कलैया । वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका हुन् ।
नागपञ्चमीका दिन सो वडामा प्रत्येक वर्ष महाविरी झन्डा मेला लाग्दै आएकोमा यस वर्ष पनि मेला लगाउने सम्बन्धमा दुवैबिच कुरा नमिल्दा सामान्य विवाद भएपछि १५ दिनदेखि कार्यालयको कामकाज ठप्प भएको स्थानीयवासीले गुनासो गरेका छन् । वडा सचिव यादव पनि सोही वडाका बासिन्दा हुन् ।
वडाध्यक्षले वडा सचिवको कक्षमा ताला लगाएर बाहिर घुम्ने गरेका छन् । छोरीको जन्मदर्ता बनाउन १५ दिनदेखि वडा कार्यालयमा धाउँदै आभएका राकेश साहले भने, “वडाध्यक्ष र वडा सचिवबिचको विवादले हामी सेवाग्राहीको काम रोकिएको छ, सेवाग्राही दिनहुँ कार्यालय आउने जाने गरेका छन् ।”
वडा कार्यालयमा स्थानीयवासीको निवेदन र दैनिक गरिनुपर्ने नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सेवा सुरक्षाको नवीकरणलगायतका कामको फाइल थन्किएका छन् । जीवन बिमा र जग्गाको सिफारिसका लागि १२ दिनदेखि वडा कार्यालयमा धाउँदै आएको अर्का सेवाग्राही रामनरेश साहले बताए ।
वडाध्यक्ष कानुले स्टाम्प, स्टेपलर र लेटरप्याड लिएर आफ्नो कक्षमा राखेर ताला लगाएर बाहिर बाहिरै घुम्ने गरेको वडा सचिव यादवले बताए । मेला लगाउने विषयमा वडाध्यक्ष कानुले मनपरी गर्न खोजेपछि त्यसको विरोध गर्दा यो अवस्था आएको उनले स्वीकार गरे ।
वडाध्यक्ष र सचिवको विवादले कार्यालय नै ठप्प भएपछि स्थानीय बासिन्दाले प्रसौनी गाउँपालिका कार्यालयमा दुःखेसो पोखेका छन् । वडा सचिव यादवको अन्य वडामा सरुवा गरेर अर्को वडा सचिव अमित दुलाललाई शुव्रmबार पठाइएको गाउँपालिकाका कार्यालय प्रमुख सुमितकुमार सिंहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: