेका यस्ता कुराहरु सत्य नहुन पनि सक्छन् तर युगौँदेखिको थिचोमिचोले गर्दा जनताले यस्ता कुराहरु सजिलै पत्याइदिन्छन् । अहिले त झन् सामाजिक सञ्जालको प्रयोगको कारण यस्ता अफवाहहरु फैलाउन निकै सजिलो भएको छ । यस्ता हल्लाहरु पत्याउने जमात पनि उत्तिकै थपिएको छ ।

अन्त्यमा,  राजामहाराजाहरु, ठूलाबडाहरुले Let them eat cake भनेको कुरो होस् वा चप्पले, रामे, श्यामे, किष्ने हर्के भन्दै 'ए' प्रत्यय जोडेर बोलाएको कुरो होस्, बुझिने कुराहरु हुन् तर हामीजस्ता सर्वसाधारणले पनि कसैलाई 'चप्पले' भनेर खिसिट्युरी गरेको कुरो चाँही दास युगको निरन्तरता हो । साथीहरुले पनि कसैलाई कहिल्यै 'चप्पले' भनेर होच्याउनु भएको त छैन नी !!  स्वीकारोक्ती- म पनि एउटा चप्पले हुँ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending