Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

तनहुँमा धान उत्पादन घट्दै

खबरडबली संवाददाता

दमौली । धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले  जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको  भनाइ थियो । 

प्रमुख तिवारीले भने, “पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ ।” “वर्षे धान विक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ,” उनले भने, “धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ । बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन ।” 

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर जमिनमा वर्षे धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ । 

त्यस अवधिमा वर्षे धान खेती गरिएको  चार हजार २० हेक्टर जमिन घटानका साथै दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको थियो । त्यतिबेला तीन हजार आठ सय हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ । 

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ । यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको  छ भने उत्पादन पनि घटेर आठ हजार एक सय ६९ मेट्रिक टन भएको छ । 

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्र्याक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ । 

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले चैते धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्‍याइएको छ । प्रमुख तिवारीले भने, “यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि रु एक करोड बजेट वृद्धि भएको छ ।”

गत आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत दश वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्र्याक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो । 

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending