Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

खबरडबली संवाददाता

गलेश्वर । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । 

समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कँदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् । अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलोगरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ । 

किसान धानको गोडमेलमा व्यस्त छन् । खेतमा धानका पात पहेँला भएका र गुभो मर्न थालेको देखेपछि किसानले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञानकेन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका–७ का किसान टेकवीर बुढाले बताए । सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग बिस्तारै दक्षिणी भेगसम्म सरेको छ । म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएका छन् । 

कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन्न सल्लाह दिएका छन् । यहाँका किसानले बढीमात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगायतका जातका धानखेती गर्ने भएकाले यो बालीमा बढीमात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ ।

धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवारबेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्त्वको कमीले कीराको सङ्क्रमण सहजै फैलनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए ।

“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन्, यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्त्वको प्रयोग गर्नुपर्छ”, अधिकृत सिग्देलले भने, “धान खेतमा कीराको प्रकोपले बर्सेनि धान उत्पादनमा कमी हुने गर्छ, त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।” 

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदोको भने स्थानीय जातको खेती हुने गर्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

बझाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते, ७ जनाको अवस्था गम्भीर

धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...

भेनेजुएलामा दोहोरो भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...

घोराहीका शिक्षा अधिकृत बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार, वडा सदस्यमाथि आरोप

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार गरिएको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ...

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भ...

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

  काठमाडौँ। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेको छिन् । यसअघिका कार्यवा...

धनुषाको मिथिला नगरपालिकामा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, ७ सय धारामा पानी आपूर्ति अवरुद्ध

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनामा जडान गरिएको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ। ट्रान्सफर्मर चोरी भए...

कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, डुबे लत्ताकपडा, नष्ट भए औषधि

काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति ब...

इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र समयमै नवीकरण नगर्ने ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending