Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा

खबरडबली संवाददाता
काठमाडौं । अमेरिकाको क्यालिफोर्नीयामा सन् २०२४ को सेक्टेम्बरमा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ आयोजना हुने भएको छ ।
हाल अमेरिका भ्रमणमा रहेका बरिष्ट अभिनेता द्वय शिब श्रेष्ठ र सुनील थापाको सम्मानमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाले आयोजना गरेको ‘मिट,ग्रीट एण्ड विसेस् एक्सचेञ्ज म्युजीक नाइट’ कार्यक्रममा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ घोषणा गरिएको हो । 
लामो समयदेखि अमेरिका बस्दै आएका खेलाडी,सफल ब्याबसायी तथा समाजसेवी यज्ञलाल श्रेष्ठले आफ्नो कम्पनी गोल्डेन स्टेट मुभी मेकर्समार्फत आयोजना गर्न लागेको ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ ले नेपाली फिल्मको गुणस्तरिय बिकास,अन्तराष्ट्रिय बजार प्रबद्र्धन,बिस्तार तथा कलाकारको सम्मानमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन् ।
अमेरिकामा समाजसेवा, म्युजीक फेस्टिवल आयोजनालगायत सन् २०१९ देखि ग्लोबल फिल्म अवार्डमा बिशेष भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले अब भने एकल रुपमा यो अवार्ड आयोजना गर्न लागेका हुन् ।
उनले ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ निकै ब्यबस्थित,निस्पक्ष,सभ्य,भब्य र सानदार हुने दावी गरेका छन् । ‘हामी पूर्ण ब्यबस्थित,भब्य,निष्पक्ष र सानदार तवरले अवार्ड आयोजना गर्ने योजनामा छौं,’ उनी भन्छन्,‘नेपाली फिल्म तथा कलाकारको अन्तराष्ट्रिय प्रबद्र्धन र बिकासमा यो अवार्डले ठूलो भूमिका खेल्ने छ ।’ 
अवार्डको जुरी कमिटीमा समेत रहेका बरिष्ट अभिनेता शिब श्रेष्ठले यो अवार्डमा आफ्नो भरपुर,साथ,समर्थन र सहयोग रहने उल्लेख गर्दै सफलताको शुभकामना ब्यक्त गरे । अर्का बरिष्ट अभिनेता तथा जुरी मेम्बर सुनील थापाले आयोजक यज्ञलाल श्रेष्ठले गरेको बिगतका हरेक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको स्मरण गर्दै यो अवार्डले नयाँ उचाइ हासिल गर्ने बिश्वास ब्यक्त गरे ।
 
‘गोल्डेन नेपाली फिल्म अवार्ड’ को जुरी तथा संयोजन टिममा अभिनेता श्रेष्ठ तथा थापाका साथमा चर्चित अभिनेत्री,निर्मात्री,निर्देशक दीपाश्री निरौला र बरिष्ट चलचित्र पत्रकार,फिल्म लेखक,निर्माता अनि निर्देशक लक्ष्मण सुवेदी रहेको जानकारी गोल्डेन स्टेज मुभी मेकर्सले दिएको छ ।
 
बर्कलीस्थित हिमालय फलेभर रेस्टुरेन्टमा अगस्त २० मा आयोजीत कार्यक्रममा अभिनेता द्वयसँग भेटघाट,भलाकुसारी गर्न र फोटो खिच्न बिभिन्न स्टेटबाट  शुभचिन्तकहरुको भीड लागेको थियो । अमेरिकामा पनि आफूहरुले दर्शकहरुबाट त्यति धेरै साथ,सम्मान र माया पाएकोमा अभिनेता द्वय भावुक भएका थिए । आयोजक यज्ञलालले शिब श्रेष्ठ र सुनील थापाजस्ता लिजेन्डलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए ।
 
कार्यक्रममा वेस्ट कोस्ट रिजनल कमीटी (एनआरएनए युएसए) का अध्यक्ष बिष्णु केसी,तामाङ सोसाइटी क्यालिफोर्नीया नवनिर्वाचित अध्यक्ष सुरज पाख्रिन,एनआरएनए च्याप्टर क्यालिफोर्नीयाका सदस्य तेजेन्द्र बराल र एनआरएनए आइसिसि सदस्य बिन्दू निरौला सापकोटालाई गोल्डेन स्टेट मुभी मेकर्सका तर्फबाट सम्मान गरिएको थियो । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending