काठमाडौँ । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुन: निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ । गतवर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा पाँच सय ३८ किमी सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको बताए । उनले भने, “ चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ ।” अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उनको भनाइ छ । उनले भने, “विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन ।”
राष्ट्रिय गौरबका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ । सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ ।
तमोर करिडोरअन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको छ । ग्वार्खो ‘फ्लाईओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १४:३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु हुँदै गर्दा संस्थापक सदस्य मुकुल ढकाल भने सहभागी भएका छैनन्। महाधिवेशन चितव...
आषाढ़ ७ गते, २०८३ - १४:१९
लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नह...
आषाढ़ ७ गते, २०८३ - १४:१०
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पु...
आषाढ़ ७ गते, २०८३ - १३:४५
बिर्तामोड। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड –५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्...
आषाढ़ ७ गते, २०८३ - १३:३८
चितवन । प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आ...
आषाढ़ ७ गते, २०८३ - १३:२४
चितवन। गृहमन्त्री सुधन गुरुङले आजदेखि हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेको छन्। आइतबार भरतप...
आषाढ़ ७ गते, २०८३ - १३:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन आजदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय समिति च...
आषाढ़ ७ गते, २०८३ - १३:१०
बर्दिबास। शनिबार राति चुरे क्षेत्रमा परेको वर्षाले उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हावाहुरीले राजमार्गदेखि ग्रामीण सडकसम्म...
आषाढ़ ७ गते, २०८३ - १२:५९
सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका –२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबा...
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...



प्रतिकृया लेख्नुहोस्: