Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने-'हामीले उत्पादन, प्रशारण र वितरणमा उचित तालमेल मिलाई उर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउदै गएका मात्र छैनौं बढी भएको विद्युतलाई अन्तरदेशीय विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्य गर्न थालनी गरेका छौं। विद्युत विकासका ३ वटै क्षेत्रमा गुणात्मक विकास गर्नका लागि यो प्रशारण लाइनको निर्माण र संचालन एक महत्त्वपूर्ण कदम हो । आगामी दिनमा अझ गुणात्मक रूपमा उत्पादन, प्रशारण र वितरणका कामहरू अघि बढ्नेछन।' 

बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएको बताउँदै यसले नेपालको उर्जाको क्षेत्रमा गुणात्मक फड्को मार्ने उनले बताए  । प्रधानमन्त्री प्रचण्डले भने-'हामीले बुढी गण्डकी र कर्णाली चिसापानी (जो मिराकल प्रोजेक्ट हुन) बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएका छौं । यसले नेपाललाई उर्जाको क्षेत्रमा गुणात्मक रूपमा अर्को ठाउँमा पुर्याउने छ। यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ।' 

उनले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताए ।  प्रधानमन्त्रीले भने, 'हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।भारत र बङ्गलादेशसँगको विद्युत व्यापार सम्झौता पछि हामीले उत्तरी छिमेकी चीनसङ्ग पनि आसन्न भ्रमणमा विधुत व्यापारको समझदारी बनाउदै छौं।'

आफूहरूको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पार्दै  प्रधानमन्त्री प्रचण्डले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए । विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको उनकाे भनाई थियो ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending