Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

विराटनगरमा अस्पतालबाटै बच्चा गायव, शिशु हराएको डेढ महिनापछि डाक्टरसहित एक जना पक्राउ

खबरडबली संवाददाता

विराटनगर । विराटनगरको एक अस्पतालबाट नवजात शिशु गाएब भएकाे घटना बाहीरीएकाे छ ।  ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायव भएको घटना बाहिरिएको हाे ।

२६ वर्षीया युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी थिइन् ।

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएको खुलेको छ ।

उक्त क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै उनले युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको पाइएको डीएसपी दाहालले बताए । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन्।

‘बच्चा बिना नै टेम्पोमा राखेर उहाँ(गोविन्द)ले मलाई इटहरी पुर्‍याउनु भयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नु भयो। बच्चा खोइभन्दा अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनु भयो। त्यसपछि फर्किएर आउनु भएन। होटलको नाम मलाई थाहा छैन,’ टेलिफोन सम्पर्कमा युवतीले भनिन् । होटलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् ।

उनले गोविन्दले छाडेर गएको खर्च सकिएकाले ८ दिनपछि आफूले होटल छाडेको र सोनापुरमा डेरा लिएर बसेको बताइन्। ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ। छोरी जन्मिएको भनेर नर्सहरुले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन्। गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन। अस्पतालबाटै गायव बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परें। धेरै पीडा सहेर बसें ।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ।

होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन्। उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन्। प्रहरीले अन्दाजी ६८ वर्षीय डा. कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए। उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् । डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा. कर्ण कोसी अस्पतालमा भर्ना भएका छन्। प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ। ‘उपचाररत रहेका कारण सोधपुछ गर्न र घटनाका बारेमा सबै कुरा बुझ्न पाइएकै छैन,’ डीएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट डा. कर्णले नै युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको भन्ने खुलेको छ।’

उनका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन्। तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् ।

दाहालका अनुसार चिकित्सकले युवतीलाई असहज भएकाले तत्कालै बच्चा बाहिर निकाल्नुपर्ने अवस्था आयो भनेर भनेका छन्। ‘प्रारम्भिक सोधपुछका क्रममा उपचारका लागि आउँदा युवतीलाई सुत्केरी ब्यथा लागेको थियो भनेर चिकित्सकले भनेका छन्,’ उनले भने, ‘बच्चा जन्मिएपछि बाबुलाई नै जिम्मा लगाएको दाबी गरेका छन्।’ तर, गोविन्दले भने अस्पतालबाट बच्चा आफूले जिम्मा नलिएको र प्रेमिकालाई लिएर इटहरीतिर गएको बताएको दाहालको भनाइ छ।

उनका अनुसार बच्चा कहाँ पुर्‍याइयो भन्ने खुल्न बाँकी छ। ‘दुवै जना(चिकित्सक र गोविन्द)लाई सँगै राखेर सोधपुछ गर्न पाए वास्तविकता खुल्यो थियो,’ दाहाल भन्छन्, ‘चिकित्सक उपचाररत अवस्थामा रहेकाले त्यो सम्भव भइरहेको छैन।’ विवाहपूर्वको सम्बन्धबाट जन्मिएको बच्चा गायव बनाइएको भनेर युवतीले कारबाहीको माग राख्दै चिकित्सक र प्रेमविरुद्ध किटानी जाहेरी दिएको उनले बताए।

युवतीले मिलेमतोमा बच्चा गायव बनाइएकाले खोजी पाउँ भनेर माग पनि गरेकी छन्। उनले बच्चा नर्सहरूले लिएर गएको र त्यसपछि आफूले नदेखेको बताइन्। ‘बच्चा जन्मिएपछि नर्सहरूले लिएर गएको थाहा छ। अरु थाहा छैन,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा आजसम्म पाइँन।’ उनले गोविन्दसँग २ वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि सुनाइन्।

उनले बच्चा जन्माउनुपर्छ भनेर भोजपुरदेखि प्रेमी गोविन्दले नै विराटनगर ल्याएको पनि बताए। ‘सुरुमा क्लिनिकमै चेकजाँच गरियो। त्यसपछि डाक्टरले अस्पताल लिएर गए। बच्चा जिउँदै जन्मिएको हो। अस्पतालले डिस्चार्ज दिएपछि बच्चा बिनानै मलाई इटहरी लगियो। होटलको कोठामा राखियो,’ उनले भनिन्, ‘खर्च सकिएपछि होटलमा बस्न नसकेर बाहिर निस्किएँ। सोनापुरमा आएर भाडामा बसें। सुत्केरी अवस्थाकी मैले निक्कै कष्ट र हण्डर बेहोर्नु पर्‍यो। बच्चा नै गायव बनाइदिएपछि झन् पीडामा छु।’

इटहरीमा आफूलाई छाडेपछि मोबाइल ‘अफ’ गरेर गोविन्द सम्पर्कविहीन बनेको उनले सुनाइन्। उनले प्रसूतिका लागि डा. कर्णलाई ३५ हजार रुपैयाँ पनि तिरेको बताइन्। ‘बच्चा कसले लग्यो भन्ने खुलेको छैन। फेला पनि पार्न सकिएको छैन,’ डीएसपी दाहालले भने, ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ। थप अनुसन्धानपछि वास्तविकता खुल्छ।’

उनले पक्राउ परेका चिकित्सक र गोविन्दविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिने जानकारी दिए। अस्पतालका अध्यक्ष कृष्ण खवासले अस्पतालमा ९ सय ५० ग्रामको बच्चा जन्मिएको बताए। ‘सामान्य प्रसूतिमार्फत बच्चा जन्मिएको हो। तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचार गर्नसक्ने अवस्था भएन,’ उनले भने, ‘एनआईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएकाले ग्रीनक्रसबाट रेफर गरियो। सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर बच्चा अभिभावकलाई नै जिम्मा लगाएका हौं।’

खवासले उपचार हुन नसकेपछि रेफर गरिएको बच्चा कसले कता लग्योभन्ने थाहा नभएको बताए। उनले अस्पतालबाट कुन चिकित्सकले रेफर गरेका हुन् र बच्चा जिम्मा लिने अभिभावक को हुन् भन्ने खुलाएनन्। ‘हामीले उपचारका लागि अन्यत्र लैजानु भनेर रेफर गरेका हौं,’ खवास भन्छन्, ‘अरू कुरा थाहा भएन।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending