Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

रामहरि खतिवडा
रामहरि खतिवडा

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ ।
उहाँको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डोर्याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ ।
बौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उहाँको अचम्मको क्षमता थियो । उहाँसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो ।
किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उहाँले सोध्नुभयो, तिम्रो घर कहाँ हो रु मैले ओखलढुङ्गा भएको बताएँ । उहाँले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम भन्नुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्नुहुँदा मलाई गर्वले छाती फुलेजस्तो भयो । त्यसपछि उहाँसँग म नजिक हुन थालेँ ।
प्रष्ट वक्ता र सरल शब्दचयन उहाँका विशेषता थिए । बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उहाँले काम गर्नुभएको थियो । चित्त नबुझेका कुरामा उहाँले बिपी–गणेशमानसँग पनि फरक मत राख्ने गर्नुहुन्थ्यो । उहाँको जीवनको लामो समय राजनीतिमै बित्यो । यद्यपि राजनीति भने उहाँको तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको भन्नुहुन्थ्यो । उहाँले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाउनुभयो । 
उच्चस्तरको बौद्धिक नेता भएर पनि उहाँमा अचम्मको सादगीपन थियो । सामान्य किसिमको खानपिन रुचाउनु हुने उहाँ प्रायः सादा खाना, दही, दुई-तीन वटा रोटी र समयअनुसारको तरकारी खानुहुन्थ्यो । कम मात्रामा मदिरापान गर्ने उहाँमा लुकाएर खाने बानी थिएन । मैले उहाँले धुम्रपान गरेको देखिन । २०६०/६१ सालतिरदेखि नै उहाँले खाने कुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित हुनुहुन्थ्यो । उहाँमा लपनछपन केही थिएन । स्पष्ट वक्ता हुनुहुन्थ्यो ।
उहाँ आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन-चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । प्रत्येक पटक २०-३० वटा पुस्तकसम्म किन्ने आदत थियो । अत्यधिक पढ्न रुचाउने उहाँ कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२-१ बजेसम्म पनि सुत्ने गर्नुहुन्थ्यो ।
उहाँमा पद लोलुपता पटक्कै थिएन । त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उहाँले कहिल्यै मान्नुभएन । पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उहाँ बताउनुहुन्थ्यो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भन्नुभएको थियो । तर उक्त चुनावमा उहाँले थोरै मतले पराजीत हुनुभयो ।
त्यसपछि उहाँले भन्नुभएको थियो, “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।”
उहाँलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे । काठमाडौँमा बस्दा उहाँ प्रायः डेरामै बस्नुभयो । घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन ।
उहाँको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो । “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहनुहुन्थ्यो । हामी किसुनजीका अनुयायी हौँ”, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ भन्नुहुन्थ्यो  ।
सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो । मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो । नभन्दै जे बोल्नुभयो त्यो उहाँले निर्वाह गर्नुभयो । पदीय र राजकीय पदमा जानु भएन ।
उहाँको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर उहाँले आश्रम पनि बनाउनु भएको छ । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उहाँ बताउनुहुन्थ्यो ।
आश्रममा बस्न निकै आनन्द लाग्ने बताउँथ्यो । शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्नुहुन्थ्यो । २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उहाँसँगै गएको थिएँ । त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ । काठमाडौं हुँदा पनि उहाँ तपोवन गइरहनुहुन्थ्यो ।
बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो । उहाँमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । कतिपय बुद्धिजीवीहरु उहाँलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन् । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो ।
बिपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । उहाँले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गर्नुभयो । यसैमा उहाँ रमाउनुभयो । उहाँमा चातुर्यता थियो । 
उहाँले युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्नुहुन्थ्यो । विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो । राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो । राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो ।
चक्रप्रसाद वास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई मलाई देखाउँदै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गर्नुभयो ।
कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि उहाँ युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्नुहुन्थ्यो । नयाँ पुस्ताले उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उहाँको बढी नै आशा र भरोसा थियो ।
उहाँको भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो ।
उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ । । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । 
उहाँ सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्ने पात्र हुनुहुन्थ्यो उहाँ । उहाँ सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्वयुक्त नेता हुनुहुन्थ्यो । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उहाँका तर्कहरुबाट प्रभावित हुन्थे ।
उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । संसदमा उहाँले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । उहाँ कहिल्यै एकपक्षीय रुपमा प्रस्तुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्नुहुन्थ्यो । उहाँका कुरामा तर्क र दम रहन्थ्यो । 
सादगीपनसँगै उहाँको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो ।
राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो । उहाँको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक छ । उहाँको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ । ९लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ०

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending