रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले एक वर्षमा ५१ लाख भन्दा बढी सवारी साधन मर्मत र इन्धनमा खर्च गरेको छ । गाउँपालिकामा भएका सवारी सधन मर्मत र ति सवारी साधनलाई चाहीने इन्धन बापत गाउँपालिकाले ५१ लाख खर्च गरेको हो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा २९ लाख रुपैयाँ बराबरको इन्धन खर्च गरेको भने २२ लाख सवारी मर्मतमा खर्चेको छ । खाँडादेवी कगाउँपालिकाका लेखा अधिकृत बिजय लुइँटेलले एक बर्षमा २९ लाख रुपैयाँ इन्धनमा खर्च भएको जानकारी दिए । उनका अनुसार २२ वटा सवारी साधनको मर्मत गरे बापत २२ लाख रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकामा भएको इन्धन र सवारी मर्मतका विषयमा गाउँपलिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले यो खर्च स्वभाविक भएको बताए । उनले आप्नो स्थानीय तहलाई काठमाडौं महानगरसँग दाँज्दै भने–‘ काठमाडौं महानगरले करोडौं रकम सवारी साधनको इन्धन र मर्मतमा खर्च गर्दा कोही कसैले कुरा उठाउन नसक्ने हामीले गरेको खर्चमा सबैको ध्यन केन्द्रीत हुने गरेको छ । पत्रकार साथीहरुले काठमाडौं महानगरमा पनि प्रश्न गर्न सक्नु पर्यो नी ।’ श्रेष्ठले राजनीतिक पुर्वाग्रही भएर केही आफ्नो गाउँपालिकालाई बदनाम गर्न खोजीएको समेत बताए ।
गाउँपालिकामा रहेका गाडी मध्य प्राय उपाध्यक्षको गाडी फिल्डमै हुने र कर्मचाचरीहरु पनि फिल्डमै हुने भएका कारण तेलमा आउने खर्च स्वभाविक रहेको र मर्मतको विषयमा पनि आफुले पहिला बनाउने ठाउँमा महँगो बिल आएकाले नयाँ ठाउँमा सस्तोमा मर्मत गर्न थालेको उनको भनाइ छ ।
खर्चको विषयमा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले गाउँसभाबाट ३१ लाख विनीयोजन भए पनि आफुहरुले केही कम खर्च गर्न सफल भएको र यो वषियमा गाउँपालिकामा अनियमितता भने नभएको बताए ।
गाउँपालिकामा गत वर्ष भएको गाउँ सभामा अध्यक्ष श्रेष्ठले आफुले भने जती तेल नपाएका कारण केही दिन बैठक समेत अवरुद्ध भएको थियो । गाउँपालिका अध्यक्ष श्रेष्ठले तेलको मूल्य आकाशिएको कारण जनप्रतिनिधिले प्रयोग गर्ने गाडीका लागि कम्तमिा पनि २५ लाख विनीयोजन गर्नु पर्ने अडान राखेका कारण बैठक अबरुद्ध भएको एक कार्यपालिका सदस्यले खबर डबलीसँग बताए ।
गाउँपालिकाले जनप्रतिनिधिका लागि २१ लाख र कर्मचारीका लागि १० लाख भनेर एकमुष्ट इनधन खर्चका लागि ३१ लाख रकम विनीयोजन गरेको थियो ।
गाउँपालिकाले एक बर्षको अवधिमा अध्यक्ष उपाध्यक्ष चढने दुई वटा गाडी, १८ वटा मोटरसाइकल एउटा जेसीभी र एउटा एम्बुलेन्समा गरी २९ लाख रुपैयाँ इन्धनमा खर्च गरेको गाउँपलिकाले जनाएको छ ।
गाउँपालिकाको एम्बुलेन्समा भएको खर्च भने एम्बुलेन्सले नै उठाउको र चालकलाई तलबभत्ता समेत एम्बुलेन्सको आम्दानीले लगभग पुगनपुग अवस्थामा हुने गाउँपलिकाका एक कर्मचारीले बताए । वडा अध्यक्षहरुले भने वडा कार्यालयबाटै इन्धनको सेवा लिने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: