Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

वडाध्यक्ष र सचिवबिच विवाद हुँदा दुई सातादेखि कामकाज ठप्प

खबरडबली संवाददाता

कलैया । वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका हुन् ।

नागपञ्चमीका दिन सो वडामा प्रत्येक वर्ष महाविरी झन्डा मेला लाग्दै आएकोमा यस वर्ष पनि मेला लगाउने सम्बन्धमा दुवैबिच कुरा नमिल्दा सामान्य विवाद भएपछि १५ दिनदेखि कार्यालयको कामकाज ठप्प भएको स्थानीयवासीले गुनासो गरेका छन् । वडा सचिव यादव पनि सोही वडाका बासिन्दा हुन् । 

वडाध्यक्षले वडा सचिवको कक्षमा ताला लगाएर बाहिर घुम्ने गरेका छन् । छोरीको जन्मदर्ता बनाउन १५ दिनदेखि वडा कार्यालयमा धाउँदै आभएका राकेश साहले भने, “वडाध्यक्ष र वडा सचिवबिचको विवादले हामी सेवाग्राहीको काम रोकिएको छ, सेवाग्राही दिनहुँ कार्यालय आउने जाने गरेका छन् ।”

वडा कार्यालयमा स्थानीयवासीको निवेदन र दैनिक गरिनुपर्ने नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सेवा सुरक्षाको नवीकरणलगायतका कामको फाइल थन्किएका छन् । जीवन बिमा र जग्गाको सिफारिसका लागि १२ दिनदेखि वडा कार्यालयमा धाउँदै आएको अर्का सेवाग्राही रामनरेश साहले बताए । 

वडाध्यक्ष कानुले स्टाम्प, स्टेपलर र लेटरप्याड लिएर आफ्नो कक्षमा राखेर ताला लगाएर बाहिर बाहिरै घुम्ने गरेको वडा सचिव यादवले बताए । मेला लगाउने विषयमा वडाध्यक्ष कानुले मनपरी गर्न खोजेपछि त्यसको विरोध गर्दा यो अवस्था आएको उनले स्वीकार गरे । 

वडाध्यक्ष र सचिवको विवादले कार्यालय नै ठप्प भएपछि स्थानीय बासिन्दाले प्रसौनी गाउँपालिका कार्यालयमा दुःखेसो पोखेका छन् । वडा सचिव यादवको अन्य वडामा सरुवा गरेर अर्को वडा सचिव अमित दुलाललाई शुव्रmबार पठाइएको गाउँपालिकाका कार्यालय प्रमुख सुमितकुमार सिंहले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE