Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै, २०२६ भित्र सञ्चालनमा ल्याइने

खबरडबली संवाददाता

काठमाडौँ । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । 

कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । 
     
होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए  ।
     
हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए ।

“पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो”, उनले भने ।
     
सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउँछन् ।
     
चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE