Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जामा आत्मनिर्भर बन्दै विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्यको थालनी गरेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने-'हामीले उत्पादन, प्रशारण र वितरणमा उचित तालमेल मिलाई उर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउदै गएका मात्र छैनौं बढी भएको विद्युतलाई अन्तरदेशीय विद्युत व्यापार मार्फत मुद्रा आर्जन गर्ने कार्य गर्न थालनी गरेका छौं। विद्युत विकासका ३ वटै क्षेत्रमा गुणात्मक विकास गर्नका लागि यो प्रशारण लाइनको निर्माण र संचालन एक महत्त्वपूर्ण कदम हो । आगामी दिनमा अझ गुणात्मक रूपमा उत्पादन, प्रशारण र वितरणका कामहरू अघि बढ्नेछन।' 

बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएको बताउँदै यसले नेपालको उर्जाको क्षेत्रमा गुणात्मक फड्को मार्ने उनले बताए  । प्रधानमन्त्री प्रचण्डले भने-'हामीले बुढी गण्डकी र कर्णाली चिसापानी (जो मिराकल प्रोजेक्ट हुन) बुढीगण्डकीको कार्यालय स्थापना र कामको प्रारम्भ तथा चिसापानी जलविद्युत परियोजनाको अध्ययनको प्रक्रिया अघि बढाएका छौं । यसले नेपाललाई उर्जाको क्षेत्रमा गुणात्मक रूपमा अर्को ठाउँमा पुर्याउने छ। यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ।' 

उनले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताए ।  प्रधानमन्त्रीले भने, 'हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।भारत र बङ्गलादेशसँगको विद्युत व्यापार सम्झौता पछि हामीले उत्तरी छिमेकी चीनसङ्ग पनि आसन्न भ्रमणमा विधुत व्यापारको समझदारी बनाउदै छौं।'

आफूहरूको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पार्दै  प्रधानमन्त्री प्रचण्डले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए । विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको उनकाे भनाई थियो ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: