Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कमलानदीको कटानले कमलाखुँजको सयाैं राेपनी धानखेत बगरमा परिणत

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको धान हरियो फिरेर हुर्किदै थियो । उनले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गरेका थिए ।

अहिले सो खेत बगरमा परिणत भएको देख्दा उनी निकै चिन्तित भएका छन् । ‘बेलुका सुत्ने बेलासम्म रहेको झण्डै १६ कठ्ठाको धानखेत बिहान उठेर हेर्दा त बगर पो बनेछ,’ उनले भने, ‘सपनाजस्तै लागेको छ । रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुम्बासी बनायो ।’

साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले खेत कटान गरी बगरमा परिणत गराएको उनले गुनासाे गरे । त्यसो त किसान श्रेष्ठको ऐलानी र नम्बरी गरी उक्त ठाउँमा करिब दुई बिघा जति खेत थियो । बाढीले खोलाछेउमा रहेको नम्बरी जति खेत कटान गरेको र अब आफूसँग त्यही जमिनसँग जोडिएको ऐलानी खेत मात्रै रहेको उनको दुःखेसो छ ।

‘अब हातमा लालपुर्जा छ, जग्गा छैन’ उनले भक्कानिदै भने, ‘मेरो मात्र हैन, गाउँका अरुको खेत पनि कमलाले कटान गरी बगर बनाएको छ’ उनले भने । कमला नदीको कटानबाट आफ्नो घर समेत जोखिममा परेको उहाँको गुनासो छ । त्यसो त सिन्धुलीमा कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रका किसान बर्सेनी नदी कटानको चपेटामा पर्दैआएको छ ।

कमलाखुँज क्षेत्रमा कमला नदी, मरिण क्षेत्रमा मरिण खोला र तीनपाटन क्षेत्रमा चँदाहा खोलाको बाढीले बर्सेनी उर्बर जमिन कटान गरी बगरमा परिणत गर्दैआएको स्थानीय किसानको भनाइ छ । तीनपाटन गाउँपालिका –१ का वडा अध्यक्ष गोविन्द राउतले पनि चँदाहा खोलामा बर्सेनी आउने बाढीको कटानबाट सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्नभण्डार तीनपाटन क्षेत्र मासिँदैगएको बताए । उनका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्बर भूमिको रुपमा परिचित तीनपाटन फाँट बर्सेनी बगरमा परिणत बन्दैगएको छ ।

चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका –१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र यो वर्ष पनि सात जना किसानको एक बिघाजति खेत बगाइसकेको उनले जानकारी दिए ।

उनका अनुसार चँदाहा खोलाले तीनपाटन क्षेत्रमा २०२२ देखि कटान गर्न सुरु गरेको थियो । २०४१ सालमा सेती पहिरोले हाडी खोला थुनेपछि फुटेको ड्यामले तीनपाटन क्षेत्रमा सबैभन्दा बढी क्षति गराएको हो । उक्त ड्याम फुटेपछि बाढीसँगै बगेर आएको ढुङगामाटोले खोलाको सतह माथि ल्यायो र जथाभावी कटान सुरु गरेको छ ।

‘त्यसपछि चँदाहा खोला कटानको क्षतिले बर्सेनी निरन्तरता पाइरहेको छ’ वडा अध्यक्ष राउतले भने, ‘चँदाहाखोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुम्बासी बनेर अढाइ सयभन्दा बढी किसान विस्थापित भएका छन् । खोलाले धार परिवर्तन गरी एक–दुई वर्ष वल्लो कुनाबाट र अर्को एक दुई वर्ष पल्लो कुनाबाट बग्दै आएको छ ।’

कमला नदीले १४ बिघा खेत बगाएर सुकुम्बासी बनाएको र अहिले आफूसँग लालपुर्जा मात्रै बाँकी रहेको दुधौली नगरपालिका –११ टाँडी निवासी किसान धर्म कुँवरले बताए । त्यस क्षेत्रमा कमला नदीमा  २०४१ साल र २०५० सालमा आएको बाढीले बढी क्षति गरेको उनको भनाइ छ ।

किसान कुँवरले भने, ‘कमला नदीमा पटक–पटक आएको बाढीले भएको खेत सबै कमला नदीले बगायो, अहिले बनिबुतो गरेर आफ्नो २५ जनाको परिबार पालिरहेका छौं ।’ स्थानीय किसानका अनुसार टाँडीमा मात्रै कमला नदीको कटानबाट १८५ घर परिवारको खेत असुरक्षित छ ।

कमला नदीले कमलाखुँज क्षेत्रमा सयौँ किसानलाई सुकुम्बासी बनाएको छ । कमला नदी नियन्त्रणका लागि दुधौली नगरपालिकाले सो नदीको दुबै किनारमा करिडोर निर्माण सुरु गरे पनि पर्याप्त बजेटको अभावमा काम प्रभावकारी हुन नसकेको दुधौली नगरपालिका –२ का अध्यक्ष रितेस राउतले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending