Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कमलानदीको कटानले कमलाखुँजको सयाैं राेपनी धानखेत बगरमा परिणत

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको धान हरियो फिरेर हुर्किदै थियो । उनले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गरेका थिए ।

अहिले सो खेत बगरमा परिणत भएको देख्दा उनी निकै चिन्तित भएका छन् । ‘बेलुका सुत्ने बेलासम्म रहेको झण्डै १६ कठ्ठाको धानखेत बिहान उठेर हेर्दा त बगर पो बनेछ,’ उनले भने, ‘सपनाजस्तै लागेको छ । रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुम्बासी बनायो ।’

साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले खेत कटान गरी बगरमा परिणत गराएको उनले गुनासाे गरे । त्यसो त किसान श्रेष्ठको ऐलानी र नम्बरी गरी उक्त ठाउँमा करिब दुई बिघा जति खेत थियो । बाढीले खोलाछेउमा रहेको नम्बरी जति खेत कटान गरेको र अब आफूसँग त्यही जमिनसँग जोडिएको ऐलानी खेत मात्रै रहेको उनको दुःखेसो छ ।

‘अब हातमा लालपुर्जा छ, जग्गा छैन’ उनले भक्कानिदै भने, ‘मेरो मात्र हैन, गाउँका अरुको खेत पनि कमलाले कटान गरी बगर बनाएको छ’ उनले भने । कमला नदीको कटानबाट आफ्नो घर समेत जोखिममा परेको उहाँको गुनासो छ । त्यसो त सिन्धुलीमा कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रका किसान बर्सेनी नदी कटानको चपेटामा पर्दैआएको छ ।

कमलाखुँज क्षेत्रमा कमला नदी, मरिण क्षेत्रमा मरिण खोला र तीनपाटन क्षेत्रमा चँदाहा खोलाको बाढीले बर्सेनी उर्बर जमिन कटान गरी बगरमा परिणत गर्दैआएको स्थानीय किसानको भनाइ छ । तीनपाटन गाउँपालिका –१ का वडा अध्यक्ष गोविन्द राउतले पनि चँदाहा खोलामा बर्सेनी आउने बाढीको कटानबाट सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्नभण्डार तीनपाटन क्षेत्र मासिँदैगएको बताए । उनका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्बर भूमिको रुपमा परिचित तीनपाटन फाँट बर्सेनी बगरमा परिणत बन्दैगएको छ ।

चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका –१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र यो वर्ष पनि सात जना किसानको एक बिघाजति खेत बगाइसकेको उनले जानकारी दिए ।

उनका अनुसार चँदाहा खोलाले तीनपाटन क्षेत्रमा २०२२ देखि कटान गर्न सुरु गरेको थियो । २०४१ सालमा सेती पहिरोले हाडी खोला थुनेपछि फुटेको ड्यामले तीनपाटन क्षेत्रमा सबैभन्दा बढी क्षति गराएको हो । उक्त ड्याम फुटेपछि बाढीसँगै बगेर आएको ढुङगामाटोले खोलाको सतह माथि ल्यायो र जथाभावी कटान सुरु गरेको छ ।

‘त्यसपछि चँदाहा खोला कटानको क्षतिले बर्सेनी निरन्तरता पाइरहेको छ’ वडा अध्यक्ष राउतले भने, ‘चँदाहाखोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुम्बासी बनेर अढाइ सयभन्दा बढी किसान विस्थापित भएका छन् । खोलाले धार परिवर्तन गरी एक–दुई वर्ष वल्लो कुनाबाट र अर्को एक दुई वर्ष पल्लो कुनाबाट बग्दै आएको छ ।’

कमला नदीले १४ बिघा खेत बगाएर सुकुम्बासी बनाएको र अहिले आफूसँग लालपुर्जा मात्रै बाँकी रहेको दुधौली नगरपालिका –११ टाँडी निवासी किसान धर्म कुँवरले बताए । त्यस क्षेत्रमा कमला नदीमा  २०४१ साल र २०५० सालमा आएको बाढीले बढी क्षति गरेको उनको भनाइ छ ।

किसान कुँवरले भने, ‘कमला नदीमा पटक–पटक आएको बाढीले भएको खेत सबै कमला नदीले बगायो, अहिले बनिबुतो गरेर आफ्नो २५ जनाको परिबार पालिरहेका छौं ।’ स्थानीय किसानका अनुसार टाँडीमा मात्रै कमला नदीको कटानबाट १८५ घर परिवारको खेत असुरक्षित छ ।

कमला नदीले कमलाखुँज क्षेत्रमा सयौँ किसानलाई सुकुम्बासी बनाएको छ । कमला नदी नियन्त्रणका लागि दुधौली नगरपालिकाले सो नदीको दुबै किनारमा करिडोर निर्माण सुरु गरे पनि पर्याप्त बजेटको अभावमा काम प्रभावकारी हुन नसकेको दुधौली नगरपालिका –२ का अध्यक्ष रितेस राउतले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE