रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले एक वर्षमा ५१ लाख भन्दा बढी सवारी साधन मर्मत र इन्धनमा खर्च गरेको छ । गाउँपालिकामा भएका सवारी सधन मर्मत र ति सवारी साधनलाई चाहीने इन्धन बापत गाउँपालिकाले ५१ लाख खर्च गरेको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा २९ लाख रुपैयाँ बराबरको इन्धन खर्च गरेको भने २२ लाख सवारी मर्मतमा खर्चेको छ । खाँडादेवी कगाउँपालिकाका लेखा अधिकृत बिजय लुइँटेलले एक बर्षमा २९ लाख रुपैयाँ इन्धनमा खर्च भएको जानकारी दिए । उनका अनुसार २२ वटा सवारी साधनको मर्मत गरे बापत २२ लाख रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकामा भएको इन्धन र सवारी मर्मतका विषयमा गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले यो खर्च स्वभाविक भएको बताए । उनले आप्नो स्थानीय तहलाई काठमाडौं महानगरसँग दाँज्दै भने–‘ काठमाडौं महानगरले करोडौं रकम सवारी साधनको इन्धन र मर्मतमा खर्च गर्दा कोही कसैले कुरा उठाउन नसक्ने हामीले गरेको खर्चमा सबैको ध्यन केन्द्रीत हुने गरेको छ । पत्रकार साथीहरुले काठमाडौं महानगरमा पनि प्रश्न गर्न सक्नु पर्यो नी ।’ श्रेष्ठले राजनीतिक पुर्वाग्रही भएर केही आफ्नो गाउँपालिकालाई बदनाम गर्न खोजीएको समेत बताए ।
गाउँपालिकामा रहेका गाडी मध्य प्राय उपाध्यक्षको गाडी फिल्डमै हुने र कर्मचाचरीहरु पनि फिल्डमै हुने भएका कारण तेलमा आउने खर्च स्वभाविक रहेको र मर्मतको विषयमा पनि आफुले पहिला बनाउने ठाउँमा महँगो बिल आएकाले नयाँ ठाउँमा सस्तोमा मर्मत गर्न थालेको उनको भनाइ छ ।
खर्चको विषयमा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले गाउँसभाबाट ३१ लाख विनीयोजन भए पनि आफुहरुले केही कम खर्च गर्न सफल भएको र यो वषियमा गाउँपालिकामा अनियमितता भने नभएको बताए ।
गाउँपालिकामा गत वर्ष भएको गाउँ सभामा अध्यक्ष श्रेष्ठले आफुले भने जती तेल नपाएका कारण केही दिन बैठक समेत अवरुद्ध भएको थियो । गाउँपालिका अध्यक्ष श्रेष्ठले तेलको मूल्य आकाशिएको कारण जनप्रतिनिधिले प्रयोग गर्ने गाडीका लागि कम्तमिा पनि २५ लाख विनीयोजन गर्नु पर्ने अडान राखेका कारण बैठक अबरुद्ध भएको एक कार्यपालिका सदस्यले खबर डबलीसँग बताए ।
गाउँपालिकाले जनप्रतिनिधिका लागि २१ लाख र कर्मचारीका लागि १० लाख भनेर एकमुष्ट इनधन खर्चका लागि ३१ लाख रकम विनीयोजन गरेको थियो ।
गाउँपालिकाले एक बर्षको अवधिमा अध्यक्ष उपाध्यक्ष चढने दुई वटा गाडी, १८ वटा मोटरसाइकल एउटा जेसीभी र एउटा एम्बुलेन्समा गरी २९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको गाउँपलिकाले जनाएको छ ।
गाउँपालिकाको एम्बुलेन्समा भएको खर्च भने एम्बुलेन्सले नै उठाउको र चालकलाई तलबभत्ता समेत एम्बुलेन्सको आम्दानीले लगभग पुगनपुग अवस्थामा हुने गाउँपलिकाका एक कर्मचारीले बताए । वडा अध्यक्षहरुले भने वडा कार्यालयबाटै इन्धनको सेवा लिने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: